बजेट अभावमा सुस्त निर्माण
सङ्घीय सरकारले पर्याप्त बजेटको व्यवस्थापन नगर्दा उत्तरी मुलुक चीनको व्यापारिक नाकासँग जोडिएको गमगढी–नाकच्यालाग्ना सडकको ट्र्याक खोल्न ढिलाइ भएको छ। जिल्ला सदरमुकाम गमगढीदेखि चीनको सिमानासम्म ९१ किलोमिटर उक्त सडक निर्माण बजेट अभावमा सुस्त गतिमा छ। उक्त सडक परियोजना जुम्ला सडक डिभिजन कार्यालयको मातहतमा निर्माण भइरहेको छ।
दुई दशकदेखि न्याय खोज्दै द्वन्द्वपीडित
द्वन्द्वकालमा पाएको शारीरिक यातनाले पूर्णप्रसाद पौडेललाई अहिले झस्काउँछ। हातखुट्टाका औँलामा ठोकिएका पिन, चिरिएका पैतला, करेन्टका डरलाग्दा ती झड्का सम्झन पनि चाहनुहुन्न, पूर्णप्रसाद। सुर्खेतको वीरेन्द्रनगर–६ का पौडेलको दैनिकी छ, दुःखेको छाती र टाउको समातेर बस्नु। डिप्रेसनको औषधी नियमित सेवन। द्वन्द्वपीडित पौडेलले भन्नुभयो, “कैयौँ रात बेहोसीमै हिँडेको छु। त्यसरी हिँड्दा कोठाका भित्तामा ठोक्किएर ब्युँझिएको छु।”
नेपाल तरुण दलले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्ने
जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घरबास गुमाएकाहरूका लागि नेपाल तरुण दलले पनि अस्थायी आवास निर्माण गरिदिने भएको छ ।
रुकुमपश्चिममा करिब साढे १३ हजार लाभग्राहीले पाए पहिलो किस्ता
गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा झण्डै साढे १३ हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।
एउटै गाउँबाट ४९ लाखको जटामसी सङ्कलन
हुम्लाको एउटै गाउँका स्थानीयले उनाइचास लाख भन्दा बढी मूल्यको जडीबुटी सङ्कलन गरेको पाइएको छ । खार्पुनाथ गाउँपालिका– ३ को राया गाउँका स्थानीयले उक्त मूल्यको जडीबुटी सङ्कलन गर्नु भएको हो ।
प्राथमिकतामा सडक राखेका छौँ
मुगु जिल्लाको विकट मानिने खत्याड गाउँपालिकाको मुख्य आवश्यकता सडकमार्ग हो । जिल्ला सदरमुकाम गमगढी पुग्न जुम्लाको सडक प्रयोग गर्नुपर्ने बाध्यता खत्याडवासीलाई छ । रारा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र सडक निर्माणमा रोक लगाइएपछि खत्याडवासीलाई यो समस्या आइपरेको हो । चार हजार ५३६ जनसङ्ख्या रहेको खत्याड गाउँपालिका केन्द्रसम्म सबै वडाको सडक पहुँच बनाउने योजना पालिकाको छ । सदरमुकाम गमगढी बजारसँग सडक सञ्जाल जोड्ने योजनासमेत पालिकाको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट पालिका अध्यक्षमा निर्वाचित अजबहादुर शाहीसँग विकास निर्माणमा भइरहेका प्रयास र उपलब्धिका विषयमा यस पटक कुराकानी गरिएको छ । प्रस्तुत छ, अध्यक्ष शाहीसँग गोरखापत्रका मुगु समाचारदाता हरिकृष्ण ऐडीले गर्नुभएको कुराकानी–
कर्णाली प्रतिष्ठानलाई बृहत् खानेपानी मेसिन
कृषि विकास बैंकले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई बृहत् वाटर डिस्पेन्सन खानेपानी मेसिन हस्तान्तरण गरेको छ ।
भूकम्पमा मारिएका व्यक्तिका परिवारले पाए बीमा बापतको रकम
गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु भएका व्यक्तिका सदस्यहरुलाई राष्ट्रिय बीमा कम्पनीले बीमा बपतको रकम उपलब्ध गराएको छ ।
जाजरकोट भूकम्प : आठबिसकोटका चार हजारलाई पहिलो किस्ता
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा चार हजार दुई सय ८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । आठबिसकोटमा सात हजार लाभग्राही रहेका थिए ।
