बढ्न थाल्यो मानसिक समस्या
रुकुमपश्चिमका भूकम्पपीडितमा मनोसामाजिक समस्या देखा पर्न थालेको छ । भूकम्पद्वारा सिर्जित समस्याले पु¥याएको आघातले मानसिक समस्या बढ्न थालेको हो । सुरुका दिनमा तर्सिने, डराउने समस्या झेलिरहेका पीडितमा अहिले टोलाउने, नबोल्ने, बोल्दा झर्किने, निन्द्रा नपर्ने तथा खाना खान मन नलाग्ने समस्या देखिन थालेका छन् । जिल्ला समन्वय समिति रुकुमपश्चिमका प्रमुख लुम्बिनी गौतमले परिवारका सदस्य र घरबास गुमाएका व्यक्तिमा यस्ता खालका समस्या देखिन थालेको बताउनुभयो ।
चिसो बढ्दैछ, त्रिपालको भरमा भूकम्प पीडित
रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी बस्नु हुन्छ । त्रिपालको छेउमै सार्वजनिक धाराबाट बगेको ठुलो पानीको आहाल छ । मौसमी चिसो बढ्दै छ । भूकम्पबाट त भागेर जोगियौँ तर चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले उहाँलाई सताइरहेको छ ।
जाजरकोटमा छैन तिहारको रमझम (फोटो फिचर)
कात्तिक १७ गते शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा बढी क्षति गरेको छ ।
पन्ध्र दिनपछि विद्युत सेवा सुचारु
हिल्दुम विद्युत बितरण केन्द्रले अबरुद्ध भएको १५ दिनपछि बिधुत आपुर्ति सुचारु गरेको छ । केन्द्रको पावरहाउसको मुख्य क्यानल र नहरमा पेनस्टिक पाईप जडान कार्य सम्पन्न भएपछि केन्द्रले बिधुत आपुर्ति सुचारु गरेको हो ।
माथिल्लो मुगुमा हिमपात भएपछि जनजीवन प्रभावित
यसअघि असोज ३० गते हिमपात भएको स्थानीय पेमा लामाले जानकारी दिनुभयो। गत वर्ष भन्दा यो वर्ष चाँडै हिमापात भएको उहाँले बताउनुभयो।
भाटभटेनीद्वारा भूकम्पपीडितलाई ३५ लाखको चामल सहयोग
रुकुमपश्चिमका भूकम्प प्रभावितहरुको लागि भाटभटेनी सुपर मार्केट प्रालिले खाद्यान्न सहयोग गरेको छ । भाटभटेनीले जिल्ला प्रशासन कार्यालयमार्फत जिल्लाको सानीभेरी र आठबीसकोट नगरपालिकाका प्रभावितलाई सहयोग गरेको हो ।
१२ सय परिवारलाई पुग्ने त्रिपाल लिएर रूकुममा उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडित परिवारका लागि राहत लिएर आज (शनिबार) रुकुम पश्चिम पुग्नुभएको छ ।
भूकम्पका कारण करिब रु. एक करोड ९० लाखका पशुपन्छीको क्षति
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब रु. एक करोड ९० लाखका पशुपन्छीको क्षति भएको छ ।
पुरिएका एक्साभेटर चालकको १८ घण्टापछि उद्धार
कालिकोट जिल्लाको शुभ कालिका गाउँपालिका वडा नं १ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा परिएका एक्साभेटर चालकको १८ घण्टा पछि उद्धार गरिएको छ । एक्स्काभेटर सडक चौडा गरिरहेका बेला माथिबाट आएको सुख्खा पहिरोले एक्स्काभेटरसँगै परिएका चालकको शरीर क्षतविक्षत भएको अवस्थामा उद्धार गरिएको हो ।
भीरबाट लडेर बाबुको मृत्युपछि तीन बालकको बिचल्ली
भीरबाट लडेर बुबाको मृत्यु भएपछि तीन जना नाबालकको बिचल्ली भएको छ । आमा समेत बिरामी भएर घरमै थलिएपछि १२ वर्षीय सागर नेपाली, नौ वर्षीय महेश नेपाली र चार वर्षीय सुजन नेपाली बिचल्लीमा परेका हो ।
भूकम्पपीडितमा पानी परेपछि थपियो चिन्ता
जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितकहाँ अझैँ राहत सामग्री पुगेको छैन । भूकम्पका कारण घरबिहीन बनेका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्नको कुरिरहेका छन् । त्यसमाथि आज विहान पर्न थालेको पानीले थप जोखिम थपेको छ । भूकम्पले चर्किएका घर पानीले भत्काउने सम्भावना बढेको छ । त्रिपालबिना खुला चौरमा बसिरहेका सर्वसाधारणमा ज्वरो, टाइफाइड सुरु भएको नलगाड नगरपालिका–८ का रामप्रसाद खत्रीले बताउनुभयो ।
भूकम्पपीडितमा देखिन थाल्यो स्वास्थ्य समस्या
भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो ।
त्रिपालबाट स्वास्थ्य सेवा
