हिमाली बस्तीमा प्रभावकारी आवासीय विद्यालय
मुगुम कार्मारोङ गाउँपालिका ३ का लुन्दुक तामाङको परिवारलाई सन्तानलाई शिक्षादीक्षा दिनुपर्छ भन्ने थाहा नभएको होइन ।
तिला नदीमा पौडी खेल्न गएका युवा बेपत्ता
तिला नदीमा एक युवा बेपत्ता भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका वडा नं ६ स्थित तिला नदीमा पौडी खेल्न गएका १५ वर्षीय युवा मङ्गलबार वेपत्ता भएका हुन् ।
दोस्रो किस्ता निकासा गर्न निर्देशन
भूकम्प गएको सात महिना बित्दा अस्थायी आवासको दोस्रो किस्ता नपाएका पीडितका लागि दोस्रो किस्ता निकासा गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरूलाई निर्देशन दिएको छ । सम्बन्धित गाउँ तथा नगरपालिकाले दोस्रो किस्ता रकम नपाएको गुनासो आउन थालेपछि सात वटै पालिकालाई जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो । अस्थायी आवास निर्माण गर्दा साहुबाट लिएको ऋण तिर्न नसकी समस्यामा परेका जनतालाई छिटोछरितो रकम निकासा गरी वितरणका लागि जिल्ला प्रशासन कार्यालयले सात वटै स्थानीय तहलाई पत्र लेखी विपत् पोर्टलमा सम्पूर्ण विवरण राखिसकिएकाले दोस्रो किस्ता रकम पीडितलाई दिन आग्रह गरेको छ ।
मनोसामाजिक अपाङ्गताका बिरामी बढ्दै
सुर्खेतको वीरेन्द्रनगरमा मनोसामाजिक अपाङ्गताका बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । सामाजिक प्रतिष्ठा गुम्ने डरले सार्वजनिक हुन कठिन भए पनि घरघरमा मनोसामाजिक बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको हो । मनोसामाजिक अपाङ्गताको क्षेत्रमा वीरेन्द्रनगर नगरपालिकामा कार्यरत राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन (कोसिस) ले वीरेन्द्रनगरसहित जिल्लाभर मनोसामाजिक अपाङ्गताका बिरामीको सङ्ख्या बढ्दै गएको जनाएको छ ।
पेट्रोलियम पदार्थ अन्वेषणका लागि करिब ६३ मिटर ड्रिलिङ
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि मुख्य ड्रिलिङस्थल ।
‘संविधानको मर्म र भावनाअनुसार अघि बढ्न जरुरी’
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको मर्म र भावनाअनुसार अघि बढ्न जरुरी भएको बताउनुभएको छ । सत्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको सिद्धान्तले निर्देशित गरेअनुसार कार्यान्वयन गर्न तथा गराउन राज्यको सर्वोच्च ओहोदामा रहेकाहरूको पहिलो कर्तव्य हुने उल्लेख गर्नुभएको छ ।
गणतन्त्र दिवस प्रभातफेरी
गणतन्त्र दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय,कर्णाली प्रदेशले मङ्गलबार आयोजना गरेको प्रभातफेरीमा सहभागीहरु।
यार्सागुम्बा टिप्न गएकी युवतीको मृत्यु
यार्सागुम्बा टिप्नको लागि डोल्पा गएकी रुकुमपश्चिमको एक युवतीको मृत्यु भएको । आठविसकोट नगरपालिका ४ गोतामकोट विष्ट गाउँ निवासी २२ वर्षीया जमुना विष्टको सोमबार डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेको बेला मृत्यु भएको वडा अध्यक्ष नरसिं विष्टले जानकारी दिनुभयो ।
सुर्खेतमा लोडसेडिङ : तत्काल समस्या समाधान नभए सङ्घर्ष
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा हुने अनियमित लोडसेडिङका साथै लो भोल्टेजले प्रदेशवासी आजित बनेका छन् । गर्मी मौसम सुरु भएलगत्तै वीरेन्द्रनगरमा अनियमित लोडसेडिङ हुनुका साथै लो भोल्टेजले कुनै पनि काम सहज हुन सकेको छैन । घोषित रूपमा लोडसेडिङ नभए पनि वीरेन्द्रनगरमा मर्मतसम्भारका नाममा लोडसेडिङ हुने गरेको छ । यस्तै लो भोल्टेजले न पङ्खा चल्छ न कम्प्युटरलगायतका विद्युतीय उपकरण नै चल्ने गरेका छन् । जसका कारण सर्वसाधारणदेखि उद्योगी, व्यवसायी प्रत्यक्ष मारमा परेका छन् ।
