• २३ भदौ २०८१, आइतबार

अन्तर मेडिकल कलेज खेलकुद : कर्णाली प्रतिष्ठान प्रथम

blog

खेलकुद प्रतियोगितामा प्रथम भएको कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्लालाई पुरस्कार वितरण गरिँदै । तस्बिर : नेत्र शाही जुम्ला

नेत्र शाही
जुम्ला, भदौ २३ गते ।
जुम्लामा पहिलो पटक आयोजना गरिएको अन्तर मेडिकल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक कर्णाली प्रतिष्ठान एक लाख रुपियाँ राशीसहितको प्रथम बनेको छ । प्रतियोगितामा मदन भण्डारी मेडिकल कलेज द्वितीय भएको छ । मदन भण्डारी प्रतिष्ठानले ७५ हजार प्राप्त गरेको छ ।

यसैगरी, ५० हजार राशीसहित तेस्रो स्थान किष्ट मेडिकल कलेज छ । भदौ १६ देखि २२ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा कर्णाली प्रतिष्ठानसहित ६ वटा प्रतिष्ठान तथा मेडिकल कलेज सहभागी भएको थियो । प्रतियोगितामा कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानले सर्वाधिक २१ पदक जितेको आयोजकले जनाएको छ  ।

जसमा ११ विधामा स्वर्णपदक, ७ विधामा काँस्यपदक, ३ विधामा रजत पदक जित्न सफल भएको छ । खेल संयोजक विवेक पुन मगरका अनुसार मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठान हेटौँडाले मकवानपुरले दुईवटा स्वर्ण, एक कास्य र दुई रजतमै जित्न सफल गरेको छ ।

कुल ६ पदक जितेको किस्ट मेडिकल कलेज ललितपुरले एक स्वर्ण, दुई काँस्य र तीन रजत पदक जित्न सफल भएको हो । खेल प्रतियोगितामा महाराजगञ्ज मेडिकल कलेजले एक स्वर्ण, दुई रजत र एक काँस्य पदक पाएको छ । यसैगरी,  राजर्षिजनक विश्वविद्यालय, जनकपुरधामले तीन रजत र तीन काँस्य पदक जित्दै चौथो स्थान हासिल गर्न सफल भएको छ ।

विजेता टिम र खेलाडिलाई प्रतिनिधिसभा सांसद कान्तिका सेजुवाल, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका उपकुलपति डा. मङ्गल रावलसहितका अतिथिहरुले चेक, पदक र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

कसले कुन खेल जित्यो
खेल प्रतियोगिता विभिन्न विद्यामा प्रतिस्पर्धा गराईएको थियो । आयोजक कर्णाली प्रतिष्ठानका अनुसार पुरुष भलिवलमा कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला विजयी भएको छ भने द्वितीय मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठान भएको छ । यसैगरी, महिला भलिबल प्रतियोगितामा पनि कर्णाली प्रतिष्ठान प्रथम भएको छ ।

क्रिकेटमा कर्णाली प्रतिष्ठानलाई हराउँदै किष्ट मेडिकल प्रथम भएको छ । टेबुल टेनिसमा मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठान प्रथम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान द्वितीय भएको छ ।

हाजिरी जवाफ प्रतियोगिता  
हाजिरीजवाफ प्रतियागितामा १४ नम्बर ल्याएर प्रथम, महाराजगञ्ज मेडिकल कलेज ८ नम्बर ल्याएर द्वितीय र किष्ट मेडिकल ७ नम्बर ल्याएर तेस्रो स्थान ल्याउन सफल भएको छ ।

कविता प्रतियोगिता
कविता प्रतियोगितामा महाराजगञ्ज मेडिकल कलेजका प्रयास पौडेले प्रथम हुनुभएको छ । कर्णाली प्रतिष्ठानका विवेककुमार यादव द्वितीय र प्रतिष्ठानकै निराजन चापाई तेस्रो हुनुभएको छ ।

दौड प्रतियोगिता
एक सय मिटर टर केटाको दौडमा कर्णाली प्रतिष्ठानका भैरव महत प्रथम, दोस्रो विशेष विष्ट र तेस्रो मदन भण्डारीका अमरनाथ शाह हुनुभएको छ ।

रेनु बस्नेत कर्णाली प्रतिष्ठान प्रथम, रञ्जना कुमारी शाह राजर्षि जनक विश्वविद्यालय दृतीय र सुमित्रा रावत कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान तेस्रो भएका छन् । यसैगरी केटी १५०० मा ऐश्वर्य थापा कर्णाली प्रतिष्ठान, तृतीय ज्योति चौधरी राजर्षि जनक विश्वविद्यालय छन् ।

यसैगरी, पुरुष पाँच हजार मिटर दौड प्रतियोगितामा कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानका लोकमणि बोहरा प्रथम हुनुभएको छ । द्वितीय महाराजगञ्ज मेडिकल कलेजका राजन सार्की र तेस्रो राजर्षि  विश्वविद्यालयका कमल शाही हुनुभएको छ । फुटवल प्रतियोगितामा किष्टलाई हराउँदै मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठानले जित हासिल गरेको छ । किष्ट मेडिकल कलेज ललितपुरसँगको फाइनल खेलमा पेनाल्टी सुट आउटमा खेल जितेको आयोजकले जनाएको छ ।