दुईवटा नगरबस सञ्चालनमा ल्याइँदै
मुगुको छायाँनाथ रारा नगरपालिकाले दुईवटा नगरबस सञ्चालनमा ल्याउने भएको छ । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले आफ्नो चुनावी नारामा प्रतिबद्धता गरेअनुसार नगरपालिकाको कार्यक्रम अन्तर्गत सुविधायुक्त बस सञ्चालनमा ल्याउन लागेको बताउनुभयो ।
भूकम्पपीडितको आँगनमा आएन तिहार
जाजरकोट भूकम्पले मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ ।
जाजरकोटमा चार म्याग्निच्युडको परकम्प
मंगलबार राति ९ बजेर १५ मिनेटमा जाजरकोटको पैङ्क केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
आगलागी हुँदा घर जलेर नष्ट, दुई घरमा आंशिक क्षति
मुगुको छायाँनाथ रारा नगरपालिका –१० जिउँला गाउँमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । दुई घरमा आँशिक क्षति भएको छ ।
सुरक्षाका लागि चाडपर्वलक्षित प्रहरी गस्ती
जिल्ला प्रहरी कार्यालय कालीकोटले तिहारलक्षित सुरक्षा प्रभावकारी बनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार गाउँमा गस्ती बढाएको बताउनुभयो ।
सुरक्षाकर्मीद्वारा सीमास्तम्भको संयुक्त अनुगमन
हिल्सादेखि किट क्षेत्रमा स्थापना गरिएका नेपाल र चीनको सीमाक्षेत्रका सीमास्तम्भहरुको दुई देशका सुरक्षाकर्मीद्वारा संयुक्त अनुगमन गर्ने काम भएको छ । दुवै देशका सुरक्षाकर्मीको उपस्थितिमा सीमा स्तम्भको अवस्था बारेका संयुक्त रुपमा जानकारी लिन अनुगमन गरिएको हो ।
सिमकोटमा रोकिएको नेपाल एयरलाइन्सको जहाजको अर्को इन्जिनमा पनि समस्या
एउटा इन्जिनमा समस्या देखिएर सिमकोट विमानस्थलमै रोकिएको नेपाल एयरलाइन्सको ट्वीनीटर जहाजको अर्को ईन्जिनमा पनि उस्तै समस्या देखिएको छ ।
भूकम्पपीडितको तिहार पालमा
देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैका दुःख मेटिएको आभाष गर्न सकिन्छ। तर भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका नागरिकको दुःख र त्रास दुवै उस्तै छ।
पीडामा जाजरकोटका भूकम्प प्रभावित (फोटो फिचर)
जाजरकोटमा भूकम्प गएको १० दिन बिते पनि त्यसको पीडा स्थानीयका लागि उस्तै छ। एक चरणमा सरकारले राहत सामग्री पुर्याए पनि पीडितका दुःख उस्तै छन्।
भेरी नगरपालिकाले स्थगित गर्याे राहत वितरण
नगरपालिकाले सूचना जारी गर्दै राहत सामग्री वितरण कार्य स्थगित गरेको हो। कार्तिक १७ गते राति गएको भूकम्पबाट जिल्लामा ठुलो धनजनको क्षति भएपछि प्रभावित क्षेत्रका परिवारलाई राहत वितरण हुँदै आएको थियो।
खसेको ढुङ्गा लागेर महिलाको मृत्यु
माथिबाट खसेको ढुङ्गा लागेर हुम्लामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको सर्केगाड गाउँपालिका –३ उनापानी गाउँमा घर भएकी ४१ बर्षीया पुनी कार्कीको मृत्यु भएको हो ।
भेरी नदीमा खसेर कांग्रेस नेता बेपत्ता
आइतवार राहत सामग्री लिएर नलगाड नगरपालिका १३ मा आएको हेलिकोप्टर ल्याण्ड गर्दा खच्चरको भागदौड हुँदा एक जना भेरी नदीमा खसेर बेपत्ता हुनुभएको छ ।
युवाले ध्यान नदिंदा हराउन थाले पुर्खाका सीप
