• ११ असार २०८२, बुधबार

स्थानीय तहद्वारा बजेट तथा कार्यक्रम प्रस्तुत

पर्यटन, रोजगारी र सामुदायिक विद्यालय सुधार

blog

हेटौँडा उपमहानगरपालिकाको बजेट प्रस्तुत गर्नका लागि नगरप्रमुख मीनाकुमारी लामाले उपप्रमुख राजेश बानियाँलाई बजेट हस्तान्तरण गर्नुहुँदै । तस्बिर : अनिल पराजुली

बागमती प्रदेश ब्युरो 

बागमती प्रदेशका स्थानीय तहले मङ्गलबार नीति तथा कार्यक्रम र आगामी वर्षका लागि प्रस्तावित बजेट सार्वजनिक गरेका छन् । प्रदेशका उपमहानगर, नगरपालिका र गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कार्यक्रम ल्याएका हुन् । 

हेटौँडाले ल्यायो दुई अर्ब ९० करोडको बजेट

हेटौँडा समाचारदाताका अनुसार बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ९० करोड तीन लाख १० हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । उपमहानगरको १७ औँ नगर सभामा उपप्रमुख राजेश बानियाँले आर्थिक वर्ष २०८२/८३ का लागि बजेटमा वृद्धि गरिएको बजेट प्रस्तुत गर्नुभएको हो । हेटौँडाले चालु आर्थिक वर्षका लागि दुई अर्ब ४३ करोड ८० लाख रुपियाँ बजेट प्रस्तुत गरेको थियो ।

आर्थिक वर्ष २०८२/८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ६२ करोड ७६ लाख ८० हजार रुपियाँ, राजस्व बाँडफाँडबाट ९२ करोड १४ लाख ७० लाख ५५ हजार, प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार रुपियाँ र सङ्घीय सरकारको अनुदानबाट एक अर्ब १९ करोड ५० लाख रुपियाँ बेहोरिने उल्लेख गरिएको छ । नगर विकास कोषबाट ऋण तीन करोड ६० लाख रुपियाँ बेहोरिने उल्लेख छ ।

उपमहानगरपालिकाले पूर्वाधार विकास क्षेत्रभित्र पर्ने सडक, खेल मैदान ऊर्जा, सडकबत्ती, जलस्रोत, भवन तथा आवास, सिँचाइलगायत नगरस्तरीय पूर्वाधारतर्फ ६८ करोड ३९ लाख ४१ हजार विनियोजन गरेको छ । वडास्तरीय योजना तथा कार्यक्रमका लागि ३२ करोड २५ लाख ६२ हजार बजेट विनियोजन गरेको छ ।

उपमहानगरपालिका क्षेत्रमा एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी सञ्चालन गर्न आगामी आर्थिक वर्षका लागि चार करोड रुपियाँ, सहरी सडक मर्मतसम्भारका लागि सडक बोर्ड नेपालसँगको लागत साझेदारीमा योजना सञ्चालन गर्न एक करोड ५० लाख, चालु आवमा सम्झौता भई सञ्चालनमा रहेका भुक्तानी हुन बाँकी योजनाको दायित्व भुक्तानीका लागि ३० करोड, सङ्घीय सरकार र प्रदेश सरकारतर्फको समपूरक कोष योजनाका लागि पदमपोखरी मुख्य सडक विस्तार, बृहत् खानेपानी, चक्रपथ सडकलगायतका योजनाका लागि सात करोड रुपियाँ विनियोजन गरेको छ ।

उपमहानगरपालिकाले आर्थिक विकास क्षेत्रभित्रका योजना तथा कार्यव्रmम, कृषि विकासतर्फ उन्नत बिउ र कृषि प्रवर्धन, मौसमी तथा बेमौसमी घाँस वितरण र पशुविकासका विविध कार्यक्रममा बजेट विनियोजन गरेको छ । 

