जनअपेक्षा अनुसार कानुन बन्न सकेको छैन : मुख्यन्याधिवक्ता हमाल
कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कृष्णबहादुर हमालले जनअपेक्षा अनुसारका कानुन निर्माण हुन नसकेको बताउनुभएको छ । स्थानीय तथा प्रदेश सरकारलाई आवश्यक पर्ने पर्याप्त कानुन बन्न नसकेको उहाँको भनाइ छ ।
रारा पुग्ने छोटो सडक स्तरोन्नति सुरु
रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा छायानाथ रारा नगरपालिकाको तली तुम गाउँदेखि वडा नम्बर ३ लामाचौरसम्मको सडक विस्तारको काम थालिएको हो ।
दोजाम कर्णालीमा बेलिब्रिज निर्माण गर्न माग
हुम्लाका जनप्रतिनीधिहरुले कर्णाली करिडोर अन्तर्गत पर्ने दोजाम कर्णाली नदीमाथि बेलिब्रिज निर्माणको माग गरेका छन् ।
चीनद्वारा खाद्यान्न सहयोग
छिमेकी राष्ट्र चीनले हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकालाई खाद्यान्न र सोलार सहयोग गरेको छ । चीनले सीमा जोडिएको जिल्लाका स्थानीय तहलाई उपलब्ध गराउने सहयोग अन्तर्गत सो सहयोग गरेको हो । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले चीन सरकारले गाउँपालिकाका लागि खाद्यान्न र सोलार सहयोग गरेको बताउनुभयो । उहाँले चीनद्वारा सिमा जोडिएका जिल्लाका स्थानीय तहलाई गर्ने सहयोग अन्तर्गत यो सहयोग उपलब्ध भएको जानकारी दिनुभयो । उहाँले चीनले हिल्सामा उपलब्ध गराएको खाद्यान्न र सोलारलाई गाउँपालिकाले सबै वडामा वितरण गरेको बताउनुभयो ।
मुहान सुकेपछि पानी अभाव
भूकम्पपछिका वर्षमा जाजरकोटमा खानेपानीको समस्या हुन थालेको छ । यहाँको भेरी र नलगाड नगरपालिका तथा कुसे, बारेकोट गाउँपालिकाका विभिन्न बस्तीका पानीको मुहान सुकेपछि यहाँका बस्तीमा खानेपानीको समस्या हुन थालेको हो । गत कात्तिक १७ गते गएको भूकम्पले धर्ती हलचल भएपछि धेरै जसो मुहान सुकेका छन् । मुहान सुकेपछि खानेपानी समस्या बढ्दै गएको छ । बस्ती नजिकका मुहान सुकेपछि यहाँका बासिन्दा घण्टौँ टाढाबाट पानी बोकेर खान बाध्य भएका छन् ।
समय अघि नै सडक निर्माण सकियो तर भुक्तानी भएन
निर्धारित मिति भन्दा अगाडी नै सडक निर्माण भएर गाडी गुडे पनि भुक्तानी नभएको पाइएको छ । सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लागत साझेदारीमा निर्माण गरिएको सडकका लागि पठाउनु पर्ने बजेट हालसम्म नपठाउँदा सडक निर्माण भएर सञ्चालनमा आए पनि भुक्तानी हुन नसकेको हो ।
आफ्नै भवनबाट सेवा प्रवाह
भूकम्पले प्रशासनिक भवनमा क्षति पुगेपछि टेन्टबाट सेवा दिँदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गत कात्तिक १७ गते भूकम्पले जिल्ला प्रशासनको भवन क्षतिग्रस्त बनाएपछि सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । भूकम्पपछि अस्थायी टेन्ट र त्रिपालबाट कार्यालयको सेवा सञ्चालन भइरहेको थियो ।
जाजरकोटमा नक्कली नोटसहित महिला पक्राउ
जाजरकोटमा एक जना महिलालाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ । छेडागाड नगरपालिका ५ थलहबजारबाट नेपाली एक हजारका १८ थान नक्कली नोट सहित छेडागाड नगरपालिका १० काप्लाकी ३२ वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
सिंचाइको सुविधा नहुँदा सिमेभूमिसँग पानी माग्दै कृषक
आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका कृषकले खडेरी परेपछि सिमेभूमि देवतालाई पूजा गर्दै पानी मागेका छन् ।
दुर्गमको विद्यालयमा बस सेवा
भारतीय दूतावासद्वारा गाउँपालिकालाई सहयोगस्वरुप उपलब्ध भएको उक्त बस गाउँपालिकाले विद्यालयलाई प्रदान गरेपछि विद्यालयले त्यसलाई सञ्चालनमा ल्याएको हो ।
बर्खा सुरु नहुँदै भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण आवश्यक : मुख्यमन्त्री कँडेल
कर्णली प्रदेशका सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जाजरकोट भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी भएको बताउनुभएको छ ।
तीन हजारभन्दा बढी पशुको गर्भाधान
चालु आर्थिक वर्षमा कर्णाली प्रदेशका १० जिल्लामा तीन हजार ३५६ पशुको गर्भाधान गरिएको छ । पशुपन्छी विकास निर्देशनालय सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा निर्देशनालयका डा. सोविना मल्लले कार्यपत्र प्रस्तुत गर्दै कर्णाली प्रदेशमा कृत्रिम गर्भाधानको अवस्था र सम्भावनाबारे अभिमुखीकरण गराउनुभएको थियो । मल्लले कर्णाली प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहमध्ये ३८ स्थानीय तहमा कृत्रिम गर्भाधान भएको भए पनि ४१ पालिकामा कृत्रिम गर्भाधान कार्य सुरु नै नभएको बताउनुभयो ।
कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त
कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा कृष्णबहादुर हमाल नियुक्त हुनुभएको छ । उहाँलाई सोमबार मुख्यमन्त्री यामलाल कँडेलले सोमबार नियुक्त गर्नुभएको हो । हमालले पद तथा गोपनीयताको शपथ पनि लिएसक्नुभएको छ ।
हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण
कालीकोटको शुभकालिका वडा नं. ५ सुकाटियामा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ । सेनाले चालु आर्थिक वर्षको शीघ्र प्रभाव आयोजनाअन्तर्गत विनियोजित १० लाख बजेट खर्च गरेर एक महिनाको अवधिमा हेलिप्याड निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरेको हो । जटिल अवस्थाका सुत्केरी महिला तथा विपदमा परेका नागरिकको हवाई उद्धार गर्न नेपाली सेनाको सहयोगले हेलिप्याड निमार्ण भएको हो ।
जागिरसँगै समाजसेवा
वीरेन्द्रनगर नगरपालिका–१० निवासी ४५ वर्षीय सीता शर्मा पेसाले सिनियर अनमी निरीक्षक हुनुहुन्छ । २०६० सालमा अनमीबाट सरकारी सेवा सुरु गरेपछि उहाँमा सेवासँगै समाज सेवालाई पनि अगाडि बढाउने चाहना जागृत भयो । सुरुमै सुर्खेतकै प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङमा पुगेपछि धेरै ग्रामीण महिला तथा किशोरीहरूको उपचार गर्नुभयो । उपचारका क्रममा उहाँले ग्रामीण महिलामा पाठेघर खसेको, रोग पालेर बसेको जस्ता समस्या देख्नु भयो । त्यति मात्र होइन, भर्खरका किशोरीमा पनि पाठेघरप्रति ज्ञान नभएको महसुस गर्नुभयो । अवलचिङका साथै सल्यान तथा सुर्खेतकै वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकामा पनि काम गर्ने व्रmममा पाठेघरको बारेमा धेरै कुरा बुझिसकेपछि पाठेघरको क्यान्सरबाट बच्नका लागि महिनावारी सरसफाइ अभियान नै उहाँले चलाउनुभयो ।
सुरु भयो पेट्रोलियम अन्वेषणात्मक ‘बेल ड्रिलिङ’
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण तथा उत्खनन्का लागि आवश्यक पर्ने पूर्वाधार निर्माण र उपकरण जडान कार्य सकिएसँगै अन्बेषणात्मक (बेल) कार्यको उद्घाटन गरिएको छ ।
ओझेलमा कालिकोटकाे पचाल झरना
कालीकोट जिल्लाको पचाल झरना गाउँपालिका-३ खाद्रुमा रहेको नेपालकै अग्लो झरना गुमनाम अवस्थामा छ ।
डाँफेमा विज्ञान प्रयोगशाला स्थापना
जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नं ८ को एक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ ।
हराउन थाले पहाडी ट्रक
हिमाल तथा पहाडमा ढुवानीको भरलाग्दो साधनका रूपमा परिचित खच्चड बिस्तारै हराउन थालेका छन् । सामान ढुवानी गर्ने हिमाली ट्रकको उपनाम पाएका खच्चड सडक यातायात पुगेसँगै हराउन थालेका हुन् । अहिले कालीकोटका कुनै पनि ठाउँमा खच्चड देखिँदैनन् । रास्कोट–२ का उदयराम चौलागाईंले केही वर्षपहिले गाउँमा सडक नहुँदा नौ वटा खच्चड किनेर सामान ढुवानी थाल्नुभयो । गाउँमा सडक थिएन । कर्णाली कोरिडोरको जितेबाट रास्कोट, पलाँता क्षेत्रमा सडक विस्तार नहुँदा चौलागाईंले किनेका नौ खच्चडले व्यापारीको सामान मात्र होइन, निर्माण सामग्रीसमेत बोक्ने गरेका थिए ।
मालपोत कार्यालय स्टोरमा आगलागी
सुर्खेतको मालपोत कार्यालयको पुरानो स्टोरमा आगलागी भएको छ । वीरेन्द्रनगर –७ मा रहेको उक्त कार्यालयमा शनिवार दिउँसो आगलागी भएको हो ।
हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–४ कि २० वर्षीया लक्ष्मी शाहीलाई सुत्केरी भएको १३ दिनपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
नेतृत्वमा महिला उपस्थिति बढ्दै गएको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विगतभन्दा महिला उपस्थितिमा सुधार हुँदै गएको बताउनुभएको छ ।
भिक्टोरिया राज्य अध्यक्षमा कालिकोटका तिलक निर्वाचित
अस्ट्रेलियामा बस्ने नेपालीहरूको संस्था नेपाली जनप्रगतिशील मञ्चअन्तर्गत भिक्टोरिया राज्य समितिको अध्यक्षमा कालीकोटमा तिलकप्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ ।
लिमीको विद्यालयमा अझै पुगेन पाठ्य पुस्तक
जिल्ला भरका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेर पठनपाठन धमाधम भई रहेको भए पनि नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको विद्यालयमा भने हालसम्म पुग्न नसकेको पाइएको छ ।