मुक्त हलियाका समस्या समाधान गर्न माग
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा मुक्त हलियालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ । शनिबार वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश सरकारको आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा मुक्त हलियाका समस्या सम्बोधनका लागि प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा मुक्त हलियाका समस्या समाधान गर्न लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि जीविकोपार्जन र आयआर्जन कार्यक्रम सञ्चालन कार्यविधि २०८० जारी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले जारी गरेको कार्यविधिले मुक्त हलियाका समस्या समाधान गर्ने विश्वास लिएका छौँ । मन्त्रालयबाट प्रवाह गरिने कार्यक्रममा समेत यो वर्गलाई उचित सम्बोधन गर्छौं ।”
बालविवाह घट्दो क्रममा
सामाजिक, शैक्षिक, आर्थिक र स्वास्थ्यका दृष्टिले हानिकारक संस्कार मानिएको बालविवाह राष्ट्रिय रूपमै घट्दो क्रममा रहेको पाइएको छ । जनगणना २०६८ को तुलनामा २०७८ मा बालविवाह राष्ट्रिय रूपमै घटेको पाइएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुर्खेतमा आयोजना गरेको बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीतिको मसौदामाथि पृष्ठपोषण लिँदै राष्ट्रिय रूपमै बालविवाह घट्दो क्रममा रहेको जानकारी दिएको छ । मन्त्रालयका उपसचिव दीपक ढकालले कार्यपत्र प्रस्तुत गर्दै जनगणना २०६८ को तुलनामा जनगणना २०७८ मा करिब १४ प्रतिशतले बालविवाह घटेको बताउनुभयो । २०७८ मा १८ वर्षदेखि २० वर्षभित्र बालविवाह गर्ने ३४.४ प्रतिशत रहेको छ । यस्तै १५ देखि १७ वर्षभित्र हुने बालविवाह २२ प्रतिशत, १० देखि १४ वर्षभित्र हुने बालविवाह सात प्रतिशत रहेको छ ।
कर्णाली प्रदेशको नीति र कार्यक्रम बहुमतले पारित
शनिबार बसेको प्रदेश सभाको बैठकले जेठ २३ गते बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
सुर्खेतमा श्रमाधान मेला: रोजगारी पाउने आसमा युवा
शनिबार दिउँसो दैलेखको नौमुले गाउँपालिकाका सविन थापा वीरेन्द्रनगरमा सञ्चालन भइरहेको श्रमाधान रोजगार मेलामा भेटिनुभयो । हुन त उहाँ वैदेशिक रोजगारीको सिलसिलामा विगत एक दशकदेखि मलेसिया जाने–आउने गर्नुभएको छ ।
रास्कोट नगरको मनपरी : गाडी भाडा र इन्धनमा ६१ लाख खर्च
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले कर्मचारी नियुक्ति सरुवा, बढुवामा मात्र होइन आर्थिक कारोबारमा समेत मनपरी गरेको प्रमाण फेला परेको छ।
जुम्ल्याहा छोरासहित आमा बेपत्ता
रुकुमपश्चिमबाट सात वर्षका जुम्ल्याहा छोरासहित एक महिला बेपत्ता हुनुभएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका–८ निवासी २४ वर्षीया अंकीता केसी नाथ जुम्ल्याहा छोरा कुशल र किस्मत नाथसहित बेपत्ता हुनुभएको हो।
राष्ट्रिय सडक सञ्जालसँग अझै जोडिएन सिमकोट
जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग अहिलेसम्म पनि जोडिन सकेको छैन । कर्णाली कोरिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकास्थित दोजाम कर्णाली नदीमाथि पुल नहुँदा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको हो ।
प्राकृतिक विपत्तिको मारमा राउटे