खेलकुदमा अब्बल कर्णाली बनाउने लक्ष्य छ : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले खेलकुद क्षेत्रबाट अब्बल कर्णाली प्रदेश बनाउने लक्ष्य रहेको बताउनुभएको छ ।
चिसो बढेपछि सिमकोट छाड्ने बढे
उच्च हिमाली क्षेत्रमा चिसो बढेपछि हुम्लाबाट हवाईमार्ग हुँदै बाहिरिने यात्रुको सङ्ख्या बढेको छ । चिसोले दमका बिरामी बढेसँगै नेपालगन्ज र सुर्खेत झर्ने यात्रुको सङ्ख्या बढेको हो ।
सिँजामा घट्दै बालविवाह
जुम्ला जिल्लामा बालविवाह न्यूनीकरणका लागि सिँजा क्षेत्रका स्थानीय सरकार सक्रिय रूपमा जुटेका छन् । समाजमा व्यापक रूपमा बालविवाह हुने गरेको र त्यसले बहुविवाह, घरेलु हिंसा र मातृशिशु मृत्युदर बढाएकाले स्थानीय सरकार सक्रिय भएका हुन् । यस क्षेत्रमा भएका बालविवाहको विषयमा पहिलो पटक अध्ययन गरिएको छ । सिँजा क्षेत्रका तीन वटा स्थानीय सरकार सिँजा, हिमा र कनकासुन्दरी पालिकाको समन्वय तथा प्लान नेपाल र आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपालको सहयोगमा तीन वर्षको बालविवाह व्यापकता सर्वेक्षण तथा अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ ।
कार्यकर्ताले बनाए अस्थायी आवास
रुकुमपश्चिममा तीन हजार ७५० वटा अस्थायी निजी आवास निर्माण गरिएको छ । विभिन्न राजनीतिक दलले परिचालन गरेका स्वयंसेवकले जिल्लाभर भूकम्पपीडितका लागि तीन हजार ७२० वटा अस्थायी आवास निर्माण गरेका हुन् । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माका अनुसार नेकपा (माओवादी केन्द्र) ले तीन हजार स्वयंसेवक परिचालन गरेर तीन हजार १६८ वटा अस्थायी आवास बनाएको छ । माओवादी केन्द्रले आठबिसकोट नगरपालिकामा एक हजार ३०५, सानीभेरी गाउँपालिकामा ८५४, चौरजहारी नगरपालिकामा ६०७, त्रिवेणी गाउँपालिकामा ३०७, मुसीकोट नगरपालिकामा २४ र बाँफीकोट गाउँपालिकामा ७१ अस्थायी आवास निर्माण गरेको छ ।
हाँगा सुक्न थालेपछि सङ्कटमा ‘सुन्तला जोन’
दैलेखको दुल्लु नगरपालिका –११, कालभैरवका जगत पन्तले २०५३ सालमा पाँच रोपनी जग्गामा सुन्तला खेती सुरु गर्नुभयो । २४ वर्षपछि नै उहाँले आफ्नो सुन्तला खेती १५ रोपनीमा बिस्तार गर्नुभयो । सुन्तला खेती सप्रेका बेला उहाँको वार्षिक आम्दानी पाँच लाखसम्म भयो ।
एक्स्काभेटरले छियाछिया बनाएको गाउँहरू
हिजोआज सडक नपुगेको गाउँ र बस्ती बिरलै भेटिएला । मापदण्ड विना बर्सेनि खनिएका कच्ची सडकहरूले गाउँ गाउँ छियाछिया बनाएको छ । सडक निर्माणलाई नियमनकारी निकायले चासो नदेखाउँदा र स्थानीय निकायले समेत जथाभाबी बजेट विनियोजन गरी सडक निर्माण गर्न एक्स्काभेटर चालकलाई जिम्मा दिँदा भूक्षय हुने क्रम बढ्दो छ ।
रुख कटान आदेश नहुँदा विद्युत् विस्तार अवरुद्ध
कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन विस्तारको काम पुनः अवरुद्ध भएको छ । मुआब्जा र वनको विवाद समाधान नहुँदा आयोजनाको काम ठप्प भएको हो । आयोजना प्रमुख रवि चौधरीका
मनाइयो तोतनरी ल्होसार
यहाँका बौद्ध धर्मावलम्बी तथा भोटे लामा समुदायको महान् चाड तोतनरी ल्होसार धुमधामका साथ मनाइँदै छ । कैलाश पर्वत क्षेत्र आसपासका लामा समुदायले तोतनरी ल्होसार विगतमा जस्तै यस वर्ष पनि धुमधामका साथ मनाउने कार्यक्रम रहेको छ । सिमकोट गाउँपालिकाका पूर्वअध्यक्ष पदमबहादुर लामाले माथिल्लो कैलाश पर्वत क्षेत्रमा बसोबास गर्ने लामा समुदायको तोतनरी ल्होसार हुम्लामा धुमधामका साथ मनाउने कार्य भइरहेको बताउनुभयो । यो ल्होसार तिब्बत र नेपालीका हिमाली लामा समुदायले मनाउने गरेका छन् ।
