बजेट व्यवस्था नहुँदा खार्पुनाथ शिवालय क्षेत्र निर्माणमा समस्या
पवित्र धार्मिक तथा पर्यटकीय स्थल खार्पुनाथ शिवालय क्षेत्रको निर्माण कार्यमा बाधा आएको छ। सम्झौता अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म बजेटको व्यवस्थापन नगर्दा सुरु भएको निर्माण कार्य अगाडि बढ्न कठिन भएको हो।
मेला हेर्न गएका युवकको कुटपिटबाट मृत्यु
जाजरकोटमा एक युवाको मृत्यु भएको छ । कुशे गाउँपालिका–२ का ३१ वर्षीय जनक शाहीको मृत्यु भएको हो ।
बज्न छाडे वन पाखामा बाँसुरीका धुन
गाउँ र बनपाखामा बज्ने बाँसुरीको धुन पछिल्लो समय बज्न छाडेका छन् । बजाउने युवाहरू नभएपछि बनपाखामा सुनिने बाँसुरीको धुन दुर्लभ हुन थालेको छ ।
टहरा बनाउँदै पार्टी कार्यकर्ता
भूकम्पबाट भत्किएका घर पन्छाउन र अस्थायी टहरा बनाउन राजनीतिक दलका नेता तथा कार्यकर्ता खटिएका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता कार्यकर्ता भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन् । भूकम्प प्रभावित जनतालाई चिसोबाट बचाउन उनीहरूले अस्थायी टहरा निर्माणको कामलाई तीव्रता दिएका छन् । भूकम्पका कारण भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका, बारेकोट गाउँपालिकाका विभिन्न गाउँबस्तीका घर भत्किएर भग्नावशेष भएपछि राहतको भरमा कष्टकर जीवन बिताएका उनीहरूलाई अस्थायी टहरा निर्माण गरी न्यानो दिलाउन पार्टीका नेता कार्यकर्ता गाउँबस्तीमा खटिएका हुन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार नेता प्रदीप पौडेलको नेतृत्वमा खटिएको टोलीले नलगाड नगरपालिका–५
सबै स्थानीय तह निमित्तकै भरमा
कालिकोट जिल्लाका सबै स्थानीय तह निमित्तकै भरमा सञ्चालन भइरहेका छन् । स्थानीय तह सञ्चालन भएदेखि तिलागुफा नगरपालिकाले एक पटक प्रमुख प्रशासकीय अधिकृत पाएको थियो भने अहिले सम्म अरू स्थानीय तहमा निमित्तले सञ्चालन गदै आएका छन् ।
भूकम्पपीडितलाई कपडा सहयोग
अदानचुली गाउँपालिकाले जाजरकोट भूकम्पपीडितलाई न्यानो कपडा सहयोग गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिलामन्त्री वेदराज सिंहलाई गाउँपालिकाले लत्ताकपडा हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले दुई लाख मूल्यका लत्ताकपडा प्रदेश सरकारमार्फत भूकम्पपीडितलाई सहयोग गरिएको जानकारी दिनुभयो । तिनमा ५० थान कम्बल, २० थान ज्याकेट र ४० मिटर ओछ्याउने ‘पिफम’ रहेका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा बढ्दै स्वास्थ्य समस्या
रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाका बालबालिका र ज्येष्ठ नागरिकमा स्वास्थ्य समस्या देखिएको छ । भूकम्प प्रभावित क्षेत्रका बालबालिकामा निमोनिया र ज्येष्ठ नागरिकमा दमको समस्या बढी देखिएको छ । आठबिसकोट नगरपालिका–१०, ११, १३ र १४ मा सञ्चालित घुम्ती स्वास्थ्य शिविरमा यस्तो समस्या देखिएको हो । शिविरमा सहभागी डा. मणीन्द्र कँडेलका अनुसार आठबिसकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा मानव विकास तथा सामुदायिक सेवाद्वारा आयोजित स्वास्थ्य शिविरमा दम, निमोनिया, रुघाखोकी, ज्वरो, झाडापखाला, एलर्जी, ग्यास्ट्राइटिस जस्ता स्वास्थ्य समस्या पाइएको थियो ।
भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने
जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ ।
युवा सङ्घको टोली वडा–वडामा निर्माणको काम गर्दै
नेकपा (एमाले) को भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको टोली रुकुमपश्चिमका भूकम्प प्रभावित स्थानको वडा–वडामा विभाजित भएर भूकम्पपछिको उद्धार र अस्थायी आवास निर्माणको काममा परिचालन भएको छ ।
सहयोग प्याकेज तत्काल उपलब्ध गराउन नेता पौडेलको आग्रह
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माणका लागि जाजरकोट पुग्नुभएका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भूकम्प पीडितलाई तत्काल पहिलो चरणको राहत प्याकेज उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।
वडा अध्यक्षद्वारा भूकम्पपीडितलाई एक लाख सहयोग
भूकम्पपीडितका लागि वडा अध्यक्षले एक लाख रुपियाँ सहयोग गर्नुभएको छ । चौरजहारी नगरपालिका–७ का वडा अध्यक्ष भीमप्रसाद जैसीले भूकम्पपीडितका लागि भन्दै व्यक्तिगत रूपमा एक लाख रुपियाँ सहयोग गर्नुभएको हो ।
समुदायस्तरमा कानुनी परामर्श
