रारामा चार महिनामा चार हजार पर्यटक
कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता चार हजार पर्यटकले भ्रमण गरेका छन् । गत साउन १ गते देखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार सय ९०, सार्क मुलुकका २६ अन्य विदेशी ९५ जनासहित चार हजार छ सय ११ पर्यटकले रारा भ्रमण गरेका रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
मजदुरीका लागि भारत जानेको लर्को
घरको काम सकेर यतिबेला कालीकोटका विभिन्न ठाउँवाट नागरिकहरु भारततर्फ जान थालेका छन् ।
दशौँ राष्ट्रिय खेलकुदको समन्वय बैठक सम्पन्न
कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप समन्वय बैठक सुर्खेतमा सम्पन्न भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको बैठकमा संघीय सरकारको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ सहभागी रहनुभयो ।
बेरुजु फर्स्योटमा समितिले बढायो सक्रियता
कर्णाली प्रदेश सरकार मातहत कार्यालयको बेरुजु चार अर्ब ३४ करोड ३४ लाख रुपियाँ रहेको छ । बेरुजुको यो रकममध्ये करिब दुई अर्ब फर्स्योट गर्ने लक्ष्यसाथ सार्वजनिक लेखा समितिले सक्रियता बढाएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख बेरुजुलाई फर्स्योट गर्न समितिले नियमित बैठक राखिरहेको छ । समितिका सभापति जितबहादुर मल्लका अनुसार समितिले आर्थिक वर्ष २०७४/७५ देखि हालसम्मको बेरुजुलाई अध्ययन गरी आवश्यक निर्देशनात्मक कार्यहरू गरिरहेको छ । सार्वजनिक लेखा समितिको काम, कर्तव्य र अधिकारमध्ये समितिको निर्वाचन भएयता बेरुजु रकम घटाउन त्यसउपर नियमित छलफल गरिएको बताइन्छ ।
जुम्लामा जाडोले जनजीवन प्रभावित
जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम–२ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले राससलाई जानकारी दिनुभयो ।
सामुदायिक सिकाइ केन्द्रले सहज बनाएको कृषिकर्म
रेडियोमा कृषि कार्यक्रम सुनेपछि तरकारी खेती सुरु गर्नुभएको जिसीले २०७१ सालदेखि कृषकको परिचय बनाउनुभएको छ ।
बाढी पहिरोपीडित किसानले क्षतिपूर्ति पाउने
गत असार–साउन र भदौं महिनामा परेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट बालीमा पुगेको क्षतिका लागि किसानले क्षतिपूर्ति पाउने भएका छन् । ताकेता गर्दा कर्णाली प्रदेश सरकारको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सो क्षति उपलब्ध गराउन बजेटको ब्यवस्था गरेको छ ।
कोटिलामा बेलिब्रिज निर्माण
छायानाथ रारा नगरपालिका वडा नं–६ को कोटिलामा कर्णाली नदीमाथि बेलिब्रिज निर्माण भएको छ । उक्त वडाका बासिन्दालाई आउजाउ गर्नमा बिरामी ज्येष्ठ नागरिक , गर्भवती महिला र विद्यार्थीलाई कर्णाली माथि आउजाउ गर्न लाप्काको भरमा सास्ती भोग्दै आएका थिए अहिले कर्णाली नदीमाथि बेलिब्रीज निर्माण भएपछि आउजाउमा सहज भएको छ।
बजेट अभावमा सडक स्तरोन्नति ठप्प
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा र गण्डकी प्रदेशको मुस्ताङ जोड्ने सडक स्तरोन्नतिको काम ठप्प भएको छ । बजेट अभाव हुँदा स्तरोन्नतिको काम अघि बढ्न नसकेको हो । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय जुम्लाले उक्त सडक विस्तारको जिम्मा लिएको छ । कार्यालयले जुम्लाको छिनासाँगुदेखि डोल्पाको सिमाना मौरेलेखसम्म ४५ किलोमिटर सडकको काम गरिरहेको छ । उक्त खण्डमा ट्र्याक खोलिए पनि स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन ।
भूकम्पले भत्काएका मन अझ सङ्लिएन
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४, पूर्णगाउँकी ९२ वर्षीय भीमा मल्लका लागि यो समय सबैभन्दा कष्टकर बनेको छ । भूकम्पले ४६ वर्षीय माइली छोरी गुमाएकी मल्लको दिनरात त्रिपालमा बितिरहेको छ । वर्षाले जाडो बढाएको छ । त्रिपालभित्र आगो बाल्दा आगलागीको डर छ । त्रिपालको बासले स्वास्थ्य अवस्था झन् बिगिँरदै गएको छ । भीमाको मनमा डर छ, “चिसोले दम बढिरहेको छ, भूकम्पले छोरी र घर लियो, चिसोले ज्यान लैजाने होला ।”
आवास बनाउन रकम निकासा
भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न रकम निकासा गरिएको छ । भूकम्प प्रभावित दार्मा गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि एक करोड ३० लाख रुपियाँ निकासा भएको छ । सङ्घीय सरकारमार्फत पालिकाका भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न एक करोड ३० लाख रुपियाँ निकासा भएको जनाइएको छ ।
दशौँ राष्ट्रिय खेलकुद निर्धारित मितिमै : मन्त्री लिम्बु
दशौँ राष्ट्रिय खेलकुद तोकिएकै मितिमा आयोजना हुने युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बताउनु भएको छ ।
महिलाको अधिकार स्थापित गर्न लगानी बढाउनुपर्छ : मन्त्री जिसी
आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले महिलाको अधिकार स्थापित गर्न राज्यले थप पहल र लगानी गर्नुपर्ने बताउनुभएको छ ।
हिमपातले लिमी आउजाउ बन्द
लिमी जाने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेपछि लिमी आउजाउ बन्द भएको हो ।
स-मिलमा आगलागी हुँदा लाखौँको क्षति
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ इत्राम खोलास्थित शिव सुन्दर स–मिलमा भीषण आगलागी भएको छ । बिहीबार बिहान ५ः३० बजेनै विद्युत् तारा सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
कर्णालीमा दक्ष जनशक्ति तयार पारिँदै
कर्णाली प्रदेशका चार जिल्लामा बृहत् अपाङ्गता स्वास्थ्य समस्या देखिएका नागरिकको सहज उपचारका लागि दक्ष जनशक्ति तयार पार्न लागिएको छ । कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र मुगुले कोर ग्रुपको सहयोगमा बृहत् अपाङ्गता स्वास्थ्य कार्यक्रममार्फत कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको समन्वय तथा जनस्वास्थ्य सेवा कार्यालयको सहजीकरणमा सो जनशक्ति तयार पार्न लागेको हो ।
कर्णालीमा एक हजारभन्दा बढी झोलुङ्गे पुल
कर्णाली प्रदेश सरकार, सङ्घीय ससर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण गरिएको छ। भौगोलिक रूपमा विकट कर्णालीमा यस आर्थिक वर्षको कात्तिक मसान्तसम्म २७ वटा झोलुङ्गे पुल निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा ९४ वटा पुल निर्माण गर्ने सरकारको योजना छ । गत आवबाट दायित्व सरेका, टेन्डर भएका तर पूरा नभएका पुलको सङ्ख्या १५३ छ । यी सबै पुल निर्माणाधीन छन् ।
भूकम्प प्रभावितस्थलमा सञ्चारमन्त्रीका दुई दिन (फोटो फिचर)
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मङ्सिर १६ र १७ गते भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभयो।
हुम्लामा खाद्यान्न अभाव : सहरमै थन्कियो दुर्गमको चामल
समयमै ढुवानी नहुँदा हिमाली जिल्ला हुम्लामा खाद्यान्न अभाव देखिएको छ । ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापरबाहीका कारण यहाँ खाद्यान्न अभाव भएको हो ।
मार्सी धान उत्पादन २५ प्रतिशतले बढ्यो
हुम्लामा यस वर्ष मार्सी धान उत्पादनमा वृद्धि भएको छ । अधिकांश खेतमा सिँचाइको सुविधा हुनु र धानमा रोग किरा नलागेको कारण उत्पादनमा वृद्धि भएको हो ।
कर्णाली प्रदेशभर एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण
कर्णाली प्रदेश सरकार, सङ्घीय सशर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा हालसम्म एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।
डोल्पामा टेलिफोनमा ‘लोडसेडिङ’
डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले अहिले पनि सास्ती खेप्नुपरेको छ । डोल्पामा राखिएका टेलिकमका टावरले घामका छउन्जेलमात्र सेवा दिन थालेपछि डोल्पाली जनताले फोनका लागि सास्ती खेप्नु परेको हो ।
छोरा मरे न्याय मरेन : अदालतको प्रवेशद्वारमा फूल वर्षा
'न्याय मरेको छैन' भन्ने सन्देश रुकुमपश्चिमको जिल्ला अदालतले दिएको छ । अदालतले मङ्गलबार गरेको फैसलाको स्वागत गर्दै पीडित परिवारले बुधबार बाजागाजासहितको र्याली निकालेका छन् र अदालतको प्रवेशद्वारमा ढोगेर फूलमाला पनि बर्साएका छन् ।
बन्चरो प्रहार गरी श्रीमतीको हत्या
धारिलो हतियार प्रयोग गरी सल्यानमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । यहाँको सिद्धकुमाख गाउँपालिका–३, उचाल्नेका ४५ वर्षीय डम्मर सार्कीले गए राति ४० वर्षीया श्रीमती सितली सार्कीको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।