राष्ट्रपति रनिङ शिल्ड हिमज्योतिलाई
गाउँपालिका केन्द्र सर्केगार्डमा सञ्चालन भएको सर्केगार्ड गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिमज्योति मावि विजयी भएको छ । गाउँपालिकाका चार माविबिच भएको सो प्रतियोगितामा सबैभन्दा बढी स्वर्ण पदक जितेर हिमज्योति मावि पहिलो भएको हो ।
कर्णाली सरकारकाे बजेट कार्यान्वयन विगतको तुलनामा कमजोर
कर्णाली प्रदेश सरकारकाे बजेट कार्यान्वयन विगतको तुलनामा कमजोर बनेको छ । चालु आर्थिक वर्ष (२०८०–०८१) मा सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो ।
अनुमतिपत्र बिनाका शिक्षक अध्यापन गराउँदै
कालीकोटको रास्कोट नगरपालिकामा कार्यरत अध्यापन अनुमतिपत्र बिनाका शिक्षकले अध्यापन गराइरहेका छन् । नगर प्रमुख धर्मराज शाहीको जोडबलमा नियुक्त भएका अध्यापन अनुमतिपत्र बिनाका शिक्षक अध्यापन जारी राखेका हुन् ।
भूकम्प : रुकुम पश्चिममा मृतकका परिवारले पाए नगद
जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहतस्वरुप नगद वितरण गरिएको छ । कूल ४७ जना मृतक परिवारले यसअघि नै नगद प्राप्त गरे पनि कागजात मिलाउन बाँकी सात जना मृतकका परिवारले नगद प्राप्त गरेका हुन् ।
भूकम्पबाट मृत्यु भएका परिवारलाई दुई लाख राहत
रुकुम पश्चिममा भूकम्पको कारण मृत्यु भएकाका सबै परिवारलाई आर्थिक सहायता (राहत रकम) उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले मृतकका परिवारलाई दुई लाखको दरले राहत उपलब्ध गराएको हो ।
सानीभेरी किनारमा पुरुषको शव फेला
रुकुम पश्चिमको सानी भेरी गाउँपालिका ३ मूलपानीस्थित सानीभेरी नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार आइतबार बेलुका नदी किनारको छालमा उक्त शव फेला परेको हो ।
यारी भन्सार कार्यालय बन्द
नेपाल र चीनको सिमानामा स्थापना भएको यारी नाका भन्सार कार्यालय बन्द भएको छ । कार्यालय प्रमुख काठमाडौँ गएर बसेका छन् भने चीनको ताक्लाकोटबाट सामानहरू आई रहेको भए पनि कार्यालय बन्द गरिएको छ ।
चिसो बढेपछि खेतमा पढाइ
कर्णाली नदीको किनारमा रहेको सर्केगाड गाउँपालिका–२ र ३ को लिप्नेमा सञ्चालन हुँदै आएको लालीगुराँस माध्यमिक विद्यालयका विद्यार्थी खेतमा बसेर पढ्दै आएका छन् । विद्यालयको कक्षाकोठामा घाम नलागेर चिसो बढ्ने भएपछि विद्यार्थी खेतमा बसेर पढ्नु परेको हो । कक्षा ९ मा अध्ययनरत छात्रा पवित्रा फडेराले चिसोका कारण कक्षामा बसेर अध्ययन गर्न कठिन हुन थालेपछि खेतमै घामको पारिलो तापसँगै पढ्नु परेको बताउनुभयो । कर्णाली नदीको किनारमा विद्यालय रहेका कारण कक्षाकोठामा चिसो बढी हुने भएकाले विद्यालयले नै खेतमा पढाउने व्यवस्था गरेको उहाँले जनाउनुभयो । विद्यालयमा दैनिक दुई घण्टा मात्र घाम लाग्ने गर्छ ।
सुरक्षित कर्णाली अभियान : सात लाख जनसङ्ख्या लाभान्वित
