• २६ वैशाख २०८१, बुधबार

रोवर्टवाटै फुटबल प्रतियोगिता

blog

प्रतियोगितामा रोबोटवाट फुटबल खेलिँदै । तस्बिर: वसन्त पराजुली

वसन्त पराजुली 

नारायणगढ, पुस १३ गते । रोबोटबाटै फुटबल ! सुन्दै अचम्म लाग्ने प्रतिस्पर्धा चितवनको भरतपुरमा रहेको एउटा कलेजले  आयोजना गरेको छ । त्यसमा पनि चितवन, काठमाडौँ र पोखराका सूचना प्रविधि र इन्जिनियरिङ कलेजहरू प्रतियोगिताका रुपमा भाग लिएका छन्  । 

भरतपुर ११ स्थित युनाइटेड टेक्निकल कलेज (युटेक) मा दुई दिन सम्म चलेको ‘टेक फ्युजन’ कार्यक्रमको प्रमुख आकर्षण बन्यो रोबोर्टबाटै खेलाइएको फुटबल प्रतियोगिता । प्रतियोगितामा भिन्दाभिन्दै कलेजका रोबोर्ट एक आपसमा भिडेका थिए । आठ वटा टिम सहभागी गराइएको रोबोर्ट प्रतियोगितामा काठमाण्डौँको क्याथफोर्ड कलेजको बोटमाइन ग्रुप ए प्रथम भएको छ । भने यही कलेजको ग्रुप वि द्वितीय भएको छ । प्रथम हुनेले २० हजार रुपियाँ र द्वितीय हुनेले १० हजार रुपियाँ पुरस्कार पाएका छन् । 

प्रविधिमा मिल्ने गरी सानो खेल मैदानमा फुटबल राखिएको र त्यै फुटबललाई रोवर्टले आफ्नो विपरीतको गोलपोष्टमा लगेर छिराइ खेलिने खेल नै रोवर्ट फुटबल खेल हो । यो  नेपालमा पहिलो पटक आयोजना गरिएको आयोजकको दाबी छ ।  

युनाइटेड टेक्निकल कलेज भरतपुरसँगको सहकार्यमा युनाइटेड टेक क्लबले आयोजना गरेको ‘टेक फ्युजन’ कार्यक्रममा सूचना प्रविधिका विभिन्न विधामा अन्य २१ वटा परियोजनाहरू पनि  नमुनाका रूपमा प्रस्तुत गरिएको थियो  यसमा देशैभरका १० वटा कलेजका विद्यार्थी सहभागी भएका थिए ।  यसरी प्रस्तुत गरिएका परियोजना मध्ये दोस्रो आकर्षण साइबर  सुरक्षामा ध्यान दिने उद्देश्यले गरिएको ‘क्याच्च द फ्लाग’  बन्यो । 

नौ बटा कलेजका विद्यार्थीहरू सहभागी भएको सो प्रदर्शनीमा सहभागीहरूले आफ्नो कम्यूटरमा रहेको सफ्टवेयरमा रहेको झन्डा जस्तो बल नियन्त्रण गर्नु नै थियो । यसमा जति सक्दो धेरै बल नियन्त्रणमा लिन सक्नेले नै अन्ततोगत्वा आफ्नो साइबर सुरक्षामा बढी सचेत रहन सक्ने बताइएको छ । 

कलेजका कम्यूटर तथा इलेकट्रिकल शिक्षा  विभागका प्रमुख विकल बरालले विद्यार्थीहरूले सूचना र प्रविधिका क्षेत्रमा गरिरहेको अध्ययनमा नयाँ नयाँ सिप सिकाइ हुने भएकाले प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । 

“प्रोजेक्ट प्रदर्शनीमा यातायात, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, ग्रामीण विकास, वैकल्पिक ऊर्जा, साइबर सुरक्षा, जोखिम व्यवस्थापन, वित्तीय, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका क्षेत्र समेटिएको थियो । जुन विद्यार्थीकालागि अति उपयोगी हो”, उहाँले भन्नुभयो । कलेजका  व्यवस्थापक विनोद ढकालले विद्यार्थीहरूले सिकेका सिपलाई व्यवहारमा लागु गर्नका लागि यस्ता प्रदर्शनी उपयोगी हुने बताउनुभयो । 

“विद्यार्थीले नयाँ नयाँ कुरा सिकेका छन् जुन जीवन उपयोगी पनि हुन आउँछ । यसैलाई व्यवहारमा लागु गर्न सकियोस् भनेर नै प्रदर्शनी गरिएको हो”, उहाँले भन्नुभयो । 

कलेजका सिभिल इन्जिनियरिङ विभाग प्रमुख नीरज बोहोरा यस्ता प्रदर्शनीले युवा पीढीमा टेक्नोलोजी (प्रविधि), विभिन्न किसिमका इनोभेटिभ (अविनव)हरु उपयोगी रहेको बताउनुभयो । 

“टेक फ्युजनबाट रोबोट र प्रविधिमा रुचि भएका विद्यार्थीलाई ठूलो सिकाइ हुनुका साथै अन्य ज्ञानमूलक विषय बुझ्न पाउन विद्यार्थी सशक्तीकरणको प्रवर्द्धनमा सहयोग पुग्ने छ”, उहाँले भन्नुभयो,