• ३ भदौ २०८१, सोमबार

सुर्खेतमा फोर्स गाडी दुर्घटना, १२ जना घाइते

blog

नवीन सुवेदी

सुर्खेत, भदौ ३ गते । सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । नेपालगन्जबाट वीरेन्द्रनगर सुर्खेत आउँदै गरेको फोर्स गाडी रत्न राजमार्गको सुब्बाकुना–छिन्चु सडक खण्डमा दुर्घटनामा परेको हो ।

लु १ च सवारी दुर्घटना ४०९१ नम्बर को फोर्स गाडी भेरीगंगा–१२ पाडुले दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनालाई धेरै चोट लागेको उहाँको बताउनुभयो । घाइते सबैको प्रदेश अस्पतालमा वीरेन्द्रनगरमा उपचार भइरहेको छ ।