विकास र सामाजिक रूपान्तरणको आधार खडा
संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । लामो समयको राजतन्त्र अन्त्यको घोषणा भएको दिन आजै हो । देशमा राजतन्त्रात्मक व्यवस्था अन्त्य भई गणतन्त्र आएको पनि केही वर्ष बितिसकेको छ । अपेक्षा अनुरूप जनताको अवस्थामा भने खासै परिवर्तन आएको देखिन्न तर पनि परिवर्तन भएको छ । तत्कालीन केन्द्रीकृत राज्य सत्ताबाट पछाडि पारिएको कर्णाली अझै सुधार हुन बाँकी छ । विकासको चाहना धेरै छ तर सोही अनुसार भएको छैन ।
खाद्य उद्योगले कमायो साढे बयालिस लाख रुपियाँ
जिल्लामा निजी लगानीमा स्थापना भएको सोवर्ण खाद्य उद्योगले यस वर्ष हालसम्म ४२ लाख रुपियाँ कमाइ गरेको पाइएको छ । उक्त उद्योगले जिल्लाका रैथाने बालीका विभिन्न परिकार उत्पादन गरेर राजधानी काठमाडौँ निकासी गरेर यो कमाइ गरेको हो । सो उद्योगका सञ्चालक मुकुन्द रोकायाले उद्योग स्थापना यता सबैभन्दा बढी यस वर्ष ४२ लाख ५५ हजार ५५० रुपियाँ कमाइ गरेर हालसम्मकै बढी कमाइ गर्न सफल भएको बताउनुभयो । उद्योग स्थापना भएको नौ वर्ष भएको छ । यसअघि उक्त उद्योगले वार्षिक १५ लाख रुपियाँसम्म कमाइ गर्दै आएको थियो ।
गणतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कँडेलको शुभकामना
सत्रौँ गणतन्त्र दिवसका अवसरमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शुभकामना दिनुभएको छ । उहाँले शुभकामना सन्देशमा नेपाली जनताले विजय प्राप्त गरेको यस अवसरमा दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
विकासको पहिलो पूर्वाधार सडक नै हो : मुख्यमन्त्री कँडेल
राष्ट्रिय राजमार्गले छुन नसकेको कर्णालीमा विकासको पहिलो पूर्वाधार सडक नै भएको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताउनुभएको छ ।
आगामी बजेट : विकास निर्माण र रोजगारी सिर्जना
कर्णाली प्रदेश सरकारले विकास निर्माण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउने भएको छ । शनिबार सरकारले प्रदेश सभामा प्रस्तुत गरेको विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिमा प्रदेश गौरवका आयोजना, बहुवर्षीय, क्रमागत तथा अधुरा आयोजनालाई नतिजामुखी हुने गरी कार्यान्वयन गर्ने र समन्यायिक विकासमार्फत रोजगारीका अवसर सिर्जना गर्ने प्राथमिकता निर्धारण गरेको छ ।
मुगुको डोल्फु गाउँँमा लुटपाट
मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो ।
हिमाली सिमास्तम्भको अनुगमनमा सशस्त्र प्रहरी
नेपाल चीनको सिमाना हिल्सामा स्थापना भएको सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकीको प्रहरीले ( बिओपी ) पाँच हजार मिटर अग्ला दुई वटा सिमास्तम्भहरुको अनुगमन गर्न सफल भएको छ । सिमास्तम्भहरुको नियमित अनुगमन कार्य अन्तर्गत बिओपीले एउटा सीमा स्तम्भमा एघारदेखि बाह्र घण्टा पैदल हिँडेर अनुगमन गर्ने कार्य गरेको हो ।
रारामा दस हजारभन्दा बढी पर्यटक
मुगुको रारा तालमा चालु आर्थिक वर्षको साउनदेखि वैशाख अन्त्यसम्ममा १० हजार ५७९ पर्यटकले भ्रमण गरेका छन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार ४३ जना सार्क मुलुकबाट र १९५ जना अन्य मुलुकबाट गरी कुल १० हजार ५७९ पर्यटकले रारा भ्रमण गरेका हुन्। गत वर्षको आर्थिक वर्षमा ११ हजार १९१ आन्तरिक र विदेशी पर्यटकले रारा भ्रमण गर्न आएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका सूचना अधिकारी जयहरि धितालले बताउनुभयो ।
प्रदेश बजेट अधिवेशन सुरु
