लाप्चाबाट मानसरोवर कैलाशको दर्शन
नेपाली भूमि नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न सुरु भएको छ । लिमी जाने न्यालु लेकमा जमेको हिउँ पन्छाएर सडक सुचारु भएसँगै लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने कार्य सुरु भएको हो । तीन दिनअघि लाप्चा पुगेर भारतीय तीर्थयात्रीलाई मानसरोवर कैलाशको दर्शन गराएर फर्किनुभएका पर्यटन व्यवसायी रिञ्जिन लामाले न्यालुको हिउँ पन्छाएर सडक सुचारु भएसँगै यस वर्षको मानसरोवर कैलाशको दर्शन सुरु भएको बताउनुभयो ।
एमाले हुम्लाको पालिका अधिवेशन सम्पन्न
नेकपा (एमाले) हुम्लाको सातवटै गाउँपालिका कमिटीले अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका अधिवेशनबाट गाउँपालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो ।
‘गर्मीसे बेहाल चलो राराताल’ अभियान सुरु
कर्णाली प्रदेश सरकारले मुगुको राराताल लगायत पश्चिम नेपालका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरेर भारतीय पर्यटकलाई आमन्त्रण गर्नका लागि ‘गर्मीसे बेहाल चलो राराताल’ अभियान सञ्चालन गरेको छ ।
नदीमा बेपत्ता दुवै जनाको शव निकालियो
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ । असार १ गते शनिबार नुहाउने क्रममा भूपेन्द्र केसी र विनोद केसी नदीमा बेपत्ता भएका थिए ।
हिल्सा नाकाबाट सामान आयातमा कडाइ
हिल्सा नाकाबाट चीनको पुराङ काउण्टीको ताक्लाकोटबाट सामान आयातमा चीनले कडाइ गरेको छ ।
जुम्लाको तिला गाउँपालिका ६ बालमैत्री वडा घोषणा
जुम्ला जिल्लाको तिला गाउँपालिका ६ बालमैत्री वडा घोषणा गरिएको छ ।
मुगुको थार्प गाउँ
मुगुको छायानाथ रारा नगरपालिका वडा न १३ मा अवस्थित थार्प गाउँ । उक्त गाउँ १२ भाइ मष्टमध्ये प्रमुख, प्रसिद्ध र तपस्वी मानिने थार्प मष्टोको यहाँ मूल थान रहेकाले नेपाललगायत भारतमा पनि यो गाउँ प्रख्यात छ ।
पानीको जोहो गर्दै गमगढीवासी
खडेरी र गर्मीले पानीका मुहानहरु सुक्न थालेपछि मुगु सदरमुकाम गमगढी बजारमा पानी भर्नेको घुइँचो । मुल सुक्दै गएपछी गमगढी बजारमा खानेपानीको चरम अभाव हुँदै गएको छ भने गमगढी खानेपानी उपभोक्ता समितिले एक दिन विराएर बढीमा एक घण्टा मात्र खानेपानी दिँदै आएको छ ।
भेरी नदीमा डुबेर दुई जना बेपत्ता
सुर्खेतमा पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्। शनिबार दिउँसो वीरेन्द्रनगर–२ चोक्टेस्थित भेरी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका हुन्।
कर्णाली प्रदेश: आगामी आवका लागि ३१ अर्ब ४१ करोड बजेट विनियोजन
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ ।
कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता
कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षका लागि भौतिक तथा सहरी विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।
आगलागी हुँदा एक घर जलेर नष्ट
मुगुको एक होटेलमा आगलागी हुँदा घरका सरसामानसहित ३ तलाको घर जलेर नष्ट भएको छ ।शुक्रबार राती करिब १० बजेको समयमा तीन तलाको कच्ची घरमा एक्कासि आगलागी हुँदा छायाँनाथ रारा नगरपालिका वडा नं ३ लामाचौरमा होटेल व्यवसाय गर्दै आउनु भएका लाल चन्द भण्डारीको पुरै घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
असार ४ बाट जिल्ला स्तरीय हक्की प्रतियोगिता हुने
हुम्लामा जिल्ला स्तरीय हक्की प्रतियोगिता हुने भएको छ । आगामी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हक्कीका खेल हुम्लामा सञ्चालन हुने भएका कारण यो प्रतियोगितालाई मध्यनजर राख्दै जिल्ला स्तरीय प्रतियोगिता आयोजना हुन् लागेको हो ।
दुर्गम कालिका मावि बड्कीमा विज्ञान प्रयोगशाला
जुम्ला–सिञ्जा क्षेत्रको हिमा गाउँपालिका–१ बड्की गाउँस्थित कालिका माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । गाउँपालिकाको समन्वय तथा साझेदार संस्थाहरूको सहयोगमा प्रयोगशाला स्थापना गरिएको प्रधानाध्यापक खम्बा शाहीले जानकारी दिनुभयो ।
खानेपानी माग्दै गाउँपालिका घेराउ
