• १६ भदौ २०८१, आइतबार

दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको निधन

blog

सिमकोट (हुम्ला), भदौ ४  गते ।  सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा  निधन भएको छ । सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा उहाँ सख्त घाइते हुनुभएको थियो । 

नेपालगन्ज मेडिकल कलेज भेरी अस्पतालमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गए राति निधन भएको अस्पतालले जनाएको छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट गत स्थानीय तह  निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । रासस