• १० मंसिर २०८१, सोमबार

साउने पूर्णिमामा दुई करोड रुपियाँभन्दा बढीको बोका बिक्री

blog

हुम्ला समाचारदाता

हुम्ला, भदौ ५ गते ।  साउने पूर्णिमाका अवसरका दुई करोडभन्दा बढी मूल्यका बोका बिक्री भएका छन् । जिल्लाभरमा देउतामा मन्दिरमा बलि चढाउने प्रयोजनका लागि बोका बिक्री भएका हुन् । 

बोका व्यापारी उब्जन शाहीले साउने पूर्णिमाको दुई दिनमा मात्र डेढ सय बोका बिक्री भएको बताउनुभयो । उहाँले आफूले मात्र १५ लाखका बोका बिक्री गर्न सफल भएको र कमाइ पनि राम्रै भएको बताउनुभयो । 

उहाँले स्थानीयले आफ्नो इच्छा अनुसार आफ्नो कुल देउतालाई पूर्णिमाको अवसरमा चढाउनका लागि बोकाको किनबेच बढी हुने गरेको बताउनुभयो । 

त्यसै गरी अर्का व्यापारी कृष्ण टमटाले पनि १६० बोका बिक्री गरेर १६ लाखका व्यापार गर्न सफल भएको बताउनुभयो । उहाँले यतिबेला बोकाको व्यापार गर्दा उधारो नजाने भएका कारण पनि व्यापारी नगदमा कारोबार हुने भएपछि खुसी रहेको बताउनुभयो । 

उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले यस वर्ष साउने पूर्णिमाका अवसरमा दुई करोड ५० लाखका बोकाको व्यापार भएको जानकारी आफूलाई आएको बताउनुभयो । साउने पूर्णिमा जिल्लाभर मनाउने भएका कारण बोकाको व्यापार दसैँपछि बढी हुने गरेको बताउँदै उहाँले व्यापारीले नगदमा कारोबार गर्न पाउने भएका कारण खुसी रहेको बताउनुभयो ।