कर्णाली सरकारको आम्दानी ५८ करोड, खर्च १० अर्ब
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १० अर्ब २४ करोड ८५ लाख ४२ हजार बराबरको बजेट खर्च गरेको छ । यो कुल बजेटको ३०.६७ प्रतिशत बजेट खर्च हो । चालु आर्थिक वर्षमा कर्णाली सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको वार्षिक बजेट ल्याएको थियो । चालु आर्थिक वर्षको जम्मा दुई महिना मात्र बाँकी रहँदा सरकारको खातामा अझै २३ अर्ब बढी बजेट थन्किएको छ ।
बजेटअनुसार परियोजना बनाउन मुख्यमन्त्रीको आग्रह
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार परियोजना तर्जुमा गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।
दुई विद्यार्थीका लागि तीन शिक्षक
उत्तरी हुम्लाको एक विद्यालयमा दुई जना विद्यार्थीको पढाइका लागि तीन जना शिक्षक कार्यरत रहेका छन् । नाम्खा गाउँपालिका–५ को यारी गाउँको अरनिको प्राथमिक विद्यालयको अवस्था यस्तो रहेको छ । विद्यालयका प्रधानाध्यापक हरिनारायण चौधरीले प्राथमिक तहको विद्यालयमा दुई जना विद्यार्थी रहेको र आफूसहित तीन जना शिक्षक रहेको जानकारी दिनुभयो ।
बनेनन् घर, खेतमा भयो बास
भूकम्पले घर भत्किएपछि यहाँका बासिन्दा खेतीयोग्य जमिनमा अस्थायी आवास बनाएर बसेका छन् । नलगाड नगरपालिका–१, कल्पतका स्थानीय बासिन्दा पुनर्बासको व्यवस्था हुन नसकेपछि खेतीयोग्य जमिनमा अस्थायी टहरा बनाएर बस्न बाध्य भएका छन् । भूकम्प गएको करिब सात महिना बित्नै लाग्दा पनि सरकारले अस्थायी आवासका लागि दोस्रो किस्ता रकम नदिएपछि स्थानीयलाई आवास निर्माणमा लागेको ऋणसँगै बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । भूकम्पले पहाड फाँटेको छ । अब बर्खामा पानी परेपछि अर्को प्राकृतिक प्रकोपले कति हानि नोक्सानी पु¥याउने हो भन्ने चिन्ताले बर्खाअघि नै यहाँका बासिन्दालाई सताउन थालेको छ ।
उच्च पाटनतर्फ चौँरी गाईका गोठ सारियो
तल्लो क्षेत्रमा पालन हुँदै आएका चौँरी गाईलाई उच्च पाटनतर्फ लग्न सुरु गरिएको छ । उच्च पाटनमा घाँस उम्रिनु र गर्मी बढेसँगै पालनका लागि चौँरी गाईलाई उच्च पाटनतर्फ लग्न सुरु गरिएको हो ।
नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी
कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–९, मुम्राका ४६ वर्षीय वसन्त लुवार गाउँमा स्थापित नेपाली हाते कागजबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।
‘आइपिभी’ खोप अभियान प्रभावकारी बनाइने
रुकुमपश्चिममा यही जेठ १३ गतेदेखि बालबालिकालाई लगाइने पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभियान सफल पार्नका लागि स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमले जिल्ला तथा पालिका स्तरमा विभिन्न छलफलहरू गरिरहेको छ ।
१३ करोड लागतको खानेपानी आयोजना सम्पन्न नहुँदै जीर्ण
१३ करोड ७१ लाख २९ हजार लागतमा निर्माण भएको कालिकोट सदरमुकाम मान्मा बजारको खानेपानी आयोजना निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ । विसं. २०७८ सालमा निर्माण सुरु गरिएको खानेपानी आयोजना काम चलाउको रूपमा मात्रै भएको भन्दै दिगो बनाउन स्थानीयबासीले माग गरेका छन् ।
मौरीपालनतिर आकर्षण
