रुकुमपश्चिममा ३२ करोड बेरुजु
रुकुम पश्चिमका छ वटा स्थानीय तहको बेरुजु ३२ करोड ९८ हजार रुपियाँ देखिएको छ । महालेखा परीक्षकको कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन, २०८१ मा उक्त बेरुजु रकम सार्वजनिक भएको हो ।
भिरबाट लडेर शिक्षकको मृत्यु
रुकुम पश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका –१० पेउघा घर भई सोही स्थानमा रहेको बाल कल्याण माध्यमिक विद्यालय टोड्केमा कार्यरत शिक्षक भद्र बहादुर खड्काको मृत्यु भएको हो ।
सेवा प्रवाहबारे सार्वजनिक सुनुवाइ
प्रदेश सरकार अन्तर्गतका विभिन्न कार्यालयबाट प्रवाह हुने सेवाको गुणस्तरीयता ल्याउन सार्वजनिक सुनुवाइ गरिएको छ । प्रदेश सरकारका जिल्लास्थित सरकारी कार्यालयले दिने सेवालाई जनमुखी बनाउन कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सुर्खेतले सार्वजनिक सुनुवाइ आयोजना गरेको हो ।
राष्ट्रिय सडक सञ्जालमा जोडिएन सिमकोट
यस आर्थिक वर्षमा पनि हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिने भएको छ । सडक निर्माण कार्य पूरा भए पनि कर्णाली कोरिडोरको खार्पुनाथ गाउँपालिकाको खार्पुमा रहेको दोजाम कर्णालीमाथि पुल निर्माण हुन नसकेका कारण सदरमुकाम सिमकोट सडक सञ्जालसँग नजोडिने भएको हो ।
कर्णालीको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। प्रदेश प्रमुख तिलक परियारले बुधबारको प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
ट्याक्टर दुर्घटनामा घाइते चालकको मृत्यु
रुकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परेर घाइते भएका चालकको मृत्यु भएको छ। मुसीकोट नगरपालिका –२ निवासी १८ वर्षीय सागर परियारको बुधबार दिउँसो मृत्यु भएको हो।
कालीकोटका नौ स्थानीय तहलाई दुई अर्ब ६९ करोड
कालीकोट जिल्लाका नौ स्थानीय तहका लागि दुई अर्ब ६९ करोड ६६ लाख अनुदान प्राप्त भएको छ । सङ्घीय सरकारबाट आर्थिक वर्ष ०८१/०८२ मा नौ स्थानीय तहका लागि दुई अर्ब ६९ करोड ६६ लाख अनुदान पाउने भएका हुन् ।
प्राथमिक तहका ५७७ जना विद्यार्थीको आँखा परीक्षण
दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकाको प्राथमिक तहमा अध्ययन गर्दै आएका विद्यार्थीहरूको आँखा परीक्षण गरिएको छ । हालसम्म आँखाको परीक्षण नभएको र तल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरूको आँखाको स्क्रेनिङ गर्न निःशुल्क रूपमा यो शिविर सञ्चालन गरिएको हो ।
ट्याक्टर दुर्घटनामा दुई घाइते
रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुधबार बिहान मुसीकोट नगरपालिका –५ सेरीगाउँमा रा १ त ३७१७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
अस्थायी आवास निर्माणको दोस्रो किस्ता निकासा सुरु
रुकुमपश्चिममा भूकम्प प्रभावित घरपरिवारको अस्थायी आवास निर्माण वापतको दोस्रो किस्ताको रकम निकासा सुरु भएको छ ।
टाकुरामा पानीपोखरी : सुक्खा पाखोबारी भयो हराभरा
