बजारमा बढ्दै बदमासी
खाद्य सामग्रीमा मिसावट गर्ने र अखाद्य वस्तु बिक्री गर्ने बदमासी बढ्दै गएको पाइएको छ । कर्णालीका अधिकांश बजार क्षेत्रमा अखाद्य वस्तुको बिक्री हुने गरेको अनुगमनका क्रममा भेटिने गरेको हो । पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत म्याद गुज्रिएका र मिसावट गरिएका अखाद्य वस्तुको बिक्री हुने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।
कर्णाली समृद्धिका चार योजना
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश समृद्धिका लागि चार वटा योजना अघि सार्नुभएको छ । मुख्यमन्त्री भएको एक महिनापछि उहाँले कर्णालीको विकास र समृद्धिका लागि आफूले चार वटा योजना मात्र अगाडि सारेको बताउनुभएको हो । उहाँले मङ्गलवार सुर्खेतमा पत्रकार भेटघाट गर्दै प्रस्तुत गरिएको ती योजनामा सडक र विमानस्थल विस्तारसँग सम्बन्धित छन् । सुर्खेतदेखि हुम्ला जोड्ने कर्णाली कोरिडोर, सुर्खेतदेखि डोल्पा जोड्ने भेरी करिडोर तथा कालीकोटदेखि मुगु जोड्ने नाग्चेलाग्न सडकलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी पर्याप्त बजेट दिई काम गर्नुपर्ने उहाँको पहिलो योजना हो ।
युवालाई विदेश पठाउने तयारीमा वडा कार्यालय
स्वदेशमै रोजगारी सिर्जना गरेर समृद्ध नेपाल निर्माणको आशा देखाएका जनप्रतिनिधिले निर्वाचित भएपछि युवालाई विदेश पठाउन तयारी गर्न थालेका छन् । पछिल्ला समय बिदेसिने युवाको सङ्ख्या बढिरहेका बेला सरकारका संयन्त्रले त्यसलाई रोक्न विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने हो तर सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका केही वडाले विदेश पठाउने तयारीका लागि सार्वजनिक सूचनासमेत जारी गरेका छन् ।
प्राथमिक तहमै विद्यालय छाड्छन् बालबालिका
वीरेन्द्रनगर नगरपालिका–११, बालुवाटारकी ४२ वर्षीय बुद्धिसरा बैगारका पाँच छोरी र दुई छोरा गरी सात सन्तान छन्। उनीहरूमध्ये कसैले पनि माध्यमिक तहसम्मको पढाइ पूरा गरेका छैनन् । शिव माध्यमिक विद्यालय धुलियाबिटबाट आधारभूत तहसम्म पढेका बुद्धिसराका सन्तानले त्यसपछि पढाइ नै छाडे । सबै छोरीको विवाह भइसकेको छ भने दुई वटा छोरा रोजगारीका लागि भारत गएका छन् ।
प्रत्येक प्रदेशमा एक हजार गाई र भैँसी पालन क्षमता
तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा एक हजार गाई र भैँसी पालन क्षमताको पूर्वाधारसहित स्रोत केन्द्र विकास हुने भएको छ।
कर्णाली प्रदेशमा एकीकृत कर्णाली सिँचाइ कार्यक्रम सुरु गरिने
राष्ट्रपति रामचन्द्र पौडेलले कर्णाली प्रदेशमा एकीकृत कर्णाली सिँचाइ कार्यक्रम सुरु गरिने बताउनुभएको छ ।
स्थानीय तहलाई सिंहदरबार अनुसारको अधिकार दिनु पर्छ
सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा रहेको पञ्चपुरी नगरपालिका साबिकका बाबियाचौर, विद्यापुर, छाप्रे, सालकोट र तातोपानी गाविस मिलेर बनेको हो । यो नगरपालिका सुर्खेत जिल्लाका पाँच नगरपालिकामध्ये क्षेत्रफलमा सबैभन्दा ठुलो नगरपालिका हो । यो नगरपालिकामा कृषि, पशुपालन तथा पर्यटनको सम्भावना रहेको छ । संविधान बनेको आठ वर्ष पूरा भएको छ । संविधानको मर्म अनुसार सङ्घीयताको अभ्यासमा जाँदा नागरिकले स्थानीय तहबाट सुशासनको प्रत्यक्ष अनुभूति गर्न पाएका छन् । राज्यका स्रोतसाधन तल्लो तहसम्म पुगेका छन् । तीन वटै तहका सरकारमध्ये स्थानीय तह विस्तारै सेवा प्रवाहमा सबल बन्दै गएका छन् । सोहीबमोजिम