आयोजना बैङ्क कार्यान्वयनमा ल्याइने

मकवानपुर समाचारदाताका अनुसार उपमहानगरपालिकाले योजनालाई व्यवस्थित गर्न आयोजना बैङ्क कार्यान्वयनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मीनाकुमारी लामाले आगामी आवबाट आयोजना बैङ्क कार्यान्वयनमा ल्याउने बताउनुभएको हो । उहाँले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै योजना तर्जुमा प्रणालीलाई व्यवस्थित गर्न आयोजना बैङ्कको व्यवस्थापन सूचना प्रणाली निर्माण गरिने बताउनुभयो ।

आगामी आवमा हेटौँडा १४ मा सार्वजनिक निजी साझेदारीको अवधारणामा सुविधा सम्पन्न फन पार्क निर्माण गर्ने, किसान सूचीकरणको कार्य आगामी आवमा सम्पन्न गर्ने, किसान वर्गीकरण र किसान परिचयपत्र वितरण गरिने भएको छ । युवालक्षित कृषि कार्यव्रmम सञ्चालन, प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहित गर्ने र एक वडा, एक कृषि उत्पादन कार्यक्रममा १३ मा मेवाखेती र वडा नं. १ कोदो खेती कार्यव्रmमलाई निरन्तरता आगामी आवमा पनि निरन्तरता दिइने भएको छ ।

उहाँले स्वच्छ उत्पादनशील समृद्ध सहर हेटौँडा भन्ने सोचको आधारमा नीति तथा कार्यव्रmम ल्याइएको बताउनुभयो । २०८१/८२ मा आन्तरिक स्रोत, राजस्व बाँडफाँड र सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा अपेक्षा अनुसार वृद्धि नहुँदा कतिपय महìवपूर्ण योजना र कार्यक्रम कार्यान्वयन गर्न नसकेको भन्दै उहाँले हेटौँडा १० को निर्माणाधीन एकीकृत बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स निर्माण कार्य पूरा गरी सञ्चालनमा ल्याइने बताउनुभयो । यस्तै अनलाइन नक्सा प्रणाली कार्यान्वयनमा ल्याइने, हेटौँडा–४ मा बहुउद्देश्यीय तथा व्यावसायिक भवन निर्माण भएको ढिलाइ र अन्योलताको कानुनसम्मत निकास निकाली भवन निर्माण प्रव्रिmया अगाडि बढाइने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने गरी आगामी आवको नीति तथा कार्यक्रम ल्याइएको छ ।

पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने

चितवन समाचारदाताका अनुसार चितवनको रत्ननगर नगरपालिकाले पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ । नगरप्रमुख प्रह्लाद सापकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालको तेस्रो गन्तव्य सौराहा यहीँ रहेको र पर्यटनको क्षेत्रमा धेरै सम्भावना रहेकाले रोजगारीको सिर्जनाका कार्यव्रmम ल्याएको जानकारी दिनुभयो । १७ औँ नगर सभामा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधारलाई प्राथमिकता दिइएको बताउनुभयो ।  

रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोड ६५ लाख बराबरको बजेट र नीति तथा कार्यव्रmम सार्वजनिक गरिएको हो । नगर सभामा नगर प्रमुख सापकोटाले नीति तथा कार्यव्रmम र उपप्रमुख यादवप्रसाद पाठकले बजेट प्रस्तुत गर्नुभएको थियो । 

उपप्रमुख पाठकले एक अर्ब ५४ करोड ६५ लाख ७३ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । सङ्घीय समानीकरण अनुदान १७ करोड ८९ लाख, सङ्घीय राजस्व बाँडफाँट १३ करोड ४० लाख, सङ्घीय ससर्त अनुदान चालुतर्फ ३६ करोड ८२ लाख, सङ्घीय ससर्त पुँजीगत दुई करोड ८८ लाख, सङ्घीय विशेष अनुदान ६८ लाख, समपूरक अनुदान ५५ लाख, प्रदेश समानीकरण अनुदान एक करोड ८९ लाख रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।

