• ११ असार २०८२, बुधबार

विपद् व्यवस्थापन सामग्री प्रदर्शन (फोटो फिचर)

blog

प्रदर्शन अवलोकनका क्रममा सामग्रीबारे जानकारी दिँदै नगर प्रहरी । तस्बिर : केशब गुरुङ ।

काठमाडौँ, असार ११ गते । काठमाडौँ महानगरपलिकाको प्रहरी बलले नेपाले विपद् व्यवस्थापन उद्धारका सामाग्री प्रदर्शन गरेको छ । आज बुधबार सुनधारास्थित बागदरबारमा रहेको महानगरको कार्यालय परिसरमा विपद् व्यवस्थापनसँग सम्बन्धित उद्धारमा प्रयोग हुने  उपकरण ब्रिफिङका लागि प्रदर्शन गरेको छ ।

विपद्का बेला कुन निकायसँग के सामान छ भन्ने थाहा नहुँदा उद्धार गर्न समस्या भएको हुँदा नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसग समन्वय गरेर विपद परेका बेला कार्य व्यवस्थापन गर्न सजिलो होस् भनेर प्रदर्शन गरिएको महानगरले जनकारी दिएको छ । नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधिले प्रदर्शनको अवलोकन गरेको थियो । अवलोकन गर्ने क्रममा महानगरले पदर्शन गरिएको सामग्रीको ब्रिफिङ गरेको थियो । यस कार्यक्रमले तीनवटै सुरक्षा सङ्गठन र महानगरबिचमा समन्वय हुने  विश्वास महानगरले लिएको छ ।















Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।