यार्सा सङ्कलनमा गएका दुई जनाको मृत्यु, एक सिकिस्त
यार्सागुम्बा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु भएको छ ।
राज्यबाट उपेक्षामा परेको रारा ताल
सरकारले जारी गरेको आर्थिक वर्ष २०८१–८२ को बजेटले रारा लाई उपेक्षा गरेको छ । मुगुको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले बजेटले राराको प्रवर्धनमा उपेक्षा गरेको गुनासो गर्नुभयो ।
काँक्रेविहार मन्दिर
काँक्रेविहार नेपालको एक प्राचीन सभ्यताको भग्नावशेष हो । सुर्खेत जिल्लाको लाटिकोइली गाविसमा अवस्थित यस स्थानमा बौद्ध धर्मसम्बन्धी पुरातात्त्विक भवन तथा विहारहरूको भग्नावशेष भेटिएको छ ।
सिमकोटमा सार्वजनिक बस सेवा सुचारु
हिल्सा सिमकोट सडकखण्डमा सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । च्याछरामा सडकको स्तरोन्नति कार्य पूरा भएपछि व्यावसायिक रूपमा बस सेवा सञ्चालनमा आएको हो ।
युट्युब हेरेर भैँसीपालन : गाउँ नै भैँसीपालनतर्फ आकर्षित
चार वर्षअघि सुर्खेत भेरीगङ्गा नगरपालिका–११, चिप्लेका ३३ वर्षीय टोपेन्द्र राना कुवेत पुग्नुभयो । कोरोना महामारी भएको बेला उहाँ करिब छ महिना क्वारेन्टाइनमा बस्नुभयो । त्यसैबेला के गर्ने भनी मनमा अनेक कुरा खेल्यो । क्वारेन्टाइनमा बसेको बेला मोबाइलमा युट्युब हेर्दाहेर्दै उहाँले पशुपालन कसरी गर्ने, खेती कसरी गर्ने भन्ने विषय हेर्ने मौका पनि पाउनुभयो । त्यति बेलाको युट्युबबाट लिएको ज्ञानले बङ्गुरपालन र भैँसीपालनको योजना बनेको बताउनुभयो । करिब चार वर्ष कुवेतमा बसेर आएपछि उहाँले त्यो योजनालाई व्यवहारमा उतार्न खोज्नुभयो ।
सडक बनाउने क्रममा ढुङ्गा लागेर महिलाको मृत्यु
रुकुमपश्चिममा निर्माणाधिन सडकको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका १० निवासी अन्दाजी ५२ वर्षीया नौली बिकको मृत्यु भएको हो ।
चौथो रारा ट्रेलरनको उपाधि दुई जनालाई
नेपाली सेनाको आयोजनमा नेपालीको सबैभन्दा ठुलो र गहिरो ताल रारामा सञ्चालन गरेको चौथो रारा ट्रेलरन प्रतियोगिताको उपाधि राज्यलक्ष्मी र अक्कलले जितेका छन् ।
गर्मी बढेपछि वीरेन्द्रनगरका विद्यालय बन्द
सुर्खेतको वीरेन्द्रनगरमा अत्यधिक गर्मी बढेसँगै विद्यालयहरूमा बिदा दिन थालिएको छ । अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगर नगरपालिकाले सूचना जारी गरेर एक साताका लागि विद्यालयमा बिदा दिएको जानकारी गराएको हो ।
पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौँ कामदार उत्खननमा व्यस्त
जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् ।
ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’
सुर्खेतको गुर्भाकोट नगरपालिका –१४, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’ । ड्रागन फ्रुट फर्मका हिराबहादुर मगरले व्यावसायिक रुपमा करिब एक विगाहामा ड्रागन खेती गर्दै आउनुभएको छ ।
लिमीका सात जना बालबालिकालाई आइपिभी खोप