इच्छाकामनाले फोहोर सङ्कलनमा शुल्क नलिने 

चितवनको इच्छाकामना गाउँपालिकाले पालिकाभित्रको फोहोर सङ्कलन गर्दा शुल्क नलिने घोषणा गरेको छ । गाउँपालिकाले पालिका क्षेत्रका सहरी तथा ग्रामीण भेगमा जम्मा हुने फोहोरमैला सङ्कलनको शुल्क आगामी आर्थिक वर्षबाट नलिने घोषणा गरेको हो । पालिकाले चालु आर्थिक वर्षसम्म फोहोरमैला व्यवस्थापन शुल्क उठाउँदै आएको भए पनि अब नागरिकलाई सुविधा दिन फोहोरमैलाको शुल्क नलिने निर्णय गरिएको पालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । 

उसले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७८ करोड १५ लाख ३६ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । पालिका उपाध्यक्ष माया सिलवालले बजेट पेस गर्दै सङ्घीय सरकारबाट ४६ करोड ६३ लाख, बागमती प्रदेश सरकारबाट छ करोड ९८ लाख ५७ हजार, सङ्घीय राजस्व बाँडफाँटबाट नौ करोड ८६ लाख, बागमती प्रदेशको राजस्व बाँडफाँटबाट चार करोड ३५ लाख र आन्तरिक राजस्व १० करोड ३२ लाख रुपियाँको अनुमान गर्नुभएको छ । 

पालिकाले चालुतर्फ ४३ करोड ६२ लाख ३६ हजार र पुँजीगततर्फ ३४ करोड ५३ लाख बजेट विनियोजन गरेको छ । पालिकाको कुल बजेटको चालु खर्च ५५.८२ प्रतिशत र पुँजीगत ४४.१८ प्रतिशत रहने जनाएको छ । पालिकाले आर्थिक विकासमा छ करोड ४० लाख ८५ हजार, सामाजिक विकासमा ३५ करोड १६ लाख, पूर्वाधार विकासमा २५ करोड ७९ लाख, वन, वातावरण तथा विपत् व्यवस्थापनमा एक करोड ५६ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा नौ करोड २२ लाख, कृषि क्षेत्रको विकासका लागि ८३ लाख, शिक्षा क्षेत्रका लागि २३ करोड १२ लाख बजेट विनियोजन गरेको छ । 

सन्तति प्रोत्साहन भत्ता दिने

रामेछाप समाचारदाताका अनुसार रामेछापका तीन वटा पालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यव्रmम र बजेट ल्याएका छन् । आठ वटा पालिकामध्ये मन्थली, रामेछाप नगरपालिका र खाँडादेवी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् । 

मन्थली नगरपालिकाले तेस्रो सन्तान जन्माउनेलाई सन्तति प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगर सभाको १७ औँ अधिवेशनमा नगरपालिका प्रमुख लव श्रेष्ठले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा तेस्रो सन्तानलाई सन्तति प्रोत्साहन कार्यव्रmम ल्याइएको उल्लेख छ । 

नीति तथा कार्यक्रम र बजेटमा कृषि, शिक्षा, उद्योग, पर्यटनलाई प्राथमिकतामा राखेको छ । उद्योग प्रवर्धनका लागि महिला तथा अपाङ्गता भएकाको नाममा दर्ता भएका व्यवसायलाई तोकिएको व्यवसाय करमा १० प्रतिशत छुट दिने नगरपालिकाले कार्यक्रम ल्याएको छ । गुणस्तरीय शिक्षाका लागि विज्ञान विषय लिएर ११ र १२ पढ्ने प्रत्येक वडाका एक जना विद्यार्थीलाई निःशुल्क अध्ययन गराउन मन्थली माविलाई दिँदै आएको छात्रवृत्ति अनुदानलाई कायम गरिएको छ । 

