• ४ जेठ २०८३, सोमबार

वैशाखमा एक्याप मनाङबाट ३०१ जनाले लिए स्वास्थ्य सेवा

blog

स्वास्थ्य सेवा प्रदान गर्दै ।

यदुप्रसाद भट्ट

मनाङ, जेठ ४ गते । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतको युसीओ मनाङले २०८३ वैशाखमा ३०१ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ ।

सेवा लिनेमा २७५ जना स्थानीय तथा नेपाली नागरिक र २६ जना विदेशी पर्यटक रहेका छन् । उपचार सेवा लिने स्थानीय तथा नेपालीमध्ये १३५ जना पुरुष र १४० जना महिला रहेका छन् । त्यसैगरी विदेशी बिरामीमध्ये १४ जना पुरुष र १२ जना महिला रहेका युसिओ मनाङले जनाएको छ ।

उच्च हिमाली तथा पर्यटकीय क्षेत्र मनाङमा वैशाख महिनाभरि देखिएका प्रमुख स्वास्थ्य समस्यामा एक्युट माउन्टेन सिकनेस (एएमएस), टाउको दुख्ने समस्या तथा रुघाखोकी प्रमुख रहेका छन् ।

विशेषगरी उच्च भूभागमा भ्रमण गर्ने पर्यटक तथा स्थानीयवासीमा उचाइका कारण हुने स्वास्थ्य समस्या बढी देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

मनाङमा पर्यटक आगमनसँगै स्वास्थ्य सेवाको आवश्यकता पनि बढ्दै गएको छ ।नियमित स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि तथा आकस्मिक उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।