सुरक्षित कर्णाली अभियान अन्तर्गत सञ्चालन गरिएका प्रदेश प्रहरीका विभिन्न आठ वटा अभियानले कर्णाली प्रदेशको झन्डै सात लाख जनसङ्ख्या लाभान्वित भएका छन् । अपराध न्यूनीकरण गरी शान्त र सुरक्षित प्रदेश बनाउनका लागि कर्णाली प्रदेश प्रहरीले सुरक्षित प्रदेश अभियान सञ्चालन गरेको छ । गत वर्षको माघ १३ गतेदेखि हालसम्म प्रदेश प्रहरीले विभिन्न आठ वटा अभियान सञ्चालन गरेको छ । जसबाट कर्णालीमा छ लाख एक हजार ३० जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुरुमा प्रहरीले गत वर्षको माघ १३ गतेदेखि अन्तव्रिर्mयात्मक गस्ती परिचालन अभियान थालेको थियो । जसमा सात हजार २७१ वटा गस्ती सङ्ख्या परिचालन गरिएको थियो ।
नाम्खामा नयाँ गुफा
जिल्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिका–५ र ६ वडाको सिमानामा पर्ने तुम्कोटभित्रको चट्टानी भिरमा नयाँ गुफा पत्ता लागेको छ । तुम्कोटबाट लिमी जाने क्रममा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाको टोलीले सो गुफा पत्ता लगाएको हो । अध्यक्ष लामाले तुम्कोटबाट लिमीतर्फ जाने क्रममा चट्टानी भिरको छेउमा गुफा भेटिएको बताउनुभयो । अध्यक्ष लामाको टोली लिमीका योजनाको अनुगमन गर्न सो क्षेत्रमा पुगेको थियो ।
रामीडाँडा भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु
उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएकोे जानकारी दिनुभयो । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भन्नुभयो “घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।
कर्णालीका पहुँच मार्ग निर्माणमा ढिलासुस्ती
कर्णालीका पहुँच मार्ग निर्माणमा ढिलासुस्ती भइरहेको छ । राष्ट्रिय गौरवका रूपमा रहेका ती सडक हालसम्म पनि निर्माणकै क्रममा छन् । केही निर्माणको अन्तिम चरणमा छन् भने केहीको ट्र्याक खोल्ने काम भइरहेको छ । ‘लाइफलाइन’ कै ट्र्याक खोल्न ढिलासुस्ती कर्णाली प्रदेशकै ‘लाइफलाइन’ का रूपमा हेरिएको कर्णाली कोरिडोरको ट्र्याक खोल्ने काममा ढिलासुस्ती भएको छ । एक दशक बितिसक्दा पनि ट्र्याक निर्माणकै काम सकिएको छैन । कोरिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सिमकोटसम्म २६८ किलोमिटर सडकखण्ड निर्माणमा ढिलासुस्ती भइरहेको छ । यो खण्डमा २४ प्रतिशत भौतिक प्रगति भएको छ भने हालसम्म २० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । २६८ किलोमिटर सडकमध्ये २६६ किलोमिटर ट्र्याक खोल्ने काम सकिएको हिल्सा–सिमकोट सडक आयोजनाले जनाएको छ ।
प्राविधिक शिक्षा पढेर विदेश जानु पर्दैन: मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्राविधिक शिक्षा पढेर विदेश जानु नपर्ने बताउनुभएको छ । उहाँले देशमा नै रोजगारीका थुप्रै अवसर रहेकाले प्राविधिक शिक्षा पढेर विदेश पनि जानु नपर्ने र बेरोजगारी भएर बस्नु पनि नपर्ने बताउनुभएको हो ।
शाहीद्वारा भूकम्पपीडितलाई पाँच लाख सहयोग
जाजरकोट भूकम्पपीडितका लागि कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले पाँच लाख नगद सहयोग गर्नुभएको छ । भूकम्प प्रभावितका लागि अस्थायी घर निर्माणका लागि उहाँले सो सहयोग गर्नुभएको हो ।
दैलेखमा धान उत्पादन घट्यो
