पालमा बस्दै आएकी बालिकाको चिसोले कठाङ्ग्रिएर मृत्यु
कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको हो ।
रारा तालमा जोखिमपूर्ण यात्रा
सौन्दर्यकी रानीका रूपमा लिइने रारा तालमा जोखिमपूर्ण रूपमा पर्यटकले डुङ्गा यात्रा गर्ने गरेका छन्। उनीहरूले लगाउने लाइफ ज्याकेट ज्यादै पुराना र च्यातिएका छन्। रारा ताल घुम्न चितवनबाट आएका र्याप्टिङ गाइड सुकबहादुर गुरुङका अनुसार रारा तालमा डुङ्गा यात्रा गर्नेले ज्यानको जोखिम मोल्नुपर्ने अवस्था रहेको छ । यात्रुले प्रयोग गर्ने लाइफ ज्याकेट पुराना र थोत्रा रहेको, १० जना क्षमताको डुङ्गामा १४ देखि १६ जनासम्म राखिने गरेको छ । पुराना र च्यातिएका लाइफ ज्याकेटले दुर्घटनामा सुरक्षाको कुनै प्रत्याभूति नदिने र डुङ्गाको क्षमताभन्दा बढी यात्रु राखिनाले कुनै पनि बेला दुर्घटना हुने सक्ने चेतावनी गाइड गुरुङले दिनुभयो ।
ठेकेदारको लापरबाहीले यात्रुलाई सास्ती
सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार जाने सडक वर्षौंदेखि अलपत्र परेको छ । मङ्गलगढी चोकदेखि लाटीकोइलीको शिव मन्दिरसम्मको सडक स्तरोन्नति नहुँदा स्थानीय नागरिकले सास्ती बेहोर्नु परेको छ । लाटीकोइली क्षेत्रका नागरिकका साथै काँक्रेविहार पुग्ने पर्यटकले सास्ती भोग्दै आएका छन् ।
मनपरी भाडा असुल्दै अटो
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अटोरिक्साले मनपरी भाडा असुल्दै आएका छन् । संयुक्त यातायात व्यवसायीले वीरेन्द्रनगरमा सञ्चालन गरेको नगर बसले यात्रुलाई केही सहज भएको थियो । स्थानीय जुनकला सिंहका अनुसार नगर बसले धुलियाबिटदेखि २० रुपियाँमा प्रदेश अस्पताल पु¥याउँथ्यो । अहिले अटोमा जाँदा कम्तीमा तीन सय रुपियाँ तिर्नु पर्छ । त्यही पनि मनपरी छ ।
वित्तीय, प्रशासनिक र कानुनी सङ्घीयता लानुभएन: मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई क्षतिपूर्ति सहितको अधिकार चाहिएको बताउनुभयो । उहाँले भन्नुभयो कर्णाली प्रदेश पछि परेको होइन, पछि पारिएको प्रदेश भएकाले विशेष अधिकार पाउनुपर्छ । ठुलो र विकट भूगोल भएको कर्णालीमा जनसङ्ख्याको आधारमा बजेट विनियोजन हुनु राम्रो होइन । कर्णालीमा बजेटमा क्षतिपूर्ति सहितको सङ्घ सरकारले विशेष कार्यक्रम ल्याएर विकास गरिनुपर्दछ ।
‘कर्णाली उज्यालो योजनामा प्राधिकरण’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण कर्णाली उज्यालो पार्ने अभियानमा जुटेको बताउनुभएको छ । कार्यकारी निर्देशक घिसिङसहितको टोलीले कर्णालीमा विद्युत् क्षेत्रमा गरिरहेको काम र आगामी योजनाका बारेमा जुम्लामा बोल्दै प्राथमिकतामा राखेको जनाइएको हो । जुम्ला पुगेर कार्यकारी निर्देशक घिसिङले कोहलपुर, सुर्खेत, दैलेख, कालीकोट हँुदै जुम्लासम्मको १३२ केभी क्षमताको विद्युत् प्रसारण लाइन अगाडि बढाइएको पनि जनाउनुभयो ।
लैङ्गिक हिंसाविरुद्ध साङ्गीतिक महोत्सव
हुम्लाको सर्केगाड गाउँपालिकामा राष्ट्रिय कलाकारको उपस्थितिमा १६ दिने लैङ्गिक हिंसाविरुद्ध साङ्गीतिक महोत्सव सम्पन्न भएको छ । महिला हिंसाविरुद्धको अभियानका अवसरमा मर्यादित महिनावारी तथा विभेद जोखिम न्यूनीकरण व्यवस्थापनसम्बन्धी साङ्गीतिक महोत्सव गरिएको हो । महोत्सवमा कलाकार रेखा जोशी, इब्सु सञ्याल, सुनिता बुढा क्षेत्री र तुलसी विकको सहभागिता रहेको गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले बताउनुभयो । महिनावारी हुँदा ‘पर होइन घर भन्ने’ मूल नाराका साथ महोत्सव सञ्चालन गरिएको हो ।
भिरबाट लडेर युवतीको मृत्यु
बुधबार दिउँसो भिरबाट लडेर एक जना १७ वर्षीय युवतीको मृत्यु भएको छ । वनमा पशु चराउन जानेक्रममा युवती भिरबाट लड्नुभएको र उहाँको मृत्यु भएको हो ।
मानसिक समस्या पहिचान गर्न परामर्श सेवा
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा मानसिक समस्या पहिचान भएका महिलाको सङ्ख्या धेरै रहेको पाइएको छ । भूकम्पपछि प्रभावित क्षेत्रमा विभिन्न सङ्घसंस्थाको सहयोग तथा नगरपालिकाको समन्वयमा मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको थियो । उक्त क्रममा मानसिक समस्या पहिचान भएका महिलाको सङ्ख्या धेरै देखिएको हो ।
एकीकृत जनस्वास्थ्य अभियान सञ्चालन
कालीकोटको पचालझरना गाउँपालिमा सञ्चालन गरिएको एकीकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविरबाट नौ सय ७० ले सेवा लिएका छन् ।
पत्रकार कुमाल प्रहरी नियन्त्रणमा