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा सात जना बालबालिकाले पोलियो (आइपिभी) विरुद्धको खोप लगाएका छन् । जिल्लाभर १३ गतेबाट अभियान सुरु भए पनि लिमीमा ढिलो गरी खोप पुगेका कारण खोप लगाऊ ढिला भएको हो ।
जाजरकोटको दुर्गमा खाद्यान्न सङ्कट
जाजरकोटको दुर्गम जुनीचाँदे गाउँपालिकामा खाद्य सङ्कट परेको छ । जुनीचाँदेका जुर्क, निपाने, मैनपाखा, ढड्गाँउ, साकीयाँलगायतका गाउँमा खाद्यान्न नहुँदा स्थानियलाई निकै सास्ती भएको छ ।
च्याछरा झरना नजिक पुग्यो सडक
हिल्सा–सिमकोट सडक आयोजनाले ग्याबिन भरेर सडक निर्माण गर्न थालेपछि यहाँ पर्यटकीय क्षेत्र च्याछरा झरनाको उचाइ घटेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण झरना नजिकै सडक पुगेपछि यस्तो अवस्था आएको हो । मानसरोवर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दीपक भण्डारीले सडक विकासले झरनासम्म आउजाउ गर्न सहज भए पनि झरनाको सुन्दरता बिग्रिने हो कि भन्ने चिन्ता बढेको बताउनुभयो । उहाँले नाम्खा गाउँपालिका–३ को च्याछरा झरनाले निकै मनोरञ्जन दिने गरेको भए पनि अहिले सडक निर्माणका क्रममा झरनाको उचाइ छोटिएका कारण झरनाबाट यात्रुले पाउने मनोरञ्जनमा कमी आउन सक्नेतर्फ सोच्नुपर्ने बताउनुभयो । पहिले पहिले ठुलो झरनाका छेउमा उभिएर पैदल वा गाडीमा सवार यात्रुले तस्बिर लिने, भिडियो खिच्नेलगायतका काम गरेर मनोरञ्जन लिने गरेका थिए तर अहिले त्यो अवस्था रहेको छैन तर पनि सडक पुगेपछि झरनाको महत्व झन बढ्दै गएको छ ।
जुम्लामा जताततै इन्धन बिक्री
कालीकोट जिल्लाको सिमाना नाग्म अर्थात् हिमानदीको पुल पार गरी जुम्ला प्रवेश गरेपछि तरकारी पसलदेखि इलेक्ट्रिकल पसलमा पेट्रोल र डिजेल बिक्री गर्ने गरिएको छ ।
नलगाड जलविद्युत् आयोजना, मुआब्जा वितरण अन्तिम चरणमा
जाजरकोटमा निर्माण हुने ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रमा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ । बारेकोट गाउँपालिका अन्तर्गतका वडामा मुआब्जा वितरण गर्ने काम भइरहेको छ । आयोजनाबाट नलगाड नगरपालिका वडा नं. ५ र ७ तथा बारेकोट गाउँपालिकाका वडा नं. १, २, ५, ६, ७, ८ र ९ वडा प्रभावित हुने छन् । अहिले भने बारेकोटको वडा नं. १, २, ५, ६, ७, ८ र ९ मा मुआब्जा वितरणको काम धमाधम भइरहेको छ । चार हजार दुई सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकिएको आयोजनाले जनाएको छ ।
नदीमा बेपता किशोरको शव भेटियो
तिला नदीमा बेपता भएका किशोरको शव भेटिएको छ । जिल्लाको तिलागुफा नगरपालिका –६ स्थित तिला नदीमा पौडी खेल्न गएका १५ वर्षीय किशोर मंगलवार बेपत्ता हुनुभएको थियो । उहाँको शव तीन दिनपछि भेटिएको प्रहरीले जनाएको छ ।
सुर्खेत जिप दुर्घटना : मृतक चारमध्ये तीन जना कालीकोटका
सुर्खेतबाट कालीकोट आउँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घटनामा परी ज्यान गुमाएका चारमध्ये तीन जनाको सनाखत भएको छ । मृतक सबै कालीकोटका रहेका छन् ।
सङ्घीय बजेटमा कर्णाली प्राथमिकतामा
