घर बनाउने निर्माण सामग्री निःशुल्क उपलब्ध गराउन माग
राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमले भूकम्प प्रभावित क्षेत्रमा भवन पुनर्निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरु एक पटकको लागि निःशुल्क उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ ।
आठबीसकोटमा भूकम्पपीडितका लागि अस्थायी आवास
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण थालिएको छ ।
यारी भन्सारमा कर्मचारी अभाव
नेपाल र चीनको यारी भन्सार कार्यालयका लागि कर्मचारी अभाव देखिएको छ। भन्सार विभागले आवश्यक दरबन्दी अनुसारको कर्मचारीको व्यवस्था गर्न नसक्दा कर्मचारीको अभाव देखिएको हो।
प्युठानमा राष्ट्रिय बालसाहित्य सम्मेलन हुने
प्युठानमा २८ औं राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ
खटिए स्वयम् सेवक
नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का कार्यकर्ता जाजरकोटको माथिल्लो थाप्लेस्थित भूकम्पपीडितका भत्किएका घर व्यवस्थापन तथा अस्थायी टहरा निर्माणमा खटिएका छन् । नेकपा (एमाले) का केन्द्रीय सदस्य डम्बरबहादुर सिंहका अनुसार एमाले केन्द्रीय सदस्य तथा जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा माथिल्लो थाप्लेमा ७५ जना स्वयम्सेवक परिचालन गरिएको छ । स्वयम्सेवकले हेल्मेट, ज्याकेट, पन्जा जस्ता सुरक्षा सामग्री प्रयोग गरेका छन् । उनीहरूले भूकम्पले भत्किएका सरकारी कार्यालयका ढुङ्गा, माटो र काठहरू पन्छाउने काममा लागिपरेका छन् ।
सैँतिस वर्षदेखि भेडाकै पछिपछि
सिमकोट गाउँपालिका–७ का जगत शाही ३७ वर्षदेखि भेडी गोठालोका रूपमा काम गर्दै आउनुभएको छ । ५४ वर्षका शाहीले १७ वर्षको उमेरमा भेडी गोठालोको काम थाल्नुभएको थियो ।उच्च पाटनमा पालनका लागि राखिँदै आएका भेडी गोठ फेदीतर्फ झार्दै गर्दा भेटिएका शाहीले भन्नुभयो, “जीवनको अधिकांश समय भेडी धपाउँदै बित्यो ।”
वडाध्यक्षले गरे लोकसेवा परीक्षामा अमिन पास
सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकाल्नुभएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित हुनुभएका रोकायको अमिनमा नाम निस्केको हो ।
जाजरकोटमा चिसोले थप तीनको मृत्यु
चिसोका कारण जाजरकोटमा थप तीनजना वृद्धको ज्यान गएको छ ।
नियमित उडान नगर्ने जहाजलाई अवरोध गरिने
नेपालगन्जदेखि डोल्पाको जुफाल विमानस्थलमा नियमित यात्रु उडान नगर्ने एयरलाइन्सका जहाजलाई अवतरणमा अवरोध गरिने भएको छ ।
जाजरकोट : त्रिपालमा आश्रित भूकम्पपीडित बिरामी
घाइते भएका र मृतकका आफन्त अहिले पनि सामूहिकरुपमा त्रिपालमा बसेका छन् । भूकम्प नआए पनि उनीहरुको मनमा धेरै पटक भूकम्प गएझैँ हुने गरेको छ
प्रदेश सरकारले अस्थायी टहरा निर्माण गर्दै
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित गाउँ बस्तीमा अस्थायी टहरा निर्माण गर्ने भएको छ ।
दुई समूह बिचको झडप, प्रहरी सहित १२ घाइते
कालीकोटको महावै गाउँपालिकामा दुई समूह बिच झडप हुँदा १२ जना घाइते भएका छन् । वडा नं ७ को राम्नी गाउँमा भाइटिकाको दिनमा नाचगान गरिरहेको अवस्थामा गीत बजाउने डिजे (बुफर) का विषयमा भएको विवाद झडपमा परिणत भएको थियो ।
सुत्केरीको हेलिकप्टर मार्फत उद्धार
रुकुमपश्चिममा एक सुत्केरीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ३ की २० वर्षीया फूलमाया ओलीलाई हेलिकप्टर मार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पतालमा थप उपचारको लागि लगिएको हो।
जाजरकोट भूकम्प : ढोकाको आड लिएर बाँचेका दिनेश !