चिसो महिनामा औल (बेसी) बस्ने र गर्मी महिनामा लेकमा बस्ने राउटेका विशेषता हुन् । तर राउटेलाई अहिले लेक र बेसीमा बस्न कुनै भिन्नता छैन । जहाँ बसे पनि गर्मी हुने, पानी नपाइने समस्याले राउटे समुदाय खोलाका किनारमा बस्दै आएका छन् ।समस्याले राउटे समुदाय खोलाका किनारमा बस्दै आएका छन् ।
मूल सुकेपछि खानेपानीको हाहाकार
जुम्ला गुठीचौर गाउँपालिका घर भएकी एलिसा भण्डारी सदरमुकाममा पढ्नका लागि डेरामा बस्दा धारामा पानी नआउने समस्याले खोलाको पानी बोकेर खान बाध्य हुनुभएको छ । पढाइको झोलासँगै पानीका लागि डेरानजिक पर्ने खोला, मूल धाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
अधिकांश नागरिक न्यायको पहुँचबाहिर
कर्णाली प्रदेशका अधिकांश नागरिक सहज न्यायको पहुँचबाहिर रहेको पाइएको छ । शुक्रबार सुर्खेतमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आयोजना गरेको एक कार्यक्रममा कर्णालीका नागरिकमा सहज रूपमा न्यायको पहुँच पुग्न नसकेको तथ्याङ्क सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम एटुजेड परियोजना संयोजक इमान सुनारले कर्णालीका २४ प्रतिशत नागरिक मात्र न्यायको पहुँचमा रहेको जानकारी दिनुभयो । यसै गरी २१ प्रतिशत नागरिकले निःशुल्क कानुनी सहायताबारे जानकारी पाएको र ७९ प्रतिशत नागरिकले सोबारे जानकारी नपाएको अध्ययनमा देखिएको उहाँले बताउनुभयो । यी तथ्याङ्कले कर्णालीवासीलाई न्यायको सहज पहुँचमा ल्याउन र निःशुल्क कानुनी सहायताबारे प्रचारप्रसारको आवश्यकता देखिएको उहाँको भनाइ छ ।
भेरी नदी र राकम गाउँ
सुर्खेतको सिम्ता गाउँपालिका(६ राकमस्थित भेरी नदी माथि रहेको पुल र पृष्ठभूमिमा देखिएको राकम गाउँ ।
‘रोजगारदाता र श्रमिकबिच जोड्ने पुलको प्रयास’
सुर्खेतमा श्रमाधान रोजगार मेला सुरु भएको छ । शनिबारसम्म आयोजना हुने यो मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजना गरिएको हो । देशभरका सात वटै प्रदेशमा आयोजना गरिएको रोजगार मेला सुर्खेतमा दुई दिन सञ्चालन हुँदै छ । मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोरप्रसाद आर्यालले रोजगारदाता र श्रमिकबिच जोड्ने पुलको प्रयास गरिएको बताउनुभयो । कायक्रमस्थलबाटै जागिर पाउने व्यवस्था मिलाउन आगामी दिनमा पालिकास्तरमै कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । चार प्रदेशमा भएको कार्यक्रम उपलब्धिमूलक भएको जानकारी दिनुभयो ।
पश्चिम क्षेत्रको राडार दुई वर्षदेखि कामविहीन
वि.सं.२०७६ मङ्सिर १७ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ को रातानाङ्लामा स्थापना भएको मौसमी राडार दुई वर्षदेखि बन्द छ ।
१० दिनदेखि आमाछोरा बेपत्ता
रुकुम पश्चिमको मुसीकोटबाट ६ वर्षीय छोरासहित एक महिला बेपत्ता भएका छन् । मुसीकोट नगरपालिका –१ मठ निवासी २२ वर्षीया मञ्जु सार्की खड्का आफ्नो ६ वर्षको छोरा प्रतिक खड्कासँगै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
राजमार्गले बदलिएको बेस्तडा : बजार बन्दै गाउँ, फेरिँदै जनजीवन
मुलुकमा विधिवत् रूपमा गणतन्त्र घोषणा भएको डेढ दशक पूरा हुन लागेको छ । लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण हुनु अत्यन्त जटिल र जोखिमपूर्ण प्रक्रिया भए पनि नेपाल यसमा सफल भएको छ । यसबिचमा मुलुकले राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकाको सवालमा समेत गुणात्मक फड्को मारिसकेको छ ।
कर्णाली प्रदेशका आधाभन्दा धेरै परिवार अति विपन्न
