‘रोजगार बैङ्क र अक्षय कोष’ स्थापनाका लागि महोत्सव
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१ बराहटाकुरामा ‘रोजगार बैङ्क र अक्षय कोष स्थापना’ गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको छ ।
अन्तर प्रदेश प्रतियोगिताको तयारीमा कर्णाली
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आगामी फागुन २४ देखि ३० गतेसम्म बागमती खेलकुद परिषद्को आयोजनामा हुन लागेको अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटलाई तीव्रता दिएको छ ।
निर्देशनालय खारेजीले आयोजना कार्यान्वयनमा अन्योल
कर्णाली प्रदेश सरकारले शिक्षा विकास निर्देशनालय खारेज गरेपछि निर्देशनालयअन्तर्गतका योजना कार्यान्वयनमा अन्योल सिर्जना भएको छ ।
सुनसान बन्दै लिमीको जाङ गाउँ
हिमालपारिको गाउँको रूपमा चिनिँदै आएको नाम्खा गाउँपालिका–६ को जाङ गाउँ बस्ती रित्तिने क्रम बर्सेनि बढ्दै गएको पाइएको छ ।
चर्किएका घर भत्काउँदै प्रहरी
भूकम्पपीडितका चर्किएका घरको व्यवस्थापन कार्यमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । भूकम्पको तीन महिना बितिसक्दासमेत भूकम्पले चर्किएका घरको व्यवस्थापन नहुँदा जोखिम थप बढेपछि जिल्ला विपत् व्यवस्थापन समितिको अनुरोधमा सशस्त्र प्रहरी बल आश्रित गुल्म जाजरकोटले चर्किएर बस्न नमिल्ने घरका काठ र ढुङ्गा पन्छाउन थालेको हो ।
आन्तरिक हवाई उडानको तयारी गर्दै कर्णाली प्रदेश सरकार
कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ । प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई अगाडि बढाएको हो ।
पालिकामै पानी परीक्षणको सुझाव
कर्णालीका सबै पालिकामा पानी परीक्षण प्रयोगशाला स्थापना गर्न प्रदेशस्तरीय खानेपानी गुणस्तर निगरानी समितिले सुझाव दिएको छ । समितिको सोमबार स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा बसेको बैठकले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चितको मापनका लागि दक्ष प्राविधिक जनशक्तिसहित प्रदेशका सबै पालिकामा पानी परीक्षण प्रयोगशाला स्थापना गर्नुपर्ने सुझाव दिएको हो ।
दुग्ध उत्पादकले लिए अनुदानको लाभ
कर्णाली प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई दिँदै आएको अनुदानबाट सुर्खेत जिल्लाका ९२६ किसान लाभान्वित भएका छन् । प्रदेश सरकारको अनुदान र अन्य सहयोगबाट किसानले व्यावसायिक रूपमा पशुपन्छीपालन गर्दै आएका छन् । गएको वर्ष सबैभन्दा बढी गुर्भाकोट नगरपालिकाका कृषक लाभान्वित भएको पशुपन्छी विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।
पुनर्निर्माणमा समय लाग्ने देखिन्छ
जाजरकोट भूकम्पमा रुकुमपश्चिमको सानीभेरी गाउँपालिकामा १२ जनाको मृत्यु र ८९ जना घाइते भए । सो पालिकाको छ हजारभन्दा बढी घरमा क्षति पुगेको छ । गाउँपालिकाका ११ वटा सामुदायिक भवन, ३१ वटा खानेपानी आयोजना, १७ वटा सिँचाइ आयोजनामा भूकम्पले क्षति पुगेको छ । लघुजलविद्युत् आयोजनाका पाँच वटा घर, दुई
सहकारीले बचतकर्ताको विश्वास जित्नुपर्छः मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सहकारीले सुशासन कायम गरी बचतकर्ताको विश्वास जित्नुपर्ने बताउनुभएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा सोमबार आयोजित ‘सहकारी संस्था समस्या समाधान र सुशासन प्रवर्द्धन’ विषयक प्रदेशस्तरीय कार्यशालामा उहाँले सहकारीमार्फत जनपरिचालन गरेर विकासमा योगदान दिन सकिन्छ भन्नुभयो ।
पाँच सय घरधुरीका महिलालाई सेनिटरी प्याड वितरण
पातारासी गाउँपालिका-४ का घरधुरीमा महिलाहरूलाई महिनावारीको समयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री सहित सेनिटरी प्याड वितरण गरिएको छ ।
सामुदायिक वनमा आगो लाग्दा बिरुवामा क्षति
रुकुमपश्चिमको एक सामुदायिक वनमा लागेको डढेलोका कारण करिब चारसय बोट बिरुवामा क्षति पुगेको बताइएको छ ।
आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु
मुगुको खत्याड गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।
‘गरिबी र बेरोजगारमुक्त कर्णाली’