कृषि र पशु विज्ञान अध्ययन गर्ने १४ वटै वडाका एक एक जना विद्यार्थीलाई रामेछाप पोलिटेक्निकमा छात्रवृत्ति अध्ययनको व्यवस्था मिलाइएको नीति तथा कार्यव्रmममा उल्लेख छ । सामाजिक विकासतर्फ दीर्घ रोगको औषधी खाइरहेका बिरामीलाई घरमा नै औषधी पु-याउने व्यवस्था मिलाउने नीति नगरले लिएको छ । दलित महिला, एकल महिला, ख वर्गका अपाङ्गता भएकाहरू, महिला स्वास्थ्य स्वयंसेवीका तथा ६० वर्षमाथिका दलित परिवारको स्वास्थ्य बिमाको पहिलो वर्षको रकममा ५० प्रतिशत अनुदान नगरपालिकाले दिने भएको छ ।

पूर्वाधारतर्फ वडाबाट प्रस्ताव भएको १५ लाखमाथिको एउटा ठुला आयोजनामा नगरबाट १५ लाख रुपियाँ थप गरी वडाको गौरवको योजना सञ्चालन गरिने भएको छ । पाँच वर्षमा सञ्चालन गरिने आयोजनाको आयोजना बैङ्क तयार गरी कार्यान्वयनमा लगिने भएको छ । मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब चार करोड ६५ लाख ६४ हजार २०२ रुपियाँको बजेट ल्याएको छ । नगर सभा अधिवेशनमा उपप्रमुख ईश्वरी बस्नेतले  कार्यव्रmम र बजेट प्रस्तुत गर्नुभयो । उहाँले प्रस्तुत गर्नुभएको बजेटमध्ये ६८.७५ प्रतिशत चालु खर्चतर्फ र ३१.२५ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ । सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदानमध्ये चालुतर्फ ९०.५४ प्रतिशत र ५५.९१ प्रतिशत रकम प्राप्त भएको उल्लेख गरिएको छ । 

रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८० करोड ४४ लाख ५६ हजार १३० रुपियाँको बजेट ल्याएको छ । नगरपालिका प्रमुख लव श्री न्यौपानेको अध्यक्षतामा सोमबार सम्पन्न नगर सभाको १७ औँ अधिवेशनमा नगर उपप्रमुख बालकुमारी कार्कीले पँुजीगततर्फ २९ करोड ७६ लाख ६२ हजार ११० रुपियाँ र चालुतर्फ ५० करोड ६७ लाख ९४ हजार २० रुपियाँको बजेट प्रस्तुत गर्नुभयो । यसअघि नगरप्रमुख न्यौपानेले नगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । 

जिल्लाको रामेछाप नगरपालिका र खाँडादेवी गाउँपालिकाले पनि सोमबार नै आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यव्रmम र बजेट सार्वजनिक गरेको छ । खाँडादेवी गाउँ सभाको १७ औँ अधिवेशनमा खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङले आगामी आर्थिक वर्षका लागि ६५ करोड ८४ लाख ८१ हजार १९५ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो । अधिवेशनमा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले नीति तथा कार्यव्रmम प्रस्तुत गर्नुभएको छ । 

कैलाशको बजेट ५३ करोड

हेटौँडा समाचारदाताका अनुसार मकवानपुरको कैलाश गाउँपालिकाले ५३ करोड ८६ लाख २० हजारको बजेट ल्याएको छ । १६ औँ गाउँ सभाको अधिवेशनमा नीति तथा कार्यव्रmमसँगै गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बजेट प्रस्तुत गर्नुभएको हो  । आव २०८२/८३ मा आय दुई करोड ३७ लाख एक हजार ८३० रुपियाँ आन्तरिक राजस्वका रूपमा, सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदान नौ करोड ८३ लाख, ससर्त अनुदान १९ करोड ३४ लाख, राजस्व बाँडफाँट नौ करोड ६७ लाख, विशेष अनुदान ७५ लाख, समपूरक अनुदान दुई करोड ५८ लाख तथा प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ९० लाख ५२ हजार रहेको छ ।  

