• १२ साउन २०८१, शनिबार

कोटिलामा बेलिब्रिज निर्माण

blog

कोटिलामा कर्णाली नदीमाथि निर्माण भएको बेलिब्रिज । तस्बिर: हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी 

मुगु, मङ्सिर २२ गते । छायानाथ रारा नगरपालिका वडा नं–६ को कोटिलामा कर्णाली नदीमाथि बेलिब्रिज निर्माण भएको छ । उक्त वडाका बासिन्दालाई आउजाउ गर्न बिरामी  ज्येष्ठ नागरिक , गर्भवती  महिला र विद्यार्थीलाई कर्णाली माथि आउजाउ गर्न लाप्काको भरमा सास्ती भोग्दै आएका थिए अहिले  कर्णाली नदीमाथि बेलिब्रीज निर्माण भएपछि  आउजाउमा  सहज भएको छ।

कोटिला गाउँका स्थानीय  चैत्या रावलले  बेलिब्रिज निर्माणका साथै सञ्चालनमा आउँदा यातायातका साधनका साथै पैदल यात्रुहरूलाई सहज भएको बताउनुभयो । उहाँका अनुसार पुल नहुँदा बिरामी  ज्येष्ठ नागरिक , गर्भवती  महिला , विद्यार्थी  त्यसै गरी  भारी बोकेर आउने भरियालाई पनि निकै सास्ती भोग्नुपर्ने हुन्थ्यो । बेलिब्रीज निर्माणले गर्दा कोटिला, मुन्दु र लिउडीँबाट कृषिजन्य  व्यापार गरेर पैदल मार्गबाट भारी बोकेर आउने भरियालाई पनि सहज भएको छ ।

छायाँनाथ रारा नगरपालिका वडा नं ६ का वडाध्यक्ष खेमबहादुर रावलले छायानाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा कोटिलाको कर्णाली खोला माथि बेलिब्रिज निर्माण भएपछि यहाँका स्थानीय ब्यावसायलाई आलु,कोदो,फापर,सिमी गाउँ भन्दा बाहिर ढुवानी गर्नलाई सहज भएको छ। जिल्ला सदरमुकामदेखि विकास निर्माणका सामग्री लगायत ढुवानी गर्न सहज भएको उहाँले बताउनुभयो ।