• १६ भदौ २०८१, आइतबार

ठुलीभेरीमा बहाब बढ्यो, सतर्क रहन आग्रह

blog

ठुलीभेरी नदीको आठबिसकोट नगरपालिका नजिकको दृश्य । तस्बिरः राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, साउन २८ गते । अविरल वर्षाका कारण ठुलीभेरी नदीको बहाव अत्यधिक बढेको छ । डोल्पा हुँदै आउने ठुलीभेरी नदीको बहाव बढिरहेकाले सतर्क रहन नदी किनारका बासिन्दालाई विशेष अनुरोध गरिएको छ । 

नदीको बहाव करिब ६ फिट बढेको छ । आठबिसकोट नगरपालिका प्रमुख रवि केसीले नदीको आसपासमा रहेका बस्ती र बासिन्दालाई सतर्क रहन सार्वजनिक रुपमा अनुरोध गर्नुभएको छ । 

उहाँले डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी कार्यालयका अनुसार लगातार पानी परिरहेकाले नदी बहाव थप बढ्ने सूचना प्राप्त भएको बताउनुभयो । नदीको बहाव उच्च हुँदा तटीय क्षेत्रमा बढी क्षति हुनसक्ने उहाँले उल्लेख गर्नुभयो । 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले सार्वजनिक सूचना जारी गर्दै नदीको तटीय क्षेत्रका नागरिकलाई थप सतर्क रहन अनुरोध गरेको छ । प्रहरीले नदीमा माछा मार्ने, काठ दाउरा सङ्कलन गर्नेजस्ता काम नगर्न समेत अनुरोध गरेको छ ।