बकैयाले फलाम खानीको अध्ययन गर्ने  

हेटौँडा समाचारदाताका अनुसार मकवानपुरको बकैया गाउँपालिकाले फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । बकैया गाउँपालिकाको ११ औँ गाउँ सभामा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले बकैया ८ र ९ मा फलाम खानीको सम्भाव्यता अध्ययनका लागि नेपाल सरकार र बागमती प्रदेश सरकारसँग समन्वय गर्ने बताउनुभयो । बकैया–२, कालापानी धियाल तथा बकैया–७, तल्लो सिन्तानटोल गोब्रे खहरेसम्म फैलिएर रहेको युरेनियमका लागि सरोकारवाला निकायसँग समन्वय गरिने उल्लेख छ । एक वडा एक हाटबजार नीतिलाई निरन्तरता दिइने भएको छ । 


बागमतीको बजेट ८३ करोड ७२ लाख 

मकवानपुरगढी समाचारदाताका अनुसार मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यव्रmमसहित ८३ करोड ७२ लाख ६७ हजार ७४ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको दोस्रो गाउँ सभाको सातौँ अधिवेशनमा पालिका अध्यक्ष सर्केश घलानले नीति तथा कार्यव्रmम प्रस्तुत गर्नुभयो । पालिकाका उपाध्यक्ष फडिन्द्रकुमार तिमल्सिनाले आगामी वर्षको बजेट प्रस्तुत गर्नुभयो । चालु आवको भन्दा १२ करोडले वृद्धि भएको हो । गाउँपालिकाले चालु आवका लागि ७१ करोड ६८ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०८२/८३ मा नीति तथा कार्यव्रmम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट नौ करोड आठ लाख २५ हजार रुपियाँ, राजस्व बाँडफाँटबाट २२ करोड ५९ लाख ३१ हजार ६७४ रुपियाँ, प्रदेश सरकारबाट पाँच करोड ९९ लाख ११ हजार र सङ्घीय सरकारबाट ४६ करोड छ लाख रुपियाँ बेहोरिने उल्लेख गरिएको छ ।  

गाउँपालिकाका स्थायीवासी, जनप्रतिनिधि र सरकारी कर्मचारीले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुुपर्ने नीति पालिकाले ल्याएको छ । यदि भर्ना नगरिएमा तलब र सेवासुविधाबाट १० प्रतिशत शैक्षिक कर तिर्नुपर्ने विषय आगामी वर्षको नीति कार्यव्रmममा उहाँले प्रस्तुत गर्नुभएको छ । 

सिन्धुपाल्चोकका एघार स्थानीय तहले ल्याए बजेट  

चौतारा समाचारदाताका अनुसार सिन्धुपाल्चोक जिल्लाका १२ मध्ये ११ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यव्रmम तथा बजेट सार्वजनिक गरेका छन् । सुनकोशी गाउँपालिका भने तोकिएको मितिमा बजेट प्रस्तुत गर्न असफल भएको छ । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये तीन नगरपालिका र नौ गाउँपालिका रहेका छन् । यस वर्ष सबै स्थानीय तहले कृषि, पर्यटन, पूर्वाधार विकास र जीविकोपार्जनलाई प्राथमिकतामा राख्दै स्वरोजगार र कृषि आधुनिकीकरणमा आधारित कार्यक्रम सार्वजनिक गरेका छन् । मेलम्ची नगरपालिकाले जिल्लामै सबैभन्दा धेरै बजेट प्रस्तुत गर्दै एक अर्ब ५३ करोड नौ लाख रुपियाँको प्रस्ताव गरेको छ । 