जहाँ एकै दिन सुरु गरिन्छ मार्सी धान रोपाइँ
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ को जिउलामा मार्सी धान रोपाइँ सुरु भएको छ । कर्णालीकै राम्रो मार्सी धान उत्पादन हुने चिल्खायाको जिउलामा सोमबारदेखि रोपाइँ सुरु भएको हो । वर्षमा एउटा बाली मार्सी धान मात्र लगाउने चिल्खायाको खेतमा सबै किसानले एकै साथ धान रोपाइँ सुरु गरेका छन् । वडा नं ९ का वडाध्यक्ष नरेन्द्रबहादुर रोकायाले अन्य गाउँका नागरिकको सहयोगमा सबै घरपरिवारका सदस्यले एकै दिन मार्सी रोप्न सुरु गरेको बताउनुभयो । अध्यक्ष रोकायाले आज एक जनाले भोलि अर्को एक जना गर्दै पालैपालो धान रोपाइँ गर्दा एकैनासको उत्पादन नहुने परम्परागत विश्वास रहेकाले एकै दिन रोपाइँ गर्ने चलन रहेको बताउनुभयो ।
कर्णाली कोरिडोरको यातायात ‘सिण्डिकेट’तोड्न माग
राष्ट्रिय सडक सञ्जालमा जोडिएको कर्णाली कोरिडोरअन्तर्गत कालीकोट र बाजुरा जिल्लामा हुने यातायात सिण्डिकेट हटाउन हुम्लाका जनप्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष एकबुँदे माग गरेका छन् ।
नौ लाखभन्दा बढी विद्युत महसुल असुल गर्न बाँकी
हिल्दुम विद्युत वितरण केन्द्रले हालसम्म नौ लाखभन्दा बढी विद्युत महसुल उठाउन बाँकी रहेको जनाएको छ । केन्द्रका ग्राहकहरूले विद्युत महसुल तिर्न आनाकानी गरिरहेका कारण महसुल उठाउन बाँकी रहेको हो ।
ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु
दैलेख – दुल्लु नगरपालिका ६ मा ट्याक्टर दुर्घटना परी घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका –६ का ५६ बर्षीया कमारो रावल,सोही ठाउँका चालक कमल शाही हुन् ।
सिंहदरबार घेर्ने चेतावनी
नेपाल नगरपालिका सङ्घका केन्द्रीय अध्यक्ष भीमप्रसाद ढुङ्गानाले सरकारले विगतदेखि दिँदै आएको वित्तीय समानीकरण अनुदान काट्ने निर्णय नसच्याए सिंहदरबार घेर्ने चेतावनी दिनुभएको छ । सुर्खेतमा पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारले आफ्नो निर्णय नसच्याए आगामी जेठ दोस्रो सातादेखि देशभरका नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधि आएर सिंहदरबार घेर्ने चेतावनी दिनुभएको हो ।
आँखाको ज्योति फर्किंदा खुसी
नलगाड नगरपालिका–१ बस्ने टली विकले बढ्दो उमेरसँगै कमजोर बन्दै गएका दुवै आँखाका ज्योति करिब करिब गुमाइसक्नुभएको थियो । जब दुवै आँखाको ज्योति गुम्यो टलीका लागि दिनरात एकनास बनेको थियो । गाउँमै भएको शिविरमा दायाँ आँखा शल्यक्रिया गरेपछि ८० वर्षीय विकको आँखाको ज्योति फर्किएको छ । आँखाको ज्योति फर्किएपछि आफूले पुनर्जन्म पाएसरह भएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।
आर्थिक वर्ष सकिन दुई महिना मात्रै, योजना कार्यान्वयनमा अलमल
चालु आर्थिक वर्ष सकिन अब दुई महिना मात्रै बाँकी छ तर कर्णाली प्रदेश सरकारको रातो किताबमा भएका ५७४ वटा योजना कार्यान्वयन गर्ने विषयमा कुनै टुङ्गो लाग्न सकिरहेको छैन । रकम थप गर्न बजेट अभाव र कार्यान्वयनका लागि खाका बन्न नसक्दा ती योजनाको काम के हुने भन्ने अन्योल कायम छ । २०७९ साल असारमा तत्कालीन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग सरकारले प्रदेश सरकारबाट १५ लाख रुपियाँभन्दा कम बजेट विनियोजन भएका योजना कार्यान्वयन नगर्ने सहमति गरेको थियो ।