हुम्लामा कतै आगो तापेर र कतै घाममा बसेर पढ्दै विद्यार्थी
चिसो बढेसँगै हुम्ला जिल्लाको पढाइ प्रभावित हुन थालेको छ। जिल्लाका अधिकांश विद्यालयले पठनपाठन कक्षाकोठामै आगो बालेर वा बाहिर घाममा बसेर गर्न थालेका छन्।
नवराजका बुवा धन्यवाद दिन काठमाडौंमा
जाजरकोट भेरी नगरपालिका–४ का मुनलाल नेपाली छोरा नवराज विकको न्यायका लागि पैरवी र सहयोग गर्नेलाई धन्यवाद दिन काठमाडौं आउनु भएको छ ।
ताक्ची खोलामा झोलुङ्गेपुल निर्माणपछि लिमीवासीलाई सहज
नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका स्थानीयले ताक्ची खोला तर्नु पर्ने बाध्यता हटेको छ । उक्त खोलाको तुम्लीङमा नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएपछि उक्त बाध्यता हटेको हो ।
मुगुबाट चीन जोड्ने सडक नौ वर्षमा पनि बनेन
मुगुको उत्तरी चीन जोड्ने सडक सुरु भएको नौ वर्ष बित्दा पनि बन्न सकेको छैन । चीनको व्यापारिक नाकासँग जोडिएको नाकच्यालाग्ना सडक निर्माणमा बजेट अभाव भन्दै ट्र्याक खोल्ने कार्य समेत अघि बढ्न सकेको छैन ।
योजनामा कर्णाली केन्द्रित गर्न सुझाव
सोह्रौँ योजनाका लागि कर्णाली प्रदेशबाट सुझाव सङ्कलन थालिएको छ। राष्ट्रिय योजना आयोगले सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश तहका सरोकारवालाहरूसँग सुझाव सङ्कलन गरिएको छ । सुझाव सङ्कलनका लागि आयोग उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सदस्य सचिव डा. तोयनारायण ज्ञवाली, सहसचिव महेश भट्टराईसहितको टोली सुर्खेत आउनुभएको थियो । आयोगले यसअघि छ वटा प्रदेशमा पुगेर सुझाव लिइसकेको जनाइएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशको योजना आफैँ बनाएर द्रुत विकास गर्ने सपना प्रदेश सरकारको रहेको बताउनुभयो तर सङ्घीय सरकारको सहयोग नहुँदा प्रदेश सरकारको सपना साकार हुन नपाएको उहाँको भनाइ छ ।
कोटिलामा बेलिब्रिज निर्माण
छायानाथ रारा नगरपालिका–६ को कोटिलामा कर्णाली नदीमाथि बेलिब्रिज निर्माण गरिएको छ। बेलिब्रिज निर्माणले उक्त वडाका बिरामी, ज्येष्ठ नागरिक, गर्भवती महिला र विद्यार्थीलाई आउजाउमा सहज भएको छ । कोटिला गाउँका बासिन्दा चैत्या रावलले बेलिब्रिज निर्माण भई सञ्चालनमा आउँदा यातायातका साधनसँगै पैदल यात्रुलाई सहज भएको बताउनुभयो । बेलिब्रिज निर्माणले कोटिला, मुन्दु र लिउँडीबाट कृषिजन्य वस्तुको व्यापार गर्न पैदलमार्गबाट भारी बोकेर आउने भरियालाई पनि सहज भएको छ । छायानाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावलले छायानाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा कोटिलाको कर्णालीमाथि बेलिब्रिज निर्माण भएपछि स्थानीय व्यवसायीलाई तरकारी, अन्न अन्यत्र ढुवानी गर्न सहज भएको बताउनुभयो ।
कर्णालीमा घट्यो अन्न उत्पादन
कर्णालीमा खेती गरिँदै आएको एक लाख १७ हजार ४११ हेक्टर जमिनमा अन्न बाली उत्पादन घट्दो क्रममा गएको छ। तथापि तरकारी र फलफूल उत्पादन बढेको तथ्याङ्क सार्वजनिक भएको छ। कर्णालीमा तीन लाख ६६ हजार २५५ घरधुरीमध्ये तीन लाख दुई हजार ६४० परिवार कृषिमा आश्रित रहेका छन् ।