• १६ भदौ २०८१, आइतबार

बाढीले राप्ती राजमार्ग अवरुद्ध

blog

पितिबाङ खोलामा राखिएका कल्भर्ट । फाइल तस्बिर

राजु लामिछाने

रुकुमपश्चिम, साउन ३२ गते । रुकुमपश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ मा पर्ने पितिबाङ खोलामा आएको बाढीको कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण खोलामा आएको बाढीले खोला पार गर्न सक्ने अवस्था नभएपछि सडक अवरुद्ध भएको हो । 

वर्षाका कारण पितिवाङ खोलाको बहाव समेत बढेकोले राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार खोलामा रहेको कल्भर्ट क्रस गरेर खोला बढेको छ ।  

अहिले यस स्थानमा रुकुम पूर्व, रुकुम पश्चिम हुँदै सल्यान, दाङ, नेपालगन्ज र काठमाडौँ जाने र बाहिरबाट आउने दर्जनौँ सवारी साधनहरू रोकिएका छन् । पानीको सतह घट्ने बित्तिकै राजमार्ग सुचारु हुने बताइको छ । 

यो खोलामा निर्माणाधीन मोटरेबल पुल अलपत्र अवस्थामा रहेको छ । पुल नहुँदा बर्सेनि वर्षयाममा यसैगरी अवरुद्ध हुने गरेको छ । ठेकेदारको लापरबाहीको कारण यस स्थानमा सयौँ सर्वसाधारण तथा यात्रुहरूले सास्ती पाउने गरेका छन् ।