दैलेखमा धान उत्पादन घटेको छ । समयमै वर्षा नहुँदा, लगाइएको धान खेतमै ढलेका कारण गतवर्षको तुलनामा धान उत्पादनमा कमी आएको छ । यस वर्ष आठ हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा २५ हजार २८ मेट्रिकटन मात्र धान उत्पादन भएको हो ।
किसानलाई प्लाष्टिकको पाल र तरकारीकाे बीउ सहयोग
बेमौसमी तरकारी उत्पादन गरेर आयआर्जनमा वृद्धि गर्न ती सामग्री सहयोग गरिएको हो ।
टेलिकमको ‘नमुना सेवा’ सुरु
जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै टावर सञ्चालनको तयारी थालिएको हो ।
'सुर्खेत आइडल' हुने
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा साङ्गीतिक प्रतिस्पर्धात्मक कार्यक्रम 'सुर्खेत आइडल' आयोजना हुने भएको छ ।
डोल्पामा ट्याक्टरले किचेर चालकको मृत्यु
डोल्पामा आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु २ त ५९१५ नम्बरको ट्याक्टर मकै लिएर दुनै आउने क्रममा ठुली भेरी नगरपालिका वडा नं ९ स्थित मोतीपुरको चिमा भन्ने ठाउँमा रोकेको अवस्थामा न्युट्राेलमा गई ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु भएको हो ।
कर्णाली सरकारले बबई र कपुरकोट खटायो तथ्याङ्क सङ्कलक
प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही मङ्सिर ७ गतेबाट कर्णालीमा आयात र निर्यात हुने कृषि उपजको तथ्याङ्क अभिलेखीकरण गर्न तथ्याङ्क सङ्कलक खटाएको हो ।
पौडेलको नेतृत्वमा जाजरकोटमा एक सय अस्थायी आवास निर्माण सम्पन्न
नेपाली काँग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका एक सय अस्थायी आवासको आधारभूत संरचना निर्माण सम्पन्न गरेको छ ।
शिव लिङ्ग निर्माण हुने
खार्पुनाथ गाउँपालिका– ५ को खार्पु दोभानमा रहेको शिवालय क्षेत्रमा सोह्र फिट अग्लो शिवलिङ्ग निर्माण हुने भएको छ । धार्मिक तथा ऐतिहासिक महत्वको क्षेत्रमा गाउँपालिकाको सहयोगमा शिवलिङ्ग निर्माण गर्न लागिएको हो । गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले महाभारत कालीन समयसँग जोडिएको धार्मिक महत्वको शिवालय क्षेत्रमा अग्लो शिवलिङ्ग निर्माण गर्न लागिएको बताउनुभयो । निर्माण कार्य सुरु भएको जनाउँदै यसबाट शिवालय क्षेत्रको महत्व झनैबढ्ने उहाँले बताउनुभयो ।
कर्णालीको बजेट : पहिलो चौमासिकमै निराशाजनक
कर्णाली प्रदेशमा विगतमा जस्तै यो वर्ष पनि बजेट कार्यान्वयनको गति सुस्त देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेश सरकारले अपेक्षित बजेट खर्च गर्न सकेन । बरु विगतको तुलनामा अझ कमजोर देखिएको छ । आव २०८०/८१ का लागि सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार रुपियाँ बराबरको बजेट विनियोजन गरेको छ । बजेट कार्यान्वयनको सुरुवाती चार महिनामा ७.११ प्रतिशत मात्रै खर्च भएको छ । गत आवमा सरकारले यही अवधिमा ७.६३ प्रतिशत रकम कार्यान्वयन गरेको थियो ।
टहरो बन्यो, छानो छैन
जाजरकोट भूकम्प गएको एक महिना बित्न लाग्दा पनि प्रभावित क्षेत्रका बालबालिकाले पढ्न टहरो पनि पाएका छैनन् । गत कात्तिक १७ गते राति गएको भूकम्पपछि दसैँ, तिहार र छठ पर्वको बिदापछि खुलेका रुकुमपश्चिमका अधिकांश विद्यालयमा अझै पनि सहज रूपमा पठनपाठन हुन सकेको छैन ।