पश्चिम सुर्खेतको वराहताल गाउँपालिका–८, आलडाँडा गर्वना क्षेत्र सुक्खा ठाउँ मानिन्छ । ३२ घरधुरी रहेको ती दुई गाउँ डाँडाको टुप्पोमा अवस्थित छन् । अग्लो डाँडामा बस्ती हुनुको नाताले यी बस्तीमा खानेपानी र सिँचाइको निकै दुःख छ । २०२६ सालको बस्ती भए पनि हालसम्म कुनै पनि सरकारको आँखामा यहाँको पानीको समस्या पर्न सकेन र समाधानको उपाय देखिएको छैन । रोजगारीका लागि यहाँका पुरुष सदरमुकाम वीरेन्द्रनगर तथा भारततिर जानुपर्ने बाध्यता छ । घरबारीमा फलाउन सकिने लसुन, प्याज जस्ता तरकारी पनि किनेर खानुपर्ने अवस्था छ ।
हरेक वर्ष यार्चागुम्बाले लिन्छ ज्यान
कर्णाली प्रदेशका बासिन्दाको जीवनस्तर उकास्ने स्रोतका रूपमा यार्चागुम्बालाई लिइने गरेको छ । यसलाई कतिपयले कर्णाली प्रदेशको ‘हिरा’ पनि भन्ने गरेका छन् तर यही हिरा खोज्ने क्रममा हरेक वर्ष ज्यान गुमाउने तथ्याङ्क पनि बढ्दै गइरहेको छ । यार्चागुम्बा टिप्ने क्रममा ज्यान गुमाउनुपर्ने अवस्था आउँदा यहाँका गाउँबस्तीलाई ज्यादै पीडादायी हुने गरेको छ ।
सूर्यास्त
सुर्खेतको वीरेन्द्रनगर-३ पाथीभराबाट मङ्गलबार देखिएको अस्ताउँदै गरेको सूर्यको मनोरम दृश्य ।
नरहरिनाथमा १७ विद्यालय समायोजन
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाले लामो प्रयासपछि गाउँपालिका भित्रका १७ विद्यालय समायोजन गरेको छ । २०७४ सालको स्थानीय सरकारले सुरु गरेको विद्यालय समायोजन २०८१ मा आएर कार्यान्वयन भएको छ ।
भेरी नदी किनारमा एक व्यक्ति मृत अवस्थामा फेला
भेरी नदी किनारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका ११ स्थित हुक्काडोला स्थित भेरी नदी किनारको पानीमा अन्दाजी ४० देखि ४९ वर्षीय एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।
हुम्लाका स्थानीय तहलाई एक अर्ब ७७ करोड
हुम्लाका सात वटा स्थानीय तहहरुले आर्थिक वर्ष ०८१/०८२ मा एक अर्ब ७७ करोड २१ सङ्घीय सरकारबाट अनुदान पाउने भएका छन् ।
गाउँमा गुहारी चलन कायमै
गाउँमा होस् या छिमेकमा, अलि ठुलो श्रमको काम गर्दा अरूले सहयोग गर्ने चलन छ । यो चलन कर्णालीका प्रायः सबै जिल्लामा छ । यस्तो सामूहिक काममा प्रायः पुरुष जान्छन् । कसैको घरको ढलान गर्न होस् या वनजङ्गलबाट काठ, छाना छोप्ने पत्कर ल्याउन पुरुष नै जाने चलन थियो तर पछिल्लो समय कालीकोटमा पुरुषभन्दा पनि महिला अग्रसर हुन थालेका छन् ।
पोषणयुक्त चामल बिक्री सुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुले जिल्लामा पौष्टिक तत्व भएको चामल (फोर्टिफाइड राइस) बिक्री गरेको छ । कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा २० हजार १४५ क्विन्टल पोषणयुक्त चामल बिक्री गर्न थालेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले पौष्टिक चामल वैशाख महिनादेखि बिक्री गर्न थालेको हो । कम्पनीको मुगुका कार्यालय प्रमुख राजबहादुर राईले आठ वटा पौष्टिक तत्व मिलाएर राजापुर मिलबाट चामल उत्पादन भइरहेको बताउनुभयो । कर्णाली प्रदेशको कार्यालयबाट मुगुका लागि पौष्टिक चामल एक हजार १४५ क्विन्टल, विस्तृत कोटामध्येमा मुगुमा हालसम्म पौष्टिक मोटा १७०
जुम्लामा रोपाइँसँगै चोपाइको रौनक