भूकम्पले ग्रामीण बस्तीका स्वास्थ्य चौकीमा क्षति पु¥याएपछि त्रिपाल टाँगेर सेवा प्रवाह गर्न थालिएको छ । भुइँचालोबाट जाजरकोट अस्पतालसहित ग्रामीण बस्तीका स्वास्थ्य चौकीका भवन क्षतिग्रस्त भएका छन् । भुइँचालोले स्वास्थ्य चौकी भवन क्षतिग्रस्त भएपछि सामान्य तथा जटिल रोगका बिरामी, गर्भवती, सुत्केरी महिला समस्यामा परेका छन् ।
ऋणमाथि ऋणकै भारी
आठबिसकोट नगरपालिका–११, चौरका ३४ वर्षीय डिल्लीबहादुर विकले चार वर्षअघि सात लाख खर्च गरेर बनाएको घर भूकम्पले चिरैचिरा बनाइदियो । भारतको कमाई र ऋण सापट गरी बनाएको घर बस्नै नहुने बनाएपछि दाउरा राख्न बनाइएको कटेरोमा बस्दै आएका डिल्लीबहादुरलाई चिन्ता छ, अब घर कसरी बनाउने ? उहाँले भन्नुभयो, “घर बनाएको ऋण तिरेकै छैन, भूकम्पले फेरि ऋण बढायो । अब ऋण तिर्न कालापहाड जानुको विकल्प छैन ।”उहाँका अनुसार, बाहिरबाट हेर्दा घर केही नभएको जस्तो छ । देख्दा चिटिक्क छ तर घरको चारैतिर भूकम्पले चिरा परेको छ । स्थानीय ५२ वर्षीय कोमल खत्रीका छोराले नौ लाख खर्च गरी बनाएको घरको ऋण तिर्न भारततिरै कमाई गर्दै छन् । घर बनाएको ऋण तिरिनसक्दै अर्को घर बनाउनुपर्ने बाध्यता खत्रीलाई आएको छ । उहाँले भन्नुभयो, “घर कसरी बनाउने, ऋण कसरी तिर्ने ? भ
भूकम्प पीडितलाई टहरा बनाउँदै काँग्रेस महामन्त्री गगन र विश्वप्रकाश
भूकम्प प्रभावित पीडितका अस्थायी टहरा निर्माण गर्न थालिएको छ । नलगाड नगरपालिका १ चिउरीमा अस्थायी टहरा निर्माण गर्नु भएको हो ।
हुम्लाबाट अल्लोको लोक्ता र धागो निकासी
हिमाली जिल्ला हुम्लाबाट पहिलो पटक अल्लोको लोक्ता र धागो निकासी गर्न उद्यमी सफल हुनुभएको छ । त्यसै खेर गएको अल्लोलाई प्रशोधन गरेर अदानचुली गाउँपालिका–४ को मण्डाल्नी अल्लो कपडा उद्योगले ती सामग्री निकासी गर्न सफल भएर आर्थिक उपार्जनसमेत गरेको हो । उद्योगकी सञ्चालन प्याउरा जैसीले पहिलो पटक नौ लाख मूल्यको अल्लोको लोक्ता र धागो प्रशोधन गरेर सुर्खेत निकासी गर्न सफल भएको बताउनुभयो । उहाँले वनमा खेर गएको अल्लो सङ्कलन गरेर गाउँमै स्थापना भएको प्रशोधन उद्योगबाट धागो निकाल्ने र सुर्खेतमा निकासी गर्ने गरिएको बताउनुभयो ।
पहिरोले स्काभेटर पुरिएर चालकको मृत्यु
कालीकोटको शुभकालीका गाउँपालिका –१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा स्काभेटर पुरिदा चालकको मृत्यु भएको छ ।
चारजनाको हत्या आफन्तबाटै
मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ । हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले मुगु सामूहिक हत्याको अनुसन्धानको जिम्मा लिएको थियो ।
मृतक परिवारलाई राहत वितरण
भूकम्पको कारण मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले राहत रकम वितरण गर्न थालेको छ । प्रशासनले मृतकको घरमै गएर मृतकका परिवारलाई दुई लाख रुपियाँको दरले राहत दिन थालेको हो ।
भूकम्पपीडितलाई राहत र पुनःस्थापनामा ढिलाइ हुन्न : मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितको उद्धार, राहत र पुनः स्थापनाका लागि सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको बताउनुभएको छ ।
बोलेरो दुर्घटना हुँदा चार खेलाडी घाइते
कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका– ४ ठाना सिमतलीमा बोलेरो जीप दुर्घटना हुँदा चार खेलाडी घाइते भएका छन् ।
गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदैछ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रपछिका पछिल्ला १५ वर्षमा रोल्पाको मुहार परिवर्तन हुँदैगएको बताउनुभएको छ। शुक्रबार दिउँसो सहिद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।
यस्तो छ भूकम्पपछि जाजरकोटको जनजीवन (फोटो फिचर)
कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पको केन्द्रबिन्दु हो, जाजरकोटको रामीडाँडा । त्यहाँ भूकम्प भएको आठ दिन भइसकेको छ ।
भूकम्पबाट रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या ५३
यही कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पमा परी घाइते हुनुभएका एकजनाको मृत्यु भएको छ ।