• १० मंसिर २०८१, सोमबार

धामी नाचेर साउने पूर्णिमा मनाइँदै

blog

साउने पूर्णिमाको अवसरमा धामीहरु नाच्ने तयारीमा । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, साउन ३ गते ।
 जिल्लामा धामी नाचेर श्रवण शुक्ल पूर्णिमा मनाउने गरिन्छ । दुई दिनसम्म मनाइने यो पर्वमा बाँडपाल लगायतका देवताको माडुमा (मन्दिर)मा धामी नाचेर गर्छन् । यो पर्वको आज (सोमबार) अन्तिम दिन हो ।

हुम्ला जिल्लाका अधिकांश स्थानमा साउने पूर्णिमाका दिन माडुहरूमा धामी नाचेर मनाउने गरिन्छ । सिमकोट गाउँपालिका–६ निवासी धर्मराज रोकायाले धामी झाँक्रीहरूले एकादशीबाट पूजापाठ र व्रत बस्न सुरु गर्ने गरेको भए पनि चतुर्दशीबाट भने नाचेर यो पर्व सुरु गर्छ । 

सिमकोट गाउँपालिका–५ को बाँडपालको माडुमा धामीहरूले नाचेर धूमधामसँग साउने पूर्णिमा मनाउने गर्छन् । यसअघि धुपीरुखमा बाँडपालका झाँक्रीले तल्लो र माथिल्लो गाउँका धामीहरू भेट हुने बित्तिकै दुध छर्किन्छन् ।

कालाशिल्ता, मस्टो, बाँडपाल, घण्टपाल, समैजी, गुरा, भवानी लगायतका धामीहरू पालैपालो नाचेर मनाउने कार्य निक्कै रमणीय हुन्छ । घरबाट टाढा गएका मानिसहरू पूर्णिमामा आउने भएका कारण यो पूर्णिमा भेटघाट हुने पर्वका रूपमा पनि मानिन्छ ।

स्थानीयहरू नयाँ कपडामा सजिएर माडुमा रमाइलो हेर्न जाने गरिन्छ । पहिले पहिले यो पर्वको अवसरमा वर्षमा एक दिन नयाँ कपडा फेर्ने दिनका रूपमा पनि लिइन्थ्यो ।