खलङ्गा समाचारदाता
जाजरकोट, कात्तिक २५ गते । भूकम्पले ग्रामीण बस्तीका स्वास्थ्य चौकीमा क्षति पु¥याएपछि त्रिपाल टाँगेर सेवा प्रवाह गर्न थालिएको छ । भुइँचालोबाट जाजरकोट अस्पतालसहित ग्रामीण बस्तीका स्वास्थ्य चौकीका भवन क्षतिग्रस्त भएका छन् । भुइँचालोले स्वास्थ्य चौकी भवन क्षतिग्रस्त भएपछि सामान्य तथा जटिल रोगका बिरामी, गर्भवती, सुत्केरी महिला समस्यामा परेका छन् ।
बारेकोट गाउँपालिका प्रशासनिक केन्द्र लिम्स प्रस्तावित आधारभूत अस्पतालसहित बर्थिङ सेन्टर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि प्रसूति सेवा टेन्टबाट दिन थालिएको छ । बारेकोट गाउँपालिका स्वास्थ्य शाख प्रमुख रामबहादुर रोकायका अनुसार स्वास्थ्य चौकी, अस्पतालका भवन पूर्ण रूपले क्षतिग्रस्त भएपछि सबै सेवा टेन्टबाट दिन थालिएको छ ।
जाजरकोट अस्पतालका तथ्याङ्क सहायक टेकबहादुर घर्तीमगरका अनुसार जाजरकोट अस्पतालका आठ क्वाटर, नलगाड नगरपालिका दल्ली अस्पताल तीन वटा, बारेकोट लिम्सास्थित प्रस्तावित आधारभूत अस्पतालसहित बर्थिङ सेन्टर, कुशे गाउँपालिकामा पाँच वटा गरी १७ वटा भवन पूर्ण क्षतिग्रस्त छन् । भेरी नगरपालिकामा आठ, नलगाड नगरपालिकामा पाँच, शिवालयमा तीन, छेडागाडमा पाँच, बारेकोटमा चार वटा कुशे गाउँपालिकामा १३, जुनीचाँदे गाउँपालिका–११ वटा गरी जम्मा ६० वटा भवन आंशिक क्षति भएको घर्तिमगरले जानकारी दिनुभयो । कुशे गाउँपालिकामा चार, अर्छानीका दुई वटा, वडा नम्बर–७, समाइला स्वास्थ्य चौकीको एक वटा भवन, वडा नम्बर ८ को स्वास्थ्य चौकी, वडा नम्बर–३ को डाँडाभौता स्वास्थ्य चौकी पूर्ण क्षति भएपछि त्रिपालबाट सेवा दिएको जनाइएको छ ।
बारेकोट गाउँपालिकास्थित प्रस्तावित आधारभूत अस्पतालले त्रिपालबाट सुत्केरी सेवा दिएको छ । बर्थिङ सेन्टर क्षतिग्रस्त भएपछि सुत्केरी सेवा त्रिपालबाट दिएको छ । बारेकोट गाउँपालिका–३ की सुनिता बस्नेत सुत्केरी व्यथा लागेर शुव्रmबार प्रस्तावित आधारभूत अस्पताल पुग्नुभएको थियो । उहाँले त्रिपालमै सुत्केरी भएर छोरीलाई जन्म दिनुभएको थियो । बर्थिङ सेन्टरको भवन पूर्ण क्षति भएपछि सेवामा असहज भएको छ । सुत्केरी व्यथाको पीडा त्रिपालभित्र भए पनि सुत्केरी सेवा दिन सफल भएको शाखा प्रमुख रोकायले जानकारी दिनुभयो । बर्थिङ सेन्टर क्षतिग्रस्त भएपछि सुत्केरी गर्भवती महिला समस्याम परेका छन् ।