सङ्घीय सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेश विशेष प्राथमिकतामा परेको छ । सरकारका तर्फबाट आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा सरकारले कर्णालीको विकासलाई विगतमा भन्दा यस पटक बढी मात्रा र फरक ढङ्गले समेटेको छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा कर्णालीका अधिकांश विगतकै कार्यक्रमलाई निरन्तरता दिइएको भए पनि यस पटक अलि फरक र विविध क्षेत्रलाई पनि समेट्ने कोसिस गरिएको छ ।
विद्यार्थी लेकतिर, विद्यालय बन्द
मुगमकार्मारोङ गाउँपालिकाका विद्यार्थी यार्चागुम्बा सङ्कलन गर्न हिँडेपछि विद्यालय बन्द भएका छन् । यार्चागुम्बा सङ्कलन गर्ने मौसम सुरु भएसँगै गाउँपालिकाका विद्यार्थी यार्चा सङ्कलन गर्न जाने गर्छन् । मुगमकार्मारोङ गाउँपालिकाको कार्यविधि अनुसार यार्चागुम्बा सङ्कलनका लागि जेठ १६ गतेबाट सामुदायिक वन क्षेत्रमा अनुमति दिइएको छ । गाउँपालिकाका १२ वटा विद्यालयका विद्यार्थी यार्चागुम्बा सङ्कलन गर्न पाटनतर्फ लागेका छन् ।
गत वर्षभन्दा यस वर्ष डढेलो दोब्बर
रुकुमपश्चिममा गत वर्षभन्दा यस वर्ष दोब्बरभन्दा बढी भूभागमा आगलागी भएको छ । यस वर्ष जिल्लाका विभिन्न ७५ स्थानमा आगलागी हुँदा दुई हजार ६५० हेक्टर क्षेत्रफलमा आगलागी भएको हो । डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारका अनुसार यस वर्ष गत वर्षभन्दा दोब्बरभन्दा बढी भागमा डढेलोले क्षति गरेको छ । गत वर्ष २६ स्थानमा आगलागी हुँदा एक हजार २३४ हेक्टर भूभागमा आगलागी भएको थियो ।
कालो चिबे चरा लोप हुँदै
हिमाली जिल्ला मुगुको सामुदायिक र मध्यवर्ती वन क्षेत्रमा सहजै देखिने कालो चिबे चरा हाल निकै कम मात्रामा देखिने गरेको छ । समुदायले दिनप्रतिदिन रुख कटान गर्न थालेपछि कालो चिबे चरा र अन्य प्रजातिका चरा कम देखिएका हुन् । छायानाथ रारा नगरपालिका–६ को सामुदायिक वन र मध्यवर्ती वन क्षेत्रमा गुँड लगाएर बस्ने उक्त चरा जलवायु परिवर्तनका कारण र वन क्षेत्र संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको स्थानीय अमरबहादुर कार्कीले बताउनुभयो । केही वर्ष पहिलेसम्म कालो चिबे चरालगायत रातो जुँगे जुरेली, आकासे चरी, स्वर्ग चरी, सिउरे बगडी चरी वन क्षेत्रमा सजिलैसँग देख्न पाइन्थे तर पछिल्ला दिनमा यी चरा देखिन छाडेका छन् ।
हुम्लामा घट्यो इन्धनको मूल्य
हिमाली जिल्ला हुम्लामा सञ्चालन हुँदै आएका यातायातका साधनहरुका लागि इन्धनको मूल्य घटेको छ । राष्ट्रिय सडक सञ्जालसँग खार्पुनाथ गाउँपालिका आङ्शिक रुपमा जोडिएसँगै इन्धनको मूल्य घटेको हो ।
सुर्खेत जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिक दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
सुर्खेतमा जिप दुर्घटना : दुई जनाको मृत्यु
सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाको रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान भे १ च २५६० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।