• १३ मंसिर २०८१, बिहिबार

भूकम्पपीडितलाई कपडा सहयोग

blog

हुम्ला समाचारदाता

हुम्ला, मङ्सिर ८ गते । अदानचुली गाउँपालिकाले जाजरकोट भूकम्पपीडितलाई न्यानो कपडा सहयोग गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिलामन्त्री वेदराज सिंहलाई गाउँपालिकाले लत्ताकपडा हस्तान्तरण गरेको छ ।

गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले दुई लाख मूल्यका लत्ताकपडा प्रदेश सरकारमार्फत भूकम्पपीडितलाई सहयोग गरिएको जानकारी दिनुभयो । तिनमा ५० थान कम्बल, २० थान ज्याकेट र ४० मिटर ओछ्याउने ‘पिफम’ रहेका छन् । उहाँले थोरै भए पनि सामाजिक उत्तरदायित्व अन्तर्गत उद्धार कोषबाट लागत बेहोर्ने गरी लत्तकपडा सहयोग गरिएको जानकारी दिनुभयो । उद्योग वाणिज्य सङ्घ हुम्लाले जाजरकोट भूकम्पपीडितका लागि एक लाख पाँच हजार आर्थिक सहयोग प्रदान गरेको छ । सङ्घका जिल्ला अध्यक्ष नाम्ग्याल तामाङले प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलमार्फत प्रधानमन्त्री राहत कोषमा सहयोग प्रदान गर्नुभएको हो ।