• १२ मंसिर २०८१, बुधबार

भूकम्प पीडितलाई कम्बल सहयोग

blog

जाजरकोट कुसे गाउँपालिका ४ र ५ का भूकम्प पीडितलाई ओड्ने कम्बल सहयोग प्रदान गर्नुहुँदै मुगु हेल्पिङ फोर्सका सदस्य अर्जुन मल्ल । तस्विरः हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, मङ्सिर १९ गते । भूकम्पको कारण यतिबेला त्रिपालमुनि ओत लागेका बालबालिका, ज्येष्ठ नागरिक प्रत्यक्ष मारमा परेका छन् । त्रिपालमुनि बसिरहेका भूकम्प पीडितहरू हिउँदे वर्षादका कारण थप जोखिममा परेका छन् । 

मुगु हेल्पिङ फोर्समा आबद्ध सदस्य समाजसेवी अर्जुन मल्लले जाजरकोटको कुसे गाउँपालिका ४ र  ५ मा नेपाल राइजिङको आर्थिक सहयोगमा र मुगु हेल्पिङ फोर्सको सहजीकरणमा एक सय १६ घरधुरीका तीन सय परिवारजनलाई जाडो छल्नलाई ओड्ने कम्बल उपलब्ध गराइएको छ ।

विपद्को बेला जोखिममा रहेका परिवारहरूलाई आवश्यक राहत सामग्रीमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार चिसो मौसममा ज्येष्ठ, नागरिक, बालबालिका र सुत्केरीहरूको स्वास्थ्यमा थप समस्या नआओस् भनेर सहयोग गरिएको हो । 

"जाजरकोटको कुसे गाउँपालिका ४ र ५ का प्रभावित परिवारलाई हामीले यसअघि मुगु नेपाल हेल्पिङ फोर्सको सहजिकरणमा उक्त वडाका बासिन्दालाई ज्याकेट, ट्रयाकसेट र घर निर्माणका लागि जस्तापाता  वितरण गरेका थियौं", मल्लले भन्नुभयो ।