• १३ मंसिर २०८१, बिहिबार

कांग्रेस नेता पौडेलको नेतृत्वमा जाजरकोटमा एक सय