खानेपानीको सङ्कट बढ्दै गएपछि पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चाका बासिन्दाले खानेपानी माग गर्दै गाउँपालिकामा धर्ना दिएका छन् । उनीहरूले पालिका केन्द्र गुटुस्थित चौकुने गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् । रेक्चाका सबै जसो घरधुरीबाट पिठिउँमा गाग्रीसहितको डोको र हातमा पर्चा, पम्प्लेट लिएर पालिका घेराउ गरिएको हो । पालिका केन्द्रदेखि रेक्चा गाउँ करिब चार किमी टाढा छ । अग्लो डाँडामा रहेको उक्त ठाउँमा बर्सौंदेखि खानेपानी अभाव छ । पानी अभावले त्यहाँका कैयौँ परिवार बस्ती छाडेर पालिका केन्द्र तथा तराई झरेका छन् ।
बेमौसमी सिमी उत्पादनले तरकारी समस्या हट्यो
सोरु गाउँपालिका-८ कच्चे गाउँका मदुकला कार्कीलाई आजभोलि घर परिवारका लागि खानासँगै तिउन तरकारी के बनाउने भन्ने झर्को लाग्न छोडेको छ ।
ठुलोभेरी र सानीभेरी नदीको सङ्गमस्थल रिम्ना दोभान
जाजरकोट र रुकुमपश्चिमको सिमानामा पर्ने ठुलोभेरी र सानीभेरी नदीको सङ्गमस्थल रिम्ना दोभान ।
सीमापासमा किर्ते हस्ताक्षर गर्ने कर्मचारी पक्राउ
जिल्ला प्रशासन कार्यालय हुम्लामा कार्यरत एक जना कर्मचारी पक्राउ परेका छन् ।
३७ वर्ष बित्दा पनि बनेन गीताचौर-रावतकोट सिँचाइ आयोजना
तत्कालीन गाउँ विकास समिति (रावतकोट, वडालम्जी, भैरीकालीकाथुम, बाँसी, रानीवनका) किसानहरुलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यले ३७ वर्षअघि सुरु गरिएको गिताचौर-रावतकोट सिँचाइ आयोजना निर्माण सम्पन्न हुन सकेको छैन ।
गाउँपालिकाद्वारा पुल महाशाखालाई ज्ञापन पत्र
कालीकोटको महावै गाउँपालिका जोड्ने तिला नदीको पान्तडीमा चार वर्षसम्म पुल निर्माण कार्यको अझै सुरुवात नभएपछि गाउँपालिका कानुनी प्रक्रियामा गएको छ ।
केरुङबाट पाँच हजार क्विन्टल चामल ढुवानी सुरु
काठमाडौँबाट रसुवागढी हुँदै केरुङ नाकाबाट तिब्बती मार्ग भएर हिल्सादेखि सिमकोटसम्म आउनु पर्ने खाद्यान्न ढुवानी कार्य सुरु भएको छ । दुई दिन अगाडी काठमाडौँबाट ढुवानी सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमीडेटको ढुवानी अनुदानको उक्त खाद्यान्न बिहीबार केरुङबाट हिल्सा नाकाका लागि ढुवानी सुरु भएको हो ।
दस वर्षमा पाँच प्रतिशत काम
रुकुमपश्चिममा एउटा पुल निर्माणको ठेक्का सम्झौता भएको करिब १० वर्ष भयो । काम हालसम्म मुस्किलले पाँच प्रतिशत मात्र भएको छ । त्यसैले सो तोडिएको छ । सडक डिभिजन कार्यालय चौरजहारीले जिल्लाको सानीभेरी गाउँपालिका–२ र ४ जोड्ने मेघा पुल निर्माणको ठेक्का पाएको सपना सैलुङ जेभी ललितपुरसँगको सम्झौता रद्द गरेको हो ।
चित्रका माध्यमबाट सुनौलो सपनाको यात्रा
पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ जहरेका पुष्पा खत्रीको विद्यालयको पढाइ पूरा नहुँदै बिहे भयो । अनि पढाइ छुट्यो । एसएलसी परीक्षा दिएपछि छुटेको पढाइ फेरि निरन्तर हुन्छ भन्ने सोच पनि बनाउनुभएको थिएन । पढाइ छाडेको झन्डै आठ वर्षपछि उहाँले फेरि पढ्न थाल्नुभयो र कक्षा ११ र १२ पास पनि गर्नुभयो । पढाइसँगै उहाँले दैनिक सानो काम गरेर पनि थोरै रकम बचत गर्ने बानीको विकास गर्नुभयो । अर्का स्थानीय लक्ष्मी बिसीसँग दुई वर्ष पहिले एउटा मात्र बाख्राको पाठो थियो । अहिले बढेर पाँच वटा बाख्रा भएका छन् । पहिले किनेर खानुपर्ने तरकारी बाख्राको मल प्रयोग गरी आफ्नै करेसाबारीमा उत्पादन गर्दै खानलाई पुगेको छ । तरकारीमा खर्च गर्ने रकम उहाँले बचत गर्न थाल्नुभएको छ ।
लागुऔषध कारोबारमा बढी जसो युवा
पछिल्लो समय कर्णाली प्रदेशमा लागुऔषध कारोबार बढ्दो क्रममा छ । प्रत्येक वर्ष कारोबार बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ । सबैभन्दा बढी प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषधको कारोबार र लागुऔषध प्रयोगकर्ता भेटिएका छन् । वीरेन्द्रनगरमा लागुऔषधको ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ । कारोबारमा १५ देखि ३५ वर्ष उमेर समूहका युवकयुवतीको संलग्न रहेको प्रहरीले जनाएको छ । पारिवारिक तनाव, बेरोजगारी, असफल प्रेम, साथीको लहैलहैमा लागेर, आर्थिक अवस्था कमजोर, छिटो पैसा कमाउनेलगायतका कारणले गर्दा लागुऔषधको कारोबार र प्रयोगकर्ता बढेको प्रहरीको अनुसन्धानले देखाएको छ । कतिपय लागुऔषधको कारोबार मात्रै गर्ने भेटिएका छन् भने केही भारत गएर लागुऔषध सेवन गर्ने र आफूलाई खानका लागि बोकेर ल्याउने गरेका छन् ।