• १३ मंसिर २०८१, बिहिबार

भाटभटेनीद्वारा भूकम्पपीडितलाई ३५ लाखको चामल सहयोग

blog

खाद्यन्न लिएर रुकुमपश्चिम आइपुगेका गाडीहरु । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक २५ गते । रुकुमपश्चिमका भूकम्प प्रभावितहरुको लागि भाटभटेनी सुपर मार्केट प्रालिले खाद्यान्न सहयोग गरेको छ । भाटभटेनीले जिल्ला प्रशासन कार्यालयमार्फत जिल्लाको सानीभेरी र आठबीसकोट नगरपालिकाका प्रभावितलाई सहयोग गरेको हो । 

भाटभटेनी सुपर मार्केट प्रालिका क्षेत्रीय प्रबन्धक विनोद भट्टराइले दिनुभएको जानकारीअनुसार एक हजार ६८० बोरा अर्थात ४२ टन जिरामसिनो चामल सहयोग गरिएको हो । यो चामलको मूल्य ३५ लाख रुपियाँ हो । 

भाटभटेनीले पहिलो चरणमा प्रधानमन्त्री प्रकोप उद्धार कोषमा एक करोड ११ लाख एक हजार १११ रुपियाँ भूकम्पपीडितको नाममा जम्मा गरिसकेको छ । प्रभावित क्षेत्रमा खाद्यान्न अभाव नहोस् भनेर दोस्रो चरणमा चामल सहयोग गरिएको क्षेत्रीय प्रबन्धक भट्टराईले जानकारी दिनुभयो । जाजरकोटमा पनि चामल वितरण गर्ने जनाइएको छ ।