• ११ असार २०८२, बुधबार

साँफेबगर नगरपालिकाद्वारा ७१ करोड १२ लाखको बजेट सार्वजनिक

blog

साँफेबगर नगरपालिकाको नगर सभाका सहभागिहरु । तस्बिर : एकेन्द्र महता

एकेन्द्र महता
अछाम, असार ११ गते ।
अछामको साँफेबगर नगरपालिकाद्धारा आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि ७१ करोड १२ लाख ६६ हजार २०१ रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर सभाको १४ औं अधिवेशनमा नगर उपप्रमुख शिव बहादुर कुँवर शिलोजले बजेट प्रस्तुत गर्नुभएको हो ।

आर्थिक वर्ष ०८२/८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा राजस्व बाँडफाँटमा संघ सरकारबाट १० करोड २३ लाख, ४० हजार, प्रदेश सरकारबाट ३४ लाख २६ हजार, वित्तीय समानिकरण तर्फ संघ सरकारबाट १० करोड ८२ लाख, प्रदेश सरकाबाट एक करोड १० लाख हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएको नगर उपप्रमुख कुँवरले जानकारी दिनुभयो ।

यस्तै, सर्शत अनुदानमा सङ्घीय सरकारबाट चालु तर्फ ३९ करोड ५६ लाख, पूँजीगत तर्फ दुई करोड १६ लाख, प्रदेश सरकारबाट आठ लाख, समपुरक अनुदान सङ्घीय सरकारबाट एक करोड ७० लाख, प्रदेश सरकारबाट ५० लाख, विशेष अनुदान संघीय सरकारबाट चालु तर्फ एक करोड ३३ लाख, पूँजीगत तर्फ एक करोड ७७ लाख, प्रदेश सरकारबाट चालु तर्फ ५० लाख र पूँजीगत तर्फ २५ लाख प्राप्त हुने अनुमान गरिएको उपप्रमुख कुँवरले जानकारी दिनुभयो । आन्तरिक स्रोतबाट एक करोड ५० लाख राजस्व संकलन हुने प्रक्षेपण गरिएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेटमा विषयगत शाखालाई बजेट विनियोजन गरिएको छ । आगामि आर्थिक वर्षको बजेटमा वडाको प्राथमिकता योजनाको लागि एक करोड ५० लाख, वडा भवन निर्माणका लागि एक करोड ५० लाख, सडक पुल तथा यातायातको लागि एक करोड ५० लाख, विद्यालयका कर्मचारीको लागि थप सुविधामा एक करोड २५ लाख विनियोजन गरिएको नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले जानकारी दिनुभयो ।

कृषि विकास कार्यक्रम २० लाख, पशुपंक्षी विकास कार्यक्रम १२ लाख, पर्यटन संस्कृति साहित्यमा १० लाख, स्वास्थ्य ४० लाख, शिक्षा ३६ लाख, महिला बालबालिका शाखा ३० लाख, खानपानी तथा सरसफाई ४० लाख, सिँचाइ तर्फ ४० लाख, न्यायीक समिति व्यवस्थापन तर्फ २० लाख रकम विनियोजन गरिएको नगर प्रमुख कुँवरले जानकारी दिनुभयो ।

कृषिलाई व्यवसायीकरण, भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, खानेपानी योजना, खेलकुद, पर्यटन, संस्कृति क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको नगर प्रमुख कुँवरले जानकारी दिनुभयो ।