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीलाई गरिबी र बेरोजगारमुक्त गर्नुपर्ने बताउनुभएको छ । प्रदेश प्रमुख परियारले कर्णाली प्रदेश सभा सचिवालयद्वारा आइतबार आयोजित प्रदेश सभाको छैटौँ स्थापना दिवसमा गरिबी र बेरोजगारबाट कर्णालीलाई मुक्त गरी सामाजिक न्यायमा आधारित समतामूलक समाजको जग बसाल्न सरकारलाई आग्रह गर्नुभयो ।
हवाई उडान थपिँदै
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हवाई उडान थप्न निजी विमान कम्पनी इच्छुक बनेका छन् । सुर्खेतमा बुद्ध एयर र श्री एयरलाइन्सले नियमित हवाई सेवा दिइरहेका थिए । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले थप सेवा विस्तार गर्न लागेको छ । नेपाल एयरलाइन्सले विशेष गरी साबिक कर्णालीमा फागुनदेखि सेवा सञ्चालन गर्न लागेको जनाइएको छ । साबिक कर्णालीमा लुम्बिनीको बाँकेबाट जानुपर्ने अहिलेको बाध्यता छ । सुर्खेतदेखि साबिक कर्णालीका जुम्ला, हुम्लाको सिमकोट, मुगुको रारा, डोल्पा र बाजुराको कोल्टीमा नियमित हवाई
प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकल कवाडी बन्दै
दक्षिणी हुम्लाको सर्केगार्ड गाउँपालिका-१ र ४ मा प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकलहरू कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन् ।
जुम्लामा हिमपात, जनजीवन प्रभावित
आज बिहानदेखि जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनाली निकै राहत पुगेको गुठीचौर गाउँपालिका स्थानीय दीपक बुढाले बताउनुभयो ।
सहर बनाउन जग्गा एकीकरण
चौरजहारीलाई नयाँ सहरका रूपमा विकास गर्न जग्गा एकीकरण अघि बढेको छ । व्यवस्थित सहर विकास निर्माणका लागि जग्गा एकीकरणको काम तीव्र पारिएको हो । स्थानीयको नाममा रहेको जग्गा सरकारको नाममा सार्ने काम धमाधम अघि बढाइएको छ । माघ ३ गते बसेको मन्त्रीपरिषद् बैठकले घारीगाउँ (चौरजहारी नयाँ सहर) जग्गा एकीकरण आयोजनाका लागि ५८५ रोपनी जग्गा प्राप्त गर्न स्कीकृति प्रदान गरेको छ ।
सडक मर्मतमा यात्रुका समस्या बेवास्ता
दैनिक रूपमा कर्णाली राजमार्ग बन्द हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । सडक मर्मत कार्य भइरहेकाले दैनिक तीनदेखि चार घण्टा सडक बन्द हुने गरेको छ । लामो दुरीका सवारीसाधन घण्टौँसम्म रोकिँदा यात्रुले निकै सास्ती पाइरहेका छन् । कर्णाली राजमार्गको एसमोडलगायत सडकखण्डमा निर्माण कम्पनीले बाटो नै बन्द गरी तीनदेखि चार घण्टासम्म यात्रु तथा मालवाहक गाडी बन्द गर्ने गरेको छ । लामो समय सडक बन्द हुँदा कालीकोट, हुम्ला, बाजुरा, जुम्ला र मुगुलगायतका जिल्लामा पुग्ने यात्रु घण्टौँसम्म जाममा पर्ने गरेका छन् ।
२५० भूकम्प पीडित परिवारलाई शौचालयसहितको आवास
भूकम्प प्रभावित क्षेत्रका २५० घरपरिवारको अस्थायी आवास र शौचालय निर्माण कार्य सम्पन्न भएको छ । कर्णाली भूकम्प प्रतिकार्य कार्यक्रम मार्फत नेपाल रेडक्रस सोसाइटीले सानीभेरी गाउँपालिका –४ का १ सय ५० र त्रिवेणी गाउँपालिकाका –९ र १० का एक सय गरी जम्मा २५० घरधुरीको अस्थायी आवास र शौचालय निर्माण गरिएको हो ।
कर्णाली प्रदेश सरकारको बेरुजु साढे चार अर्ब
कर्णाली प्रदेश सरकारको पछिल्लो पाँच वर्षमा रु चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ बेरुजु रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
चाखुरे हिमाल
रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–३ स्थित झुल्नेटाबाट शनिबार देखिएको जाजरकोट बारेकोट गाउँपालिकामा पर्ने चाखुरे हिमाल ।
अस्थायी आवास निर्माणको काम जारी
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा अस्थायी आवास निर्माणको काम जारी रहेको छ ।
शिक्षा निर्देशनालय खारेज
कर्णाली प्रदेश सरकारले शिक्षाको सम्पूर्ण काम गर्ने शिक्षा विकास निर्देशनालय र मानव संसाधन विकास केन्द्र ‘खारेज’ गरेको छ। माघ १० गते कर्णाली प्रदेशको राजपत्रमा प्रकाशित कर्णाली प्रदेश निजामती सेवा नियमावली २०८० को अनुसूची १ नियम २ को खण्ड (ख) सँग सम्बन्धितमा उल्लेखित २८ वटा कार्यालयको नाममा शिक्षा विकास निर्देशनालय र मानव संसाधन विकास केन्द्र नभएपछि खारेज भएको हो।