• २२ भदौ २०८१, शनिबार

हाइस दुर्घटनामा आठ जना घाइते

blog

 प्रेमराज सिंखडा 

कालिकोट, भदौ २२ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा हाइस दुर्घटना हुदा आठ जना घाइते भएका छन् । कर्णाली राजमार्गको तिलागुफा–५ खल्लागाडमा हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका हुन ।

जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस मोडमा दुर्घटना भएको हो । घाइतेमध्ये पाँच जनको अवस्था चिन्ताजनक छ भने तीन जना सामान्य रहेका छन् । १८ जना सवार गाडी सडकमै पल्टिएको हो ।

घाइते हुनेमा सुर्खेत जाँदै गरेका सिंजा–३ का ५२ वर्षीय धनमाने सार्की, ६० वर्षीय मनजीते सार्की, ६५ वर्षीया जर्मा सुनार, ६४ वर्षीया मनकन्या चौलागाईं, जुम्ला कनकासुन्दरी(६ का ३९ वर्षीय कर्ण भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले बताउनुभयो ।

त्यस्तै, कालीकोटको तिलागुफाका तिलप्रसाद न्यौपाने, जयचन्द्र चौलागाईं र पूर्णप्रसाद चौलागाईं पनि घाइते हुनुभएको छ । घाइतेको राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । गाडीको ब्रेक नलागेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।