सशस्त्र प्रहरीद्वारा सीमाक्षेत्र हिल्सा बजारको सरसफाइ
नेपाल–चीन सीमाक्षेत्र हिल्सा बजारमा सशस्त्र प्रहरीले सरसफाइ अभियान चलाएका छन् ।
रत्न राजमार्गको ‘डबल लेन’ अलपत्र
रत्न राजमार्गलाई दुई लेनको बनाउने योजना कार्यान्वयन हुन सकेको छैन । बाँकेको जमुनाहादेखि सुर्खेतको बाङ्गेसिमलसम्म जोड्ने राजमार्ग दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । डबल लेन कालोपत्रे नहुँदा सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको छ । चार दशकभन्दा पुरानो सडक साँघुरो छ । ‘वान–वे’ कालोपत्रे गरिएको छ, साढे पाँच मिटर मात्रै । सडकैभरि खाल्टाखुल्टी छन् तर सुधार र स्तरोन्नति हुन सकेको छैन । समयमै मर्मत नगर्दा जीर्ण बन्दै गएको छ । सवारीसाधनको चाप बढिरहेका बेला सडक साँघुरो हुँदा दुर्घटनाको जोखिमसमेत बढेको सवारीचालक बताउँछन् ।
भूकम्पपीडितलाई चिसोको कहर
हिउँदे वर्षा र अग्लो डाँडामा परेको हिमपातका कारण रुकुमपश्चिमका भूकम्पपीडितको जनजीवन थप कष्टकर बनेको छ । त्रिपालमुनि बस्दै आएका भूकम्पपीडितको स्वास्थ्य चिसोले गर्दा थप जोखिममा परेको छ । चिसोका कारण यहाँका बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक र दीर्घ रोगीको स्वास्थ्य अवस्था थप जोखिममा परेको छ ।
प्रेम बिहे हत्याकाण्ड : २४ जनालाई जन्मकैद फैसला
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा २०७७ जेठ १० गते जाजरकोटका नवराज बिकसहित छजनाको ज्यान जाने गरी भएको हत्याकाण्डको फैसला भएको छ ।
सोती घटना प्रकरण : बहस सकियो, सम्भवतः आजै फैसला आउने
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा २०७७ साल जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर भएको घटनाको मुद्दामा बहस सकिएको छ ।
जनताको सुझाव सङ्कलनका लागि पहाडको बाटो हिँडेका छौँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताका समस्या समाधानका लागि पहाडै पहाडको बाटो जनताको सुझाव सङ्कलन गर्न हिँडेको बताउनुभएको छ ।
भूकम्प पीडितलाई कम्बल सहयोग
विपद्को बेला जोखिममा रहेका परिवारहरूलाई आवश्यक राहत सामग्रीमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको उहाँले बताउनुभयो ।
‘वित्तीय सङ्घीयता कार्यान्वयन नहुँदा समस्या छ’
जाजरकोट भूकम्पले सल्यानको दार्मा गाउँपालिकामा एक हजार १७९ घर पूर्ण रूपमा क्षति भएका छन् । भूकम्पले छ हजार ३१८ जना विस्थापित भएका छन् । भूकम्पपीडित यतिबेला अस्थायी आवास निर्माणमा जुटेका छन् । दार्मा गाउँपालिकाको दोस्रो कार्यकालका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित निमबहादुर केसी हुनुहुन्छ । प्रस्तुत छ, दार्मा गाउँपालिकामा विकास निर्माण र भूकम्प प्रभावितको अवस्थालगायत विषयमा अध्यक्ष केसीसँग गोरखापत्रका सल्यान समाचारदाता प्रतीक इच्छुक शर्माले गर्नुभएको कुराकानी :
बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला
घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ ।
भूकम्प पीडित सुत्केरीलाई आर्थिक सहयोग
भूकम्पको कारण यति बेला सबैभन्दा बढी बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिला प्रत्यक्ष मारका परेका छन् । त्रिपालमुनि बसिरहेका भूकम्प पीडितहरूको स्वास्थ्य हिउँदे वर्षाको कारण थप जोखिममा परेको छ ।
अध्यक्ष ओलीलाई राउटे मुखिया शाहीद्वारा कोसी उपहार
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले कोसी उपहार दिनुभएको छ । कोसी सो समुदायले आफ्नो जीविकोपार्जनका लागि बनाउँदैं आएको काठको सामग्री हो ।
विद्यार्थीको बस्ने डेरा भत्किएपछि पढाइमा समस्या
एक महिने दशैंतिहार बिदा भएपछि नलगाड नगरपालिका ५ जाजरकोट निवासी कमला विकले आफ्नो डेरामा किताब कपी, पाेसाक सबै छोडेर घर जानु भएको थियो । भेरी नगरपालिका १ रिम्ना स्थित भेरीत्रिवेणी माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत कमला विद्यालय नजिकै तुल्सी नेपालीको घरमा डेरा गरेर बस्ने गर्नु भएको थियो । तर बिदा नसकिँदै गत कात्तिक १७ गते राती आएको भूकम्पले उनको घरमा मात्र क्षति गरेन ,विद्यालय र डेरा गरेको घर पनि भत्कियो ।