चौतारा साँगाचोकगढी नगरपालिकाले एक अर्ब १६ करोड रुपियाँको बजेट प्रस्तुत गर्दै पूर्वाधार, शिक्षा, स्वास्थ्य र डिजिटल सेवा प्रवाहमा जोड दिएको छ । बाह्रबिसे नगरपालिकाले आइतबार नगर सभा माझ ६० करोड ३३ लाख रुपियाँको बजेट प्रस्तुत गरिएको छ । भोटेकोशी गाउँपालिका ७२ करोड, जुगल गाउँपालिका ५८ करोड १४ लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिका ५७ करोड ५९ लाख बजेट प्रस्तुत गरेका छन् । 

त्यस्तै बलेफी गाउँपालिका ५६ करोड ६७ लाख, लिसङ्खुपाखर गाउँपालिका ५६ करोड, त्रिपुरासुन्दरी गाउँपालिका ४७ करोड बजेट प्रस्तुत गरेका छन् । नौ गाउँपालिकामध्ये सबैभन्दा बढी ईन्द्रावती गाउँपालिकाले ९९ करोड ४४ लाख बजेट प्रस्तुत गरेको हो । हेलम्बु गाउँपालिकाले भने ‘नमुना गाउँपालिका’ निर्माणको दृष्टिकोणसहित शिक्षा, स्वास्थ्य, पूर्वाधार र वातावरण संरक्षणमा केन्द्रित नीति तथा कार्यव्रmम ल्याएको छ । गाउँपालिकाले वैकल्पिक ऊर्जा, सडक सञ्जाल विस्तार र ग्रामीण पर्यटन प्रवर्धनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

धादिङमा सबैको सार्वजनिक

धादिङबेँसी समाचारदाताका अनुसार धादिङ जिल्लाका १३ वटै स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ का लागि आआफ्ना नीति तथा कार्यव्रmम र बजेट सार्वजनिक गरेका छन् । अधिकांश पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी, पर्यटन, सामाजिक सुरक्षा तथा समावेशी विकासमा प्राथमिकता दिइएको छ । नीलकण्ठ नगरपालिकाले एक अर्ब २२ करोड ९३ लाखको बजेट प्रस्तुत गर्दै ‘एक वडा एक नमुना विद्यालय,’ हरेक वडामा स्वास्थ्य संस्था, व्यावसायिक कृषि, स्वरोजगार प्रवर्धन, पर्यटनस्थलको विकास, सञ्चार सहकार्य र सूचना प्रविधि नीति कार्यान्वयनलाई प्राथमिकता दिएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाले ६४ करोड ९० लाख रुपियाँको बजेट पारित गर्दै कृषि, शिक्षा र पूर्वाधारमा विशेष ध्यान दिएको छ । प्रत्येक वडामा कालोपत्रे सडक, प्राङ्गारिक मल र कृषि एम्बुलेन्स सञ्चालन, दिवा खाजा कार्यक्रमलगायतका योजना समेटिएका छन् ।

ज्वालामुखी गाउँपालिकाले “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारः समृद्ध ज्वालामुखीको मूल आधार” भन्ने मूल सोचसहित ६४ करोड आठ लाख ९० हजारको बजेट प्रस्तुत गरेको छ । सामाजिक समावेशिता, विपत् व्यवस्थापन, सूचना प्रविधि, सरसफाइ र रोजगार प्रवर्धनमा जोड दिइएको छ ।

ग्ङ्गाजमुना गाउँपालिकाले ६२ करोड ११ लाख ६६ हजारको बजेट ल्याएको छ । शिक्षा, स्वास्थ्य, आधुनिक कृषि, स्वच्छता, आन्तरिक रोजगारी, पेयपदार्थमा स्वदेशी उत्पादनको प्रयोग प्रोत्साहन जस्ता कार्यव्रmम प्राथमिकतामा छन् ।

