• ३१ असार २०८२, मङ्गलबार

अजिङ्गरको उद्धार गरी चितवन राष्ट्रिय निकुञ्ज पठाइयो

blog

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ५, गुराश टोलमा अजिङ्गर उद्धार गर्दै वन्यजन्तु उद्धारकर्ता दुर्गा लामिछाने । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, असार ३१ गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५, गुराश टोलमा एउटा अजिङ्गरको उद्धार गरिएको छ । स्थानीय शिरोमणि अधिकारीको कुखुराको खोरमा भेटिएको उक्त अजिङ्गरलाई वन्यजन्तु उद्धारकर्ता तथा बर्दघाटका दुर्गा लामिछानेले उद्धार गर्नुभएको हो ।

करिब ८ किलो तौल र १० फिट लम्बाइ भएको उक्त अजिङ्गरलाई आजै चितवन राष्ट्रिय निकुञ्ज पठाइने उद्धारकर्ता लामिछानेले जानकारी दिनुभयो ।

यस वर्षको गर्मीयाम सुरु भएदेखि बर्दघाट नगरपालिका आसपास क्षेत्रबाट अहिलेसम्म तीनवटा अजिङ्गरको उद्धार गरिसकिएको छ ।