हुम्लामा खाद्यान्न अभाव
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाको गोदाम खाली हुँदा डेढ महिनादेखि सर्वसाधारण खाद्यान्न पाउनबाट वञ्चित भएका छन् । चालु आर्थिक वर्षको निर्धारित कोटाको खाद्यान्न हालसम्म ढुवानी हुन नसक्दा यस्तो समस्या भएको हो । सिमकोट गाउँपालिका–८ का सर्वसाधारण जानकी बुढाले असोजयता लिमिटेडको शाखाबाट वितरण हुने खाद्यान्न पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले लिमिटेडको शाखामा जाँदा गोदाममा खाद्यान्न मौज्दात नभएका कारण बिक्री गर्न नसकिने जवाफ आउने गरेको बताउनुभयो ।
राजतन्त्रको वकालत गर्नेहरू देशद्रोही हुन् : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रात्मक सङ्घीय व्यवस्थाको विरुद्धमा गएर राजतन्त्रको वकालत गर्नेहरू देशद्रोही भएको बताउनुभएको छ ।
पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छ : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताउनुभएको छ ।
देशको रूपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले देशको रूपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताउनुभएको छ ।
हिमपातले मुगुको जनजीवन प्रभावित
चिसो बढेसँगै जिल्लाको विभिन्न ठाँउमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ ।
हिमपातका कारण डोल्पामा जनजीवन कष्टकर
उपल्लो डोल्पामा यो वर्षको पहिलो हिमपात भएको छ । सोमबार बिहानदेखि परेको अविरल वर्षसँगै हिमपात भएको हो ।
हिमपातका कारण भूकम्पपीडितको जनजीवन प्रभावित
लेकाली भेगमा हिमपात हुन थालेपछि भूकम्पपीडितको जनजीवन प्रभावित भएको छ । भूकम्पको इपिसेन्टर बारेकोट गाउँपालिका–१ रामिडाँडालगायत सबै वडा र कुशे गाउँपालिकाका नौ वटै वडामा हिमपात भएको छ ।
कालीकोटमा अवैध मेडिकल सञ्चालन
कालीकोटका गाउँ–गाउँमा औषधि पसल खुलेका छन् । अधिकांशले अवैध तवरबाट मेडिकल चलाइरहेको पाइएको छ । मेडिकल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति लिनुपर्ने प्रावधान भए पनि कालीकोटका अधिकांश मेडिकल पसल नियमविपरीत सञ्चालन भइरहेका छन् ।
हुम्लामा बाक्लो हिमपात
सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभर मौसम सफा रहेको भए पनि बिहानैबाट मौसम बिग्रिँदा हिमपात भई रहेको हो ।
ठेक्काको म्याद थप्ने तयारी
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाबिट–भेडाबारी सडकको सम्झौता अवधि सकिन एक महिना मात्रै बाँकी छ । सम्झौता अनुसार सडकको काम सम्पन्न गर्न भने अझै ४५ प्रतिशत बाँकी छ । पुस १३ गते ठेक्काको सम्झौता सकिँदै छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७८ असार २८ देखि योजना सुरु भएको थियो । अहिलेसम्म ५५ प्रतिशत मात्र कार्यप्रगति भएको बताइन्छ । वित्तीय प्रगति ४८ प्रतिशत हासिल भएको छ ।
अस्थायी आवास बनाउन रकम दिन सुरु
भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि अनुदान रकम उपलब्ध गराउन सुरु गरिएको छ । सरकारले गरेको निर्णय अनुसार आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम प्रभावित परिवारको बैङ्क खातामा पठाउन थालिएको हो । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले स्थानीय विपत् व्यवस्थापन समितिको खातामा रकम जम्मा गर्न थालेपछि स्थानीय तहले लाभग्राहीको खातामा अनुदान रकम उपलब्ध गराउन थालेका हुन् ।
तयार भए अस्थायी सिकाइ केन्द्र
भूकम्पबाट प्रभावित रुकुमपश्चिमका विद्यालयहरूमा पठनपाठन नियमित बनाउन अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको छ । आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा २१३ वटा अस्थायी सिकाइ केन्द्र निर्माण भएका हुन् । अस्थायी सिकाइ केन्द्र निर्माण भएपछि विद्यालयमा आउने विद्यार्थी सङ्ख्यामा वृद्धि भएको छ । स्थानीय तहले विभिन्न दातृ निकायसँग समन्वय गरेर अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन नियमित गरिएको जनाएका छन् । आठबिसकोट नगरपालिकामा १३९ र सानीभेरी गाउँपालिकामा ७४ वटा अस्थायी सिकाइ केन्द्र निर्माण भएका छन् ।