• १३ मंसिर २०८१, बिहिबार

जाजरकोटमा छैन तिहारको रमझम (फोटो फिचर)

blog

तस्बिरः कविता थापा

जाजरकोट, कात्तिक २५ गते ।  देशभर तिहारको रमझम हुँदा जाजरकोटमा भूकम्पको पीडाले तिहार खल्लो बनेको छ । खेत, बारी र कान्लामा फुलेका सयपत्री ओइलाउन थालेका छन् । भूकम्पले परिवारका सदस्य गुमाएको पीडामा सबै निराश छन् । चिसो बढेसँगै त्रिपालमा बसेका महिला, बालबालिका र वृद्धवृद्धाको जनजीवन सबैभन्दा बढी कष्टकर बनेको छ । कात्तिक १७ गते शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा बढी क्षति गरेको छ । भूकम्प प्रभावित जाजरकोटाको रिम्ना गाउँमा पुगेर गोरखापत्रका फोटो पत्रकार कविता थापाले कैद गर्नुभएका तस्बिरः