सहदेव बस्नेत
जाजरकोट, भदौ ३ गते । जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।
आइतबार राति जिल्लाको नलगाड नगरपालिका-२ माझगाउँमा आएको पहिरोले लालबहादुर परियारको अस्थायी टहरा पुरिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तम पाण्डेले मृत्यु हुनेहरूमा ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनीषा परियार र २ वर्षीय शिभम परियार रहेको बताउनुभयो । मृत्यु तीन जना एकै परिवारका सदस्य रहेका छन् ।
घटनाको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय दिल्लीबाट प्रहरी घटना स्थलतर्फ गएर सबै मृतकको शव निकालेको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।