• ३२ साउन २०८१, शुक्रबार

पहिरोले जाजरकोट सडक खण्ड अवरुद्ध

blog

जाजरकोट खहरे खोला नजिक भीरमा गएको पहिरो पन्छाउँदै । तस्बिर: बासुदेव शर्मा

बासुदेव शर्मा 

जाजरकोट साउन ३२ गते । अविरल वर्षाका कारण छिन्चु–जाजरकोट खण्ड पहिरोले अवरुद्ध गरेको छ । बिहीबार राति परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाका अन्तर्गत ठाउँ ठाउँमा पहिरो गएपछि  सडक अवरुद्ध भएको हो । 

राजमार्ग अन्तर्गतको भेरी नगरपालिका-१३ कुदु देखि खलङ्गा नजिक खहरे खोला भीर र छेडागाड नगरपालिका-१२ कालापहाड नजिक पहिरो खसेपछि  सदरमुकाम देखि नेपालगन्ज, सुर्खेत, काठमाडौँ जाने र आउने सवारी साधन बिहान देखि ठप्प भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत छेडागाड नगरपालिका-१२ काडलापहाड देखि तल्लुबगरसम्मको सडकखण्डको ठाउँ ठाउँमा पहिरो झरेपछि यात्रुलाई समस्या भएको छ । सडक डिभिजन कार्यालयको जेसिवीले बिहान देखि पहिरो पन्छाउने काम गरेको छ भने अन्य ठाउँमा गएको पहिरो जेसिवी नहुँदा काम सुरु हुन नसकेको बताउनुभयो । 

जेसिवी थप गरी दिनभर पहिरो पन्छाउने बताउनुभयो । बिहान देखि चन्दननाथ गण मालिका ब्यारेकदेखि तल झरेको पहिरो पन्छाउन थालिएको छ । पहिरो राति गएकाले मानवीय क्षति नभए पनि जिल्ला सदरमुकाम खलंङ्ला देखि बाहिरिने र  सदरमुकाम भित्रिने  सवारी साधन तथा यात्रु अलपत्र परेका छन् ।