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन तथा बजेट अधिवेशन सुरु भएको छ । बजेट अधिवेशनले आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने छ । असार १ गते प्रदेश सरकारहरूले बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरूले कर्णालीको आवश्यकताका आधारमा बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।
सिसी क्यामरा नहुँदा सुरक्षा चुनौती
बुधबार साँझ कारको ठक्करबाट वीरेन्द्रनगरमा एक जना ज्येष्ठ नागरिकको मृत्यु भयो । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोकबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार बुधबार बेलुका बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको कारले पैदल यात्री शाहीलाई ठक्कर दिएको थियो । दुर्घटनापछि कारचालक फरार भए । फरार चालकलाई पक्राउ गर्न प्रहरीलाई हम्मे हम्मे प¥यो । सार्वजनिक ठाउँमा राखिएको सिसी क्यामरा बन्द थिए । व्यक्तिले घरमा जडान गरेको सिसी क्यामराको सहायताले प्रहरीले फरार चालकलाई पक्राउ गरेको छ । यसका लागि प्रहरीलाई २४ घण्टा लाग्यो । वीरेन्द्रनगर नगरपालिका–५ का फरार चालक प्रभात पोखरेललाई बाँकेको भृकुटीनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रूपेश खड्काले
पाँच महिनादेखि शिक्षक तलबविहीन
जुनीचाँदे गाउँपालिकाका शिक्षकले पाँच महिनादेखि तलब खान पाएका छैनन् । जुनीचाँदे गाउँपालिकामा कार्यरत नेपाल सरकारको अनुदान दरबन्दीका शिक्षकले पाँच महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । सरकारले बजेटको व्यवस्था नगरेपछि यस्तो समस्या आएको हो ।
भैँसीपालनबाट वार्षिक छ लाख
व्यावसायिक रूपमा पशुपालन गर्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाका किसानले दुध बेचेर मनग्गे आम्दानी गर्न थालेका छन् । किसानले दुधबाटै वार्षिक पाँच लाखसम्म आम्दानी गर्न थालेका हुन् । वीरेन्द्रनगर क्षेत्रमा उत्पादित दुध स्थानीय बजारमा नै खपत हुने गरेको छ । वीरेन्द्रनगर नगरपालिका–३ का ३५ वर्षीय नगेन्द्र उपाध्यायको बिहानको मिर्मिर उज्यालोदेखि बेलुकासम्म भैँसीका पाडापाडीको स्याहारसुसारमा बित्ने गरेको छ । छोटो समयमा व्यावसायिक भैँसीपालन गरेर एक सफल युवा उद्यमीका रूपमा आफूलाई चिनाउन सफल भएका उपाध्याय सधैँ भैँसी स्याहारदेखि दुध बिक्रीवितरणमा व्यस्त देखिनुहुन्छ ।
राजस्व तिर्न मान्दैनन् हुम्लावासी
चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै सामान ल्याउने व्यापारीले भन्सारलाई राजस्व तिर्न नमान्ने गरेको पाइएको छ । ताक्लाकोटबाट गाडीमा आएको सामान भन्सारका कर्मचारीले राजस्वका लागि रसिद काट्न खोज्दा व्यापारी तथा अन्य हुम्लावासीले घरयसी प्रयोजनाका लागि ल्याएको सामान भनेर पन्छिन खोजेपछि राजस्व असुलीमा समस्या देखिएको हो ।
पोसाक संरक्षणमा महिला
कला र सांस्कृतिक संरक्षणका लागि महिलाले परम्परागत पोसाक लगाउनै पर्ने निर्णय गरेका छन् । सिमकोट गाउँपालिका–६ की गुहेला रावतले महिलाले धार्मिक तथा सांस्कृतिक कार्यक्रम अनिवार्य रूपमा परम्परागत पोसाक लगाउनुपर्ने भएको बताउनुभयो । आफूखुसी पोसाक लगाउँदा संस्कृति नै हराउने देखिएपछि स्वस्फुर्त रूपमा परम्परागत पोसाक लगाउनै पर्ने बाध्यता बनाइएको उहाँको भनाइ छ । महिलाले गाउन, चोलो, चाँदीको सिक्काको माला, कम्मरमा स्थानीय पटुका र रातो काम्लो (सर) ओढ्नै पर्ने हुन्छ । पोसाक नलगाएका महिलाले गाउँमा सञ्चालन हुने कार्यक्रममा दर्शक हुन पाइने तर सहभागिता जनाउन पाइने छैन ।
बालविवाह न्यूनीकरण गर्न अन्तरपुस्ता संवाद
गाउँमा वालविवाह रोक्नका लागि अन्तरपुस्ता संवाद कार्यक्रम थालिएको छ ।