नेपाल पत्रकार महासङ्घ कालीकोट शाखाका सहसचिव कर्ण कुमाललाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
दलका नेता कार्यकर्ता भूकम्प प्रभावित क्षेत्रमा सक्रिय
कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्ने अन्योल कायमै छ ।
राहत बोकेर रास्कोटका माओवादी नेता भूकम्प प्रभावित क्षेत्रमा
कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सङ्कलन भएको राहत सामग्रीलिएर नेताहरू भूकम्प प्रभावित क्षेत्र तिर गएका छन् । नगरका विभिन्न नागरिकबाट जम्मा गरेको राहत लिएर नेकपा (माओवादी केन्द्र) का नेताहरू त्यसतर्फ गएका हुन् ।
राष्ट्रिय सभा विधानतः : बलियो, व्यवहारमा कमजोर : नेत्री चपाईं
नेपालको संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रूपमा परिकल्पना गरेको छ । जहाँ अल्पसङ्ख्यक, सीमान्तकृत, लोपोन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको अपरिहार्यता स्पष्ट्याइएको छ ।
त्रिपालमुनि बस्दै आएका छ जना भूकम्पपीडितको मृत्यु
रुकुमपश्चिममा त्रिपालमुनि बस्दै आएका छ जना भूकम्प प्रभावितको मृत्यु भएको छ । आठविसकोट नगरपालिकामा पाँच जना र सानी भेरी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो ।
डिग्रे मेलामा लट्ठी नाच
मुसीकोट नगरपालिका–५, थर्पुस्थित डिग्रे साईकुमारी मन्दिरमा हरिबोधिनी एकादशी मेलामा डेढ लाख भक्तजनले दर्शन गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाको दिनसम्म पाँच दिन भव्य मेला लाग्ने गर्छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीका अनुसार मङ्सिर ७ गतेदेखि ११ गतेसम्म साईकुमारी मन्दिर परिसरमा डिग्रे मेला सञ्चालन भएको थियो । कर्णालीको प्रसिद्ध, धार्मिक र पर्यटकीय केन्द्रका रूपमा पूजापाठ गर्न र मेला भर्न आउनेको छुट्टै खालको विश्वास रहेको छ । अध्यक्ष केसीले भन्नुभयो, “मनले चिताएको कुरा पूरा हुने विश्वास छ । भक्तजनले सन्तान प्राप्तिको भाका गर्दै पूजा गर्ने गर्छन् । आकर्षक र रमणीयस्थल भएकोले पर्यटकीय गन्तव्य पनि हो ।”
रुकुम पश्चिमका तीन स्थानमा अस्थायी घर निर्माण अन्तिम चरणमा
‘जाजरकोट भूकम्प’ बाट प्रभावित बस्तीमा एक हजार अस्थायी आवास ‘घर–टहरा’ निर्माण अभियानमा योगदान गर्ने नेपाली कांग्रेसको निर्णय अनुसार तीन स्थानमा अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
उत्तरी हुम्लाका उच्च क्षेत्रमा हिमपात
उत्तरी हुम्लाको उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । सोमबारबाट मौसममा बदली रहेको भएपनि मङ्गलबार बिहानबाट उच्च भेगमा हिमपात भएको हो ।
भूकम्प प्रभावित नागरिकको अवस्था दयनीय छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भूकम्प प्रभावित नागरिकको अवस्था दयनीय रहेको बताउनुभएको छ । सोमबार प्रभावित क्षेत्रमा अवलोकन गरेर फर्किनुभएका नेपालले सबैले सकेको सहयोग गर्न आवश्यक देखिएको बताउनुभएको हो ।
‘अस्थायी आवास निर्माणको काममा जुटेका छौँ’
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका भूकम्पले क्षतविक्षत बन्यो । ठुलो मात्रामा जनधनको क्षति भयो । चिसो मौसममा यहाँका हजारौँ नागरिक त्रिपालको भरमा बस्नुपर्ने बाध्यता छ । बेरोजगारी र भौगोलिक विकटताको मार खेपिरहेका सर्वसाधारणले भूकम्पको विपत् खेप्नु परेको छ । भूकम्पको प्रत्यक्ष मारमा आफैँ पर्दा पनि आठबिसकोट नगरपालिकाका प्रमुख रबी केसी रातदिन खोज, उद्धार, उपचार र राहतको काममा सक्रिय हुनुभयो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट प्रमुखमा निर्वाचित केसीसँग भूकम्पले पु¥याएको क्षति, राहत वितरण, अस्थायी आवास र पुनर्निर्माणको योजना एवं पालिकाका गतिविधिका विषयमा कुराकानी गरेका छौँ । प्रस्तुत छ, गोरखापत्रका मुसीकोट समाचारदाता (रुकुमपश्चिम) राजु लामिछानेले प्रमुख केसीसँग गर्नुभएको कुराकानी :
एक हजार ७६ सुत्केरी त्रिपालमुनि
गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।
सडक दुर्घटनामा घाइतेको हवाई उद्धार
रुकुम पश्चिम, चौरजहारीमा आइतबार सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकालाई थप उपचारको लागि बाँकेको सोमबार (कोहलपुर) पुर्याइएको छ
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्देशन दिनुभएको छ ।
अस्थायी आवास छिटो निर्माण गरौं : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अस्थायी आवासमा सरकारले ध्यान दिनुपर्ने बताउनु भएको छ ।