सुर्खेत विमानस्थल र आसपासको क्षेत्र
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ कतकुवाबाट देखिएको सुर्खेत विमानस्थलको धावनमार्ग र आसपासको क्षेत्र।
ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते
दुल्लु नगरपालिका –६ घडास्थित भित्री सडकमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।
गाउँमा पुरुष नभएपछि मलामी जाँदै महिला
सुन्दा कसैलाई अच्चम लाग्न सक्छ । तर सत्य यही हो, गाउँमा युवा खोजे पाइँदैन । बढ्दो व्यरोजागरीका कारण युवा शहरदेखि विदेश पलायन हुन थालेपछि गाउँमा कुनै मान्छेको निधन हुँदा मलामी जाने पुरुष पाइँदैनन ।
पितिबाङ खोलामा पानीको बहाव बढेपछि राप्ती राजमार्ग अवरुद्ध
राप्ती राजमार्गअन्तर्गतको रुकुमपश्चिम सडकखण्ड अवरुद्ध भएको छ । राजमार्गको मुसीकोट नगरपालिका ११ र १२ स्थित पितिबाङ खोलामा पानीको बहाव बढेपछि राजमार्ग अवरुद्ध भएको हो ।
दलको सदस्यता त्याग्न शिक्षक र कर्मचारीलाई निर्देशन
यहाँ कपुरकोट गाउँपालिकाले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक सूचना निकालेर सामुदायिक तथा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको हो ।
गति लिएन बड्डीचौर–खम्बागाडे सडकले
मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे खण्डको कामले गति लिन सकेको छैन । समयमै निर्माण नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । आधा मात्रै काम भएको सडकले आमनागरिकलाई थप सास्ती दिएको हो । हालसम्म उक्त सडकखण्डको २० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । वित्तीय प्रगति १४ प्रतिशत हासिल भएको छ । साढे १२ किलोमिटरमा सडकखण्डका लागि प्रदेश सरकारले ४२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । उक्त खण्डमा अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रुपियाँमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो । २०७९ देखि काम सुरु भएको थियो ।
योजना आयोग पदाधिकारीविहीन, दोस्रो पञ्चवर्षीय योजना निर्माण अन्योलमा
कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको प्रथम पञ्चवर्षीय योजना कार्यान्वयनको अवधि चालु आर्थिक वर्षसँगै सकिँदै छ ।
कर्णालीमा बाह्य लगानीको बाटो खुल्दै
कर्णाली प्रदेशमा बाह्य लगानी भित्रिने सङ्केत देखिएको छ । काठमाडौँमा सम्पन्न लगानी सम्मेलनले सकारात्मक सङ्केत दिनुका साथै बाह्य लगानीको बाटोसमेत खोलेको छ ।
समयलाई चिन्न सके सही गन्तव्यमा पुग्न सकिन्छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेलकुद मात्र नभई हरेक ठाउँमा समयलाई चिनेर दौडिएमा मात्र सही गन्तव्यमा पुग्न सकिने बताउनुभएको छ ।
हिल्सामा राजस्व सङ्कलनमा समस्या
नेपाल र चीनको व्यापारिक नाका हिल्सामा राजस्व सङ्कलनमा समस्या देखिएको छ । यारी भन्सार कार्यालय हिल्सामा कर्मचारी नभएपछि चीनको ताक्लाकोटबाट आउने व्यापारीबाट राजस्व सङ्कलनमा गर्न समस्या देखिएको हो ।