• २३ पुस २०८१, मङ्गलबार

पहिरो पन्छाएपछि खुल्यो राजमार्ग

blog

तस्बिर : गोरखापत्र

कालीकोट समाचारदाता

कालीकोट, भदौ २९ गते । पहिरोले बुधबार रातिदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग शुक्रबारबाट खुलेको छ । लगातारको पानीले कालीकोटको गगनेखोला र एसमोडमा पहिरो जाँदा बुधबारदेखि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक बन्द हुँदा यात्रु बिच बाटोमै अलपत्र परेका थिए । 

सडक खुलेसँगै अलपत्र परेका यात्रु र यातायातका साधन गन्तव्यतर्फ लागेका छन् । कालीकोटको हुल्म बजारमा दुई दिन रोकिएका यातायातका साधन सुर्खेततर्फ हिँडेका छन् । सुर्खेत जाँदै गरेका तिलागुफा–४, राँचुलीका कमलबहादुर शाहीले पहिरो पञ्छाएपछि सुर्खेततर्फका सवारीसाधन चल्न सुरु भएको बताउनुभयो । सधैँ पहिरो झरिरहने क्षेत्रमा भरपर्दो वैकल्पिक व्यवस्था नहुँदा बर्सातको समयमा गगनेखोला र एसमोडले प्रायः सास्ती दिइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा लामो दुरीका यातायातका साधन र यात्रुले निकै दुःख पाउने गरेका छन् ।