• ३ भदौ २०८१, सोमबार

भिरबाट लडेर एकको मृत्यु

blog

राजु लामिछाने

रुकुमपश्चिम, भदौ ३ गते । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –२ बाँदरपानी गाउँमा रहेको ठुला भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । आइतबार साँझ बादँरपानी गाउँका ६३ वर्षीय शशिराम ओलीको गाउँ नजिकैको ठुला भिरबाट लडेर मृत्यु भएको वडा सदस्य भिमदत्त बुढाथोकीले जानकारी दिनुभयो । 

उहाँका अनुसार गाउँले बिरामी भएको खबरपछि भेट्न जानलाई उहाँ भिरको साँघुरो र चिप्लो बाटोबाट जानेबेला भिरबाट लड्नभएको थियो । भिरबाट करिब दुई सय मिटर तल खसेका उहाँको घटनास्थलमै मृत्यु भएको थियो । 

दह चौरबाट पानीगैरा जाने क्रममा उहाँ भिरबाट लड्नु भएको हो । मृतक ओलीका चार छोरा र दुई छोरी हुुनुहुन्छ । तीन भाइ छोरा रोजगारीको लागि भारतमा छन्, एक भाइ मलेसियामा छन् र दुई बहिनी छोरीको बिहे भइसकेको छ । उहाँ घरमा श्रीमतीको साथमा बस्दै आउनुभएको थियो ।