• १२ मंसिर २०८१, बुधबार

सशस्त्र प्रहरीद्वारा सीमाक्षेत्र हिल्सा बजारको सरसफाइ

blog

सीमाक्षेत्र हिल्सा बजारको सरसफाइ गर्दै सशस्त्र प्रहरी । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, मङ्सिर २० गते ।
नेपाल–चीन सीमाक्षेत्र हिल्सा बजारमा सशस्त्र प्रहरीले सरसफाई अभियान चलाएका छन् ।

सीमा सुरक्षा पोष्टका (बिओपी)का सशस्त्र प्रहरीले नेपाल–चीन सीमाक्षेत्रमा पर्ने हिल्सा बजारमा सरसफाई अभियान चलाएका हुन् । सीमा क्षेत्रको बजार दुर्गन्धित भएपछि सामाजिक सेवाभावले सशस्त्र प्रहरी सरसफाइ कार्य लागेका हुन् ।

पोष्टका सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवले हिल्सा बजार निक्कै दुर्गन्धित र जथाभावी फोहोर फालेका कारण पोष्टका प्रहरी मिलेर सरसफाइ गरिएको बताउनुभयो । सीमा क्षेत्रको चीनतर्फ भने निक्कै सफा हुने गरेको छ ।

उहाँले हिल्साका स्थानीयलाई जथाभावी फोहोर फाल्न हुँदैन भन्ने मान्यता स्थापित गर्न पनि सशस्त्र प्रहरीले सरसफाई अभियान सञ्चालन गर्नुपरेको बताउनुभयो । जथाभावी चिनियाँ मदिराका बोतलहरु फाल्ने र अन्य फोहोर फाल्न कार्यले बजार क्षेत्रभरि फोहोरै फोहोर देखिन थालेपछि सशस्त्र प्रहरीले आफ्नै निर्णयमा यो सरसफाइ अभियान चलाएको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरीले हिल्सा बजारको मात्र सरसफाइ नगरेर धार्मिक महत्त्वको नौमुले क्षेत्रको समेत सरसफाइ गरेको छ । साथै प्रहरीले स्थानीयलाई जथाभावी फोहोर नफाल्न आग्रह गरेको ।

उहाँले अब आफ्नो अगाडि फोहोर भए आफैँले सफा गर्नुपर्ने अन्यथा कारवाही गरिने चेतावनी दिनुभयो ।जम्मा गरिएको फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर गाड्ने जलाउने कार्य गरिएको थियो ।