सिद्धलेक गाउँपालिकाले ६० करोड ५७ लाख ८४ हजार ९१४ को बजेटमार्फत सडक, कृषि, स्वास्थ्य र शिक्षा प्राथमिक क्षेत्रका रूपमा अघि सारेको छ । काँडे भ्याकुरको संरक्षण, मौरीपालन हब, एक वडा एक पर्यटन क्षेत्र निर्माण योजना समावेश गरिएको छ । नेत्रावती डबजोङ गाउँपालिकाले ४६ करोड २७ लाख ३२ हजार २९१ रुपियाँको बजेट पेस गरेको छ । समावेशी विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, पारदर्शी प्रशासन, सामाजिक सुरक्षा र सेवा चुस्ततामा विशेष जोड दिइएको छ ।

त्यसै गरी बेनीघाट रोराङ गाउँपालिकाले ९३ करोड ३० लाख ३१ हजार रुपियाँको बजेट सार्वजनिक गर्दै सामाजिक विकास, पूर्वाधार, युवा, शिक्षा, स्वास्थ्य, कृषि र आर्थिक विकासलाई प्राथमिकता दिएको छ ।

थाव्रmे गाउँपालिकाले ९३ करोड १२ लाख ४५ हजार बजेट सार्वजनिक गर्दै कृषि, रोजगार, स्वास्थ्य सेवा सुधार, गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएको छ । गजुरी गाउँपालिकाले ६७ करोढ २२ लाख ९२ हजार रुपियाँको बजेट सार्वजनिक गर्दै स्वास्थ्य, शिक्षा, ज्येष्ठ नागरिक, खानेपानिलगायतका विकासलाई जोड दिएको छ । समग्रमा धादिङका पालिकाले आर्थिक, सामाजिक र पूर्वाधार विकासलाई मूल आधार मान्दै समावेशी, दिगो र स्थानीय आवश्यकता तथा स्रोत अनुसारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । 

हरिहरपुरगढी र मरिणको सार्वजनिक 

सिन्धुली समाचारदाताका अनुसार सिन्धुली जिल्लामा मरिण र हरिहरपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यव्रmम र बजेट गाउँ सभामार्फत सार्वजनिक गरेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, भौतिकपूर्वाधार निर्माण, पर्यटन र रोजगारीलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर मरिण र हरिहरपुरगढी गाउँपालिकाले गत वर्षको बजेटमा बढाइ आगामी आर्थिक वर्षको नीति तथा कार्यव्रmम र अनुमानित बजेट सार्वजनिक गरेका छन् । 

हरिहरपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६१ करोड १३ लाख ५५ हजार ९३७ रुपियाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमध्ये चालुतर्फ ४४ करोड दुई लाख ५५ हजार ९३७ रुपियाँ र पुँजीगततर्फ १७ करोड ११ लाख रुपियाँ रहेको छ । गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाले बस्ती, वडास्तरबाट आएका योजना र लक्षित समूहलगायत विषयगत क्षेत्रसँग लिइएको सुझावको आधारमा नीति तथा कार्यव्रmम तयार गरी बजेट निर्माण  गरिएको बताउनुभयो ।

त्यस्तै मरिण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७६ करोड १३ लाख ७८ हजार आठ सय रुपियाँ अनुमानित बजेट गाउँ सभामा सार्वजनिक गरेको छ । उक्त बजेटमध्ये चालुतर्फ ५१ करोड आठ लाख ४६ हजार आठ सय रुपियाँ र पुँजीगततर्फ २५ करोड पाँच लाख ३२ हजार रुपियाँ रहेको छ । 

(शालिग्राम नेपाल, राममणि दाहाल, अनिल पराजुली, बाबुराम देवकोटा, नवराज श्रेष्ठ, अस्मिता पोखरेल, विदुर आचार्य र स्मिता अर्जेलको सहयोगमा ।)