कर्णाली प्रदेशका दुई जिल्लाका तीन वटा पालिकामा कानुनी सहायता सम्बन्धी ६ हजार जनालाई स्थानीय तहमा कानुनी परामर्श सेवा दिइएको छ । दैलेखका दुई र कालिकोटका एक स्थानीय तहमा कानुनी परामर्श दिइएको हो ।
तरकारीको हब गुराँसे दैलेख [फोटो फिचर]
दैलेखको गुराँसे क्षेत्र । गुराँस गाउँपालिकाको केन्द्रसमेत रहेको गुराँसे तरकारीको हब मानिन्छ । यहाँको चार हजार पाँच सय बढी किसानहरूको मुख्य आम्दानीको श्रोत तरकारी खेती हो ।
त्रिपालबाटै प्रहरी कार्यालय सञ्चालन
जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । प्रहरी कार्यालयमा क्षति पुगेसँगै प्रहरी त्रिपालको सहारामा काम गर्न बाध्य भएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा घुम्ती स्वास्थ्य शिविर
रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा भूकम्प प्रभावित तथा सर्वसाधारणका लागि घुम्ती शिविर सञ्चालन गरिएको छ । आठविसकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा मानव विकास तथा सामुदायिक सेवालगायतका निकायको संयुक्त आयोजनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
कांग्रेस नेता पौडेलको नेतृत्वमा जाजरकोटमा एक सय अस्थायी टहरा निर्माण हुने
कांग्रेका नेता प्रदिप पौडेलको नेतृत्वमा एक सय ५० जनाको टोलीले नलगाड नगरपालिका ४ र ५ नम्बर वडामा अस्थायी आवास निर्माण गर्न थालेको हो।
कालीकोटमा शिक्षकको शङ्कास्पद मृत्यु
कालीकोट जिल्लामा एक शिक्षकको शङ्कास्पद मृत्यु भएको छ। रास्कोट नगरपालिका वडा नम्बर २ निवासी शिक्षक मनी सार्कीको आफ्नै खर्कमा शङ्कास्पद मृत्यु भएको हो। राति मदिरा सेवन गरेर गाउँ गएका सार्की बिहान हेर्दा आफ्नै खर्कमा झुण्डिएको अवस्थामा भेटिएका हुन्।
भूकम्पपीडितका लागि स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा
भूकम्प प्रभावित क्षेत्र सल्यान दार्मामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । त्रिपालमुनिको चिसोले पीडितहरू बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो ।
युवा सङ्घद्वारा निर्माण गरिएका अस्थायी आवास हस्तान्तरण
गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण क्षति भएका घरमा अहिले उद्धार र अस्थायी आवास निर्माणको काम तिब्र रुपमा भइरहेको छ ।
ढुङ्गा लागेर महिलाको मृत्यु
दाउरा लिएर आउने क्रममा ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार कालिकोटको तिलागुफा नगरपालिका–७ राचुल्ली घर भएकी २२ बर्षीया कमला विक कामीको ढुङ्गा लागेर ज्यान गएको हो ।
सरकार संसद्प्रति जवाफदेही हुनुपर्छ: सांसद शाही
प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न समितिको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि नियमित गर्न प्रतिनिधिसभा नियमावली, २०७९ बनाएको छ ।
विद्यालय जान डराउँछन् बालबालिका
भूकम्पपछि विद्यालय जान बालबालिका डराउन थालेका छन् । दसैँतिहार र छठ बिदापछि सोमबारबाट विद्यालय खुले पनि विद्यार्थीको न्यून उपस्थिति रहेको छ । सानीभेरी गाउँपालिका–१, चाइनाबरगस्थित भेरी दोभान माध्यमिक विद्यालय कक्षा २ मा अध्ययनरत दिपेश पुनमगरले स्कुल जान डर लाग्ने गरेको बताउनुभयो । भूकम्पमा परेर आमासँगै घाइते भएका पुनले स्कुलभित्र जाँदा फेरि भूकम्प आउँछ कि भनेर डर लाग्ने गरेको बताउनुभयो ।
बजेट नहुँदा निर्माणमा समस्या
जिल्लाको पवित्र धार्मिक तथा पर्यटकीय स्थल खार्पुनाथ शिवालय क्षेत्रको निर्माण कार्यमा बाधा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्झौता अनुसार हालसम्म बजेटको व्यवस्था नगर्दा निर्माण कार्य अघि बढाउन समस्या भएको हो । खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलका अनुसार दुई वर्षअघि पाँच करोड लागत लाग्ने गरी खार्पुनाथ शिवालय क्षेत्रको निर्माण कार्य सुरु गरिएको थियो । तथापि बजेट अभावका कारण निर्माण कार्य अघि बढाउन समस्या भइरहेको छ । शिवालय क्षेत्र पर्यटकीय स्थलका रूपमा पर्दछ । सो निर्माण कार्यका लागि पर्यटन मन्त्रालयले साढे तीन करोड र गाउँपालिकाले साढे एक करोड बजेटको साझेदारी गरेको छ । उहाँले गाउँपालिकाले दिने डेढ करोड बजेट अघिल्लो आर्थिक वर्षसम्म भुक्तानी दिइसकिएको र म
प्रहरी सेवामा क्यूआर कोड सुरु
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गर्नुभएको छ । मङ्गलबार वीरेन्द्रनगर, सुर्खेतमा उहाँले परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको सहजता र उनीहरूको पहुँच कायम गराउन द्रुत जवाफ (क्विक रेस्पोन्स) कोड सार्वजनिक गरिएको बताउनुभयो ।