पछिल्लो समय कालीकोटमा पुर्खाको सीप हराउन थालेको छ । अघिल्लो पुस्ताको सीपलाई अहिलेका पुस्ताले नसिक्दा पुर्खाका सीप बिस्तारै हराउँदै जान थालेको हो ।
भूकम्पपीडितलाई रामदेवको आठ ट्रक राहत सामग्री
योग गुरु रामदेवले जाजरकोटका भूकम्पपीडितलाई आठ ट्रक राहत सामग्री पठाउनुभएको छ । पतंञ्जली योगपिठ हरिद्वार उत्तराखण्ड भारतबाट विभिन्न राहत सामग्री लिएर सोमवार ट्रक आइपुगेको हो ।
तिहारमा लिमिटेडको खाद्यान्न गोदाम रित्तै
खाद्य व्य वस्था तथा ब्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाको खाद्यान्न गोदाम रित्तो भएको छ । अघिल्लो आर्थिक वर्षको खाद्यान्न मौज्दात नभएको र चालु वर्षको निर्धारित कोटाको खाद्यन्न हालसम्म ढुवानी हुन नपाएपछि गोदाम रित्तो भएको बताइएको छ ।
नेपाल एयरलाइन्सको जहाज सिमकोट मै रोकियो
सिमकोटबाट नेपालगन्जका लागि उडान भर्ने क्रममा जहाजमा प्राविधिक समस्या आएपछि नेपाल एयरलाइन्सको ट्वीनीटर जहाज सिमकोट विमानस्थल मै रोकिएको छ । अचानक जहाजको बायाँ इन्जिनमा खराबी आउँदा जहाज सिमकोट विमानस्थल मै रोकिनु परेको हो ।
भूकम्पबाट जाजरकोट र रुकुमका ४० हजार विद्यार्थी प्रभावित
कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ३० प्रतिशत विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
राहत सामग्रीमा आगजनी गर्ने दुईजना पक्राउ
रुकुमपश्चिममा भूकम्प पीडितहरूको राहत वितरणमा आगजनी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
हुम्लामा राति नौ बजेपछि देउसी-भैलो खेल्न नपाइने
हिमाली जिल्ला हुम्लामा राति नौ बजेपछि तिहारमा देउसी–भैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै देउसी भैलो खेल्ने समय तोकेको हो।
अस्थायी आवास निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोटमा कात्तिक १७ गते गएको भूकम्पपछिको उद्धार, राहत तथा अस्थायी आवास निर्माणका विषयमा कर्णाली प्रदेश सरकार र सुरक्षा निकायका प्रदेश प्रमुखसँग आइतबार सुर्खेतको वीरेन्द्रनगरमा छलफल गर्नुभएको छ।
भूकम्प प्रभावितहरुका लागि ३१ लाख रुपियाँ जम्मा
जिल्ला विपद् व्यवस्थापन समिति रुकुमपश्चिमको खातामा ३१ लाख १४ हजार १४७ रुपियाँ जम्मा भएको छ ।
भूकम्पपीडित शोक र पीडामा : तिहारको छैन रौनक
गाउँभरि ढकमक्क सयपत्री मगमगाउँदो छ । मखमली फूलले दाजुभाइको प्रतीक्षा गरिरहेका छन् । तर तिहारको रौनक भूकम्प प्रभावितलाई पटक्कै छैन ।
‘आफू बाँचे तर मेरो नाति बचाउन सकिनँ’
मध्यरात भुकम्प गएपछि घर यताउता हल्लाउन थाल्यो । सुतेकी थिएँ । ओछयानबाट उठन सकिन । छतबाट माटो खसेर मेरो आधा शरीर पुरिसकेको थियो । अर्कोतिर नाति कराएको सुनें ।
चिसोले कठ्याङ्ग्रिन थाले भूकम्पपीडित, वर्षाले थप पीडा
भूकम्पपछि घरबासविहीन यहाँका सर्वसाधारणहरु चिसोले कठ्याङिग्रन थालेका छन् । शनिबार बिहानदेखि लागेको बादल र साँझ परेको पानीका कारण खुला चौरमा त्रिपालमूनि बसिरहेका भूकम्प प्रभावितहरुले थप पीडा थेप्न परेको छ ।