सिंजा उपत्यका अर्थात् खस सभ्यताको आदिभूमि । नेपाली भाषा, साहित्य र परम्पराको आदिभूमि । चारै तिरको अक्करै भिरको बाटो पार गरेर जुम्ला पुग्नेलाई जुम्ला आफैँमा सुन्दर उपहार हो ।
कर्णालीका ३८ प्रतिशत नागरिकमा कान कम सुन्ने समस्या
सुर्खेत र सल्यानका ३८.९ प्रतिशत नागरिक कान कम सुन्ने समस्याले पीडित छन् । सुर्खेत र सल्यानका पाँच वर्षभन्दा माथिको उमेर समूहका ३८.९ प्रतिशत मानिसहरुमा कान कम सुन्ने समस्या देखिएको हो ।
भूकम्प पीडितमा ‘डिप्रेसन’
भूकम्पपछि जाजरकोटका व्यक्तिमा ‘डिप्रेसन’ बढ्न थालेको छ । जिल्लाका सात वटै स्थानीय तहमा नाना, खाना र आवास नपाएपछि अधिकांश व्यक्तिमा यस्तो समस्या देखिएको हो । भेरी नगरपालिकाको सहयोगमा सिएमसी नेपालले गरेको अन्तर्क्रिया कार्यक्रममा विगतका १० वर्षे द्वन्द्वबाट प्रभावित डिप्रेसनका बिरामी घटाउने प्रयास भए पनि गत कात्तिक १७ गतेको भूकम्पले यहाँका बासिन्दामा निराशा छाएर थरी थरीका शङ्का उत्पन्न हुँदै गएका कारण डिप्रेसन देखिन थालेको छ । कृषि पेसा र श्रम रोजगारीबाट नाना र खाना जोहो गरेका जनतालाई भूकम्पले थला पारेपछि सर्वसाधारणमा डिप्रेसन बढ्दै गएको छ ।
मानव संसाधन विकास केन्द्रमै जनशक्ति अभाव
मानव संसाधन विकास केन्द्र सुर्खेतमा जनशक्ति अभाव भएको छ । ३२ जनाको स्वीकृत दरबन्दी रहेको कार्यालयमा १५ जना मात्र स्थायी दरबन्दीमा कार्यरत छन् । आधाभन्दा धेरै कर्मचारी दरबन्दी अनुसार छैनन् । कार्यालयमा १७ जनाको दरबन्दी रिक्त छ । अन्य करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन भइरहेको छ । सङ्घीयताको कार्यान्वयनसँगै २०७६ मा प्रत्येक प्रदेशमा मानव संसाधन विकास केन्द्र स्थापना गरिएको हो । सुरुका वर्षदेखि नै कार्यालयमा दरबन्दी अभाव हुने गरेको थियो ।
एउटै वडाबाट छत्तिस लाखभन्दा बढीको लसुन बिक्री
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० बाट ३६ लाख रुपियाँभन्दा बढीको लसुन बिक्री भएको छ । वडाको झ्याङ, झान्डारी, खर्सुपानी, चौर, गलम्पाटी, नमुना बस्तीलगायतका टोलबाट ३६ लाख १२ हजार पाँच सय रुपियाँ बराबरको लसुन बिक्री भएको हो । वडाध्यक्ष धनबहादुर खड्काका अनुसार यस सिजनमा वडामा उत्पादन भएको ४८९ क्विन्टल लसुनमध्ये २८९ क्विन्टल लसुन बिक्री भएको हो । प्रतिकिलो १२५ रुपियाँका दरले लसुन बिक्री भएको उहाँले जानकारी दिनुभयो । उहाँले एक सय क्विन्टल लसुन काठमाडौँ, ८९ क्विन्टल लसुन पोखराका व्यवसायीले खरिद गरेर लिएको बताउनुभयो । एक सय क्विन्टल लसुन भने रोल्पा र दाङका तीन जना व्यापारीले खरिद गरेर राखेका छन् । दुई सय क्विन्टल लसुन भने किसानले नै राखेका छन् । उनीहरूले अर्को सिजनमा बिउका लागि उक्त लसुन घरमै राखेका हुन् ।
रुकुममा विद्युत अवरुद्ध
रुकुमपश्चिममा हिजोदेखि बेलुकादेखि विद्युत सेवा अवरुद्ध भएको छ । शनिबार बेलुका आएको हावाहुरीको कारण सल्यानको श्रीनगरदेखि रुकुमपश्चिमको मुसिकोटसम्मको विभिन्न स्थानमा विद्युत पोल र तारमा क्षति भएपछि आइतबार बेलुकासम्म पनि विद्युत लाइन आउन सकेको छैन ।