“गत कात्तिक १७ गतेको सुनसान मध्य रात । मस्त निद्रामा थिएँ । मलाई एक्कासि घर हल्लियोे । एकाएक घरका छाना र गारो ढल्न थालेपछि हतपत उठेर ढोकातिर लागेँ । ढोकानेर पुगेपछि त्यसको मुनि अडिए । भूकम्पको झट्काले घर भत्किँदै गयो ।”
गोरु काटेको आरोपमा तीन पक्राउ
कालीकोट प्रहरीले गोरु काटिरहेको अवस्थामा तीन जनालाई नियन्त्रणमा लिएको छ । कात्तिक २५ गते नरहरीनाथ गाउँपालिका–८ मा गोरु काटिरहेको सूचना प्राप्तपछि इलाका प्रहरी चौकी कुमाल गाउँबाट खटिएको प्रहरी टोलीले गोरु काट्ने काममा संलग्न रहेको आरोपमा २६ गते बिहान पक्राउ गरेको हो ।
विद्यालयलाई भूकम्प प्रतिरोधी भवन
विद्यालयमा भएका पुराना भवन जीर्ण र साँघुरा भए पनि आधार विकास नेपालको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएर सञ्चालनमा आएको हो ।
भूकम्प पीडितलाई जुम्लाबाट ३६ लाखभन्दा बढी सहयोग गरिने
भूकम्प पीडितको राहात तथा पुनर्निर्माणका लागि जुम्लाका स्थानीय सरकारले ३६ लाख छ हजार सहयोगको घोषणा गरेका छन् ।
जाजरकोटमा चिसोले दुई जनाको मृत्यु
चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ ।
भूकम्प प्रभावितलाई मनोपरामर्श
भूकम्पले प्रभावित जाजरकोटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले मनोपरामर्श र जनस्वास्थ्य शिक्षा दिन थालेको छ । कर्णाली प्रतिष्ठानका जनस्वास्थ्य डिन प्राडा मुनिराज क्षेत्री, जनस्वास्थ्य लेक्चर डा. ओमप्रकाश काफ्ले, मनोपरामर्शदाता नन्दराज आचार्यसहित छ जनाको टोली अहिले जाजरकोटमा खटिएको छ । भूकम्प प्रभावितलाई सामाजिक मनोपरामर्श, जनस्वास्थ्य शिक्षा दिन प्रभावित क्षेत्रमा जुम्लाबाट टिम त्यहाँ पुगेर खटिएको प्रतिष्ठानका जनस्वास्थ्य डिन क्षेत्रीले जानकारी दिनुभयो ।
यातायात व्यवसायीको सिन्डिकेटले यात्रु मर्कामा
दक्षिणी हुम्लाबाट बाजुरा, सुर्खेत, नेपालगन्ज हुँदै काठमाडौँसम्म जान पैदल यात्रुहरू मर्कामा पर्ने गरेको पाइएको छ । बाजुरा र कालिकोट जिल्लाका यातायात व्यवसायीको यातायात सिन्डिकेटको कारण यात्रु मर्कामा परेकाे भएको हो ।
पैँतालिस स्वास्थ्य संस्था र दुई सय आठ विद्यालयमा क्षति
जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति पुगेको छ । स्वास्थ्य संस्थाको भवनमा क्षति पुगेपछि अस्थायी टहरा बनाएर सेवा प्रदान गरिएको छ । विद्यालय दसैंतिहार बिदामा बन्द रहेका विद्यालय त्यसपछि कसरी सञ्चालन गर्ने भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिमा छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जाजरकोटमा छ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रुकुमपश्चिमम दुई वटा पूर्ण र २२ वटा आंशिक गरी २४ वटा र सल्यानमा तीन वटा पूर्ण क्षतिसहित कुल ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।
अष्ट्रेलियाले भूकम्प प्रभावितलाई पाँच करोड सहयोग गर्ने
अष्ट्रेलियाले जाजरकोटमा गएको भूकम्प प्रभावितलाई आकस्मिक आवश्यकताका लागि छ लाख अष्ट्रेलियाली डलर (करिब पाँच करोड नौ लाख रुपियाँ) सहायता प्रदान गर्ने भएको छ । अष्ट्रेलिया कोषले सो रकम उपलब्ध गराउने भएको हो ।
भूकम्पले चर्किएको घर भत्किँदा चारजना घाइते
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलिमा एक घर भत्किदा चार जना घाइते भएका छन् । भूकम्पले चर्काएको झकबिर सुनारको सो घरमा बुधबार भाइटीकाको दिन टीका लगाएर खाना खान बसेको बेला भत्किएपछि चार जना घाइते भएका हुन् ।
हिमाली जिल्लामा पनि लटरम्म फल्यो अङ्गुर
तराईमा फल्ने अङ्गुर हिमालमा लटरम्मै फल्न थालेको छ । पछिल्ला बर्सहरूमा तापक्रममा आएको परिबर्तनसँगै तीन हजार मिटरसम्मको उचाइ रहेको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा पनि अङ्गुर फल्न थालेको हो ।