कर्णाली प्रदेशका आधाभन्दा बढी परिवार अति विपन्न रहेको पाइएको छ । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कले प्रदेशमा बसोबास गर्ने आधाभन्दा बढी परिवार सङ्ख्या अति विपन्न रहेको देखाएको छ । कर्णालीमा बसोबास गर्नेमध्ये ८० प्रतिशत परिवार न्यून वर्गका रहेका छन् ।
प्रदेश सरकारको सेवा प्रवाहमा प्रश्न
कर्णाली प्रदेश सरकार मातहतका कार्यालयबाट प्रवाह हुने सेवाबारे सरोकारवालाले प्रश्न उठाएका छन् । प्रदेश सरकारले सार्वजनिक सेवा प्रवाहसम्बन्धी न्यूनतम मापदण्ड बनाई कार्यान्वयनमा लिनुपर्ने भए पनि अहिलेसम्म त्यसो हुन सकेको छैन । महालेखा परीक्षकको कार्यालयको छैटौँ प्रतिवेदनसम्म निरन्तर सेवा प्रवाह मापदण्ड बनाउन निर्देशन दिइए पनि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले महालेखा परीक्षकको कार्यालयको निर्देशनको बेवास्ता गर्दै आएको छ ।
दोस्रो किस्ता निकासा
रुकुमपश्चिममा भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण गर्न दोस्रो किस्ताको रकम निकासा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले दोस्रो किस्ताको रकम निकासा पठाएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोद शर्माका अनुसार आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका आठ हजार ६५८ जना लाभग्राहीका लागि दोस्रो किस्ताको रकम पठाइएको छ ।
सुर्खेतमा श्रमाधान रोजगारदाता मेला,रोजगारको अवसर पाउने विश्वास
आज शुक्रबारदेखि सुर्खेतमा कर्णाली प्रदेशस्तरीय श्रमाधान रोजगार मेला सुरु हुँदै छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजनामा दुईदिने श्रमाधान मेला सुरु हुन लागेको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा श्रमाधान रोजगार मेलाले कर्णालीमा रोजगारदाता र रोजगारको खोजीमा रहेका जनशक्तिबिच समन्वय गराई रोजगारीको अवसर सिर्जना गराउने जानकारी गराइएको छ । श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्डका उपसचिव टीकाराम ढकालले कर्णालीको सुर्खेतमा दुई दिन आयोजना हुने रोजगार मेलामा ४० वटा स्टल रहने जानकारी दिनुभयो ।
भिरालो डाँडामा दुली गाउँ
रुकुम पश्चिम बाँफीकोट गाउँपालिका ५ स्थित भिरालो डाँडामा रहेको सुन्दर दुली गाउँ ।
मर्मत भएन मौसमी राडार
मौसम पूर्वानुमानका लागि राखिएको सुर्खेतको मौसमी राडार बिग्रेको दुई वर्ष हुँदा पनि हालसम्म मर्मतसम्भार हुन सकेको छैन । मर्मतसम्भारका लागि बजेट अभाव भएको भन्दै सम्बन्धित निकायले हालसम्म पनि मर्मतसम्भार गर्न सकेको छैन । वर्षायाममा हुन सक्ने विपत्बाट बचाउन तत्कालको मौसम पूर्वानुमान गर्न सो मौसमी राडरको स्थापना गरिएको थियो ।
हिमाली क्षेत्रमा भेडा पालन घट्दै
हिमाली जिल्ला हुम्लामा भेडा पालन व्यवसाय घट्दो क्रममा रहेको पाइएको छ। चरन समस्या र भेडा पालनलाई व्यावसायिक रूपमा लिन छोडिएपछि बर्सेनि भेडाको सङ्ख्या घट्दो क्रममा रहेको पाइएको हो।
कर्णाली हुड्के नाच व्यावसायिक बन्दै
कर्णाली प्रदेशको प्रख्यात हुड्के नाच पछिल्लो समय व्यावसायिक रूपमा नाचिन थालेको छ । शुभ विवाह, व्रतबन्ध, जन्मोत्सव, जीवनका सफलता अर्थात् सरकारी सेवामा प्रवेश, राजनीति सफलताका साथै सामाजिक कार्यमा खुसीयाली मनाउन नाच्ने नचाउने हुड्के नाच अहिले व्यवसायीकरण हुन थालेको हो ।
आगलागीले मासिँदै वन
आगलागीबाट बर्सेनि हजारौँ हेक्टरमा वन जङ्गल मासिँदै गएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट ठुलो क्षेत्रमा वन क्षति हुँदै आएको हो।