नलगाड नगरपालिकाका किसान मौरीको महबाट आत्मनिर्भर हुन थालेका छन् । नलगाड नगरपालिका–१, पाली, कल्पत, चिउरीका किसानले मौरीपालन व्यवसाय गर्न थालेपछि जीवनस्तरमा पनि सुधार हुँदै आएको छ । मौरीको महबाट राम्रो आम्दानी भएपछि नलगाड नगरपालिका–१ का किसान आकर्षित भएका छन् ।
प्रमुख पर्यटकीय सहर बनाउने लक्ष्य छ
जुम्ला साबिक पुरानो कर्णाली अञ्चलको प्रशासनिक केन्द्र हो । हिमाली क्षेत्रको प्रमुख प्रशासनिक केन्द्र, ऐतिहासिक चन्दननाथ मन्दिर, डुडुल चैत्य, चेरे चौर र धिमी पार्क, गणेश गुफा, भगवती मन्दिर, कर्णाली प्राविधिक शिक्षालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल चन्दननाथ नगरपालिकाभित्रै पर्छन् । सङ्घीयतापछि यसको विकासको गति अझ बढेको छ । गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट नगर प्रमुख पदमा निर्वाचित हुनुभएका राजुसिंह कठायतसँग गोरखापत्रका जुम्ला समाचारदाता नेत्रबहादुर शाहीले गर्नुभएको कुराकानीको सारसङ्क्षेप : यहाँ निर्वाचित भइसकेपछि हालसम्मका मुख्य उपलब्धि के के हुन् ?
वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशाला
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला । रङ्गशाला निर्माण सम्पन्न गर्नका लागि रु एक अर्ब ४७ लाख ४७ हजार ६०० लाग्ने जनाइएको छ ।
मेडिकल र पसलमा ताला
रुकुमपश्चिमको जिल्ला सदरमुकाम खलङ्गा बजारमा सञ्चालित तीन वटा पसलमा ताला लगाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज बाँकेले जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमको समन्वयमा गरेको बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि तीन वटा पसलमा ताला लगाइएको हो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार पाउरोटी उद्योग, चाउमिन उद्योग र खाद्यान्न पसल गरी आठ वटा पसलमा अनुगमन गरिएकोमा तीन वटा पसलमा ताला लगाइएको छ । उहाँले लोकेन्द्र पाउरोटी उद्योग, न्यू समीक्षा हाइजनिक बेकरी उद्योग र न्यू समीक्षा चाउमिन उद्योगमा ताला लगाइएको बताउनुभयो ।
गाउँमै चामल किन्न पाउँदा स्थानीय हर्षित
जिल्लाको पुर्विउत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिका –२ मुक्तीकोटका स्थानीय हर्षित भएका छन् । गत सोमबार देखि नेपाल खाद्यान्न कम्पनी लिमिटेडले स्वामिकार्तिक खापर गाउँपालिका –२ को मुक्तिकोट खाद्य बिक्री केन्द्रबाट चामल बिक्री वितरण गर्न सुरु गरेपछि यहाँका स्थानीयले लामो समयपछि गाउँमै चामल किन्न पाएको भन्दै हर्षित भएका हुन् ।
रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक
मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक ।
रारा पुगे दश महिनामा दश हजार पर्यटक
रारा ताल घुम्न १० महिनामा दश हजार बढी पर्यटक पुगेका छन् । गत साउनदेखि वैशाख मसान्तसम्ममा १० हजार तीन सय ४१ आन्तरिक पर्यटक, ४३ सार्क मुलुकबाट र एक सय ९५ अन्य विदेशी मुलुकका गरी १० हजार पाँच सय ७९ पर्यटकले रारा भ्रमण गरेका हुन् ।
मिनी बस दुर्घटनामा मृतक दुवैको सनाखत
वीरेन्द्रनगरमा भएको बस दुर्घटनामा मृतक दुवै जनाको सनाखत भएको छ ।
जिल्ला अस्पताल हुम्लामा औषधी अभाव
हुम्लाको एक मात्र जिल्ला अस्पतालमा औषधी अभाव हुँदा उपचारमा आउने बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको सङ्ख्या बढ्दै गएपनि अस्पतालमा औषधी अभाव हुँदा समस्या भइरहेको छ ।
मिनी बस दुर्घटनामा दुईको मृत्यु
