• १२ साउन २०८१, शनिबार

दशौँ राष्ट्रिय खेलकुद निर्धारित मितिमै : मन्त्री लिम्बु

blog

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु । फाइल तस्बिर

काठमाडौँ, मङ्सिर २१ गते । दशौँ राष्ट्रिय खेलकुद तोकिएकै मितिमा आयोजना हुने युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बताउनु भएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधिन रङ्गशालाको अवलोकन गर्ने क्रममा भवितव्य परेको अवस्थामा बाहेक निर्धारित मितिमै प्रतियोगिता हुने बताउनुभएको हो । निर्माण भईरहेको रङ्गशाला र अन्य भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियता प्रति धन्यवाद दिदै अब पूर्वाधारको अभावमा प्रतियोगिता प्रभावित नहुने विश्वास व्यक्त गर्नुभयो । 

त्यस क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले २०८१ मङ्सिरमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तीकै भूमिका रहने बताउनुभयो । दशौँ राष्ट्रिय देलकुदको पूर्व तयारीका लागि आवश्यक परार्मशका लागि सुर्खेत पुगेको युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को टोलीले रङ्गशालाको अवलोकन समेत गरेको थियो ।

आठ विगाह क्षेत्रफलमा निर्माण भईरहेको रङ्गशालाको हाल सम्म ७० प्रतिशत बढी काम सम्पन्न भएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालले जानकारी दिनुभयो । आगामी जेठ महिना भित्र सम्पन्न गर्ने गरि काम भएको भन्दै सन्ज्यालले बहुउदेश्य सहित मार्सल आर्ट र व्याडमिन्टनका समेत तीन वटा कभर्डहल निर्माण भएको जानकारी पनि दिनुभयो ।