दैलेखको दुल्लु नगरपालिकाको भुकाँहदेखि सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको मिनी बस दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका-७ को गोजेनी जङ्गल नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
शिक्षक हुँदै सामाजिक अभियन्तादेखि मन्त्रीसम्म
अहिले पनि समाजमा शारीरिकरुपमा अशक्त भएका व्यक्तिहरुलाई फरक नजरले हेर्ने गरिन्छ । उनीहरुले केही गर्न सक्दैनन् भन्ने भाष्य समाजमा अझै कायमै छ । संविधान र विभिन्न ऐन कानुनहरुले शारीरिकरुपमा अशक्त भएका व्यक्तिलाई अधिकार सम्पन्न गराएको छ तर हेर्ने दृष्टिकोणमा भने परिवर्तन हुन नसक्दा अहिले पनि अपाङ्गता भएका व्यक्ति पछाडि पारिएका छन् । हरेक क्षेत्रमा पहुँच पुग्न सकेको छैन् ।
कर्णाली विकासमा दलहरुको संयुक्त पहल
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश विकासका लागि सबै राजनीतिक दललाई साथमा लिएर हिँड्ने बताउनुभएको छ । प्रदेशको साझा एजेण्डामा दलहरू एकजुट हुनुपर्ने भन्दै उहाँले सर्वदलीय बैठक राख्नुभएको छ ।
गोरखापत्र समाचार प्रभाव : छहारी छोडेर कक्षाकोठा
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–४ स्थित इन्द्रज्योति आधारभूत विद्यालयको छाना निर्माण गरिएको छ । गत चैत १७ गते आएको हावाहुरीले उडाएको छाना डेढ महिनापछि निर्माण भएको हो । छाना मर्मतपछि विद्यार्थीलाई कक्षाकोठामै राखेर पढाउन थालिएको छ । विद्यालयको जस्तापाताको छाना हावाहुरीले उडाएपछि यस विद्यालयमा अध्ययनरत बालबालिका रुखको छहारीमा बसेर पढ्दै आएका थिए । यस विषयमा गोरखापत्र दैनिकमा वैशाख ३ गते ‘जता रुखको छाया, उतै कक्षाकोठा’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशनपछि आठबिसकोट नगरपालिकाको सहयोगमा भवन मर्मत गरिएको हो ।
शैक्षिक सुधार गर्न प्रधानाध्यापकसँग सम्झौता
रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाले ४५ वटा विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको छ । शैक्षिक क्षेत्रमा सुधारका लागि गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका शिक्षा अधिकृत भूपालसिंह विष्टका अनुसार प्रधानाध्यापकहरूसँग भएको बैठकपश्चात् सो सम्झौता गरिएको हो । सामुदायिक विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक उपलब्धिमा थप सुधारका लागि ३९ बुँदे सम्झौता गरिएको उहाँले बताउनुभयो । सम्झौतापत्रमा गाउँपालिकाको समग्र शैक्षिक सेवा प्रवाहलाई नतिजामुखी बनाई विद्यालयमा तोकिएको गुणस्तर, परिणाम, समय र लागत प्रभावकारी बनाउने कुरा उल्लेख गरिएको छ ।
‘करिम’ हटाउन माग
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले कलाकार प्रकाश दुतराजको ‘करिम’ बोलको गीत युट्युबबाट हटाउन माग गर्नुभएको छ । प्रमुख बादीले गीत हटाउन माग राख्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र केन्द्रीय चलचित्र जाँच समितिमा निवेदन दिनुभएको छ ।
त्रिदेशीय व्यापारिक सडकमा बेलिब्रिज
भेरी कोरिडोर अन्तर्गत रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–४, छरेबगर र जाजरकोटको नलगाड नगरपालिका–१२ जोड्ने भेरी नदीमाथि तल्लुबगरको बेलिब्रिज सञ्चालनमा आएको छ । त्रिदेशीय व्यापारिक सडक भेरी कोरिडोरको प्रमुख पूर्वाधारका रूपमा रहेको तल्लुबगर बेलिब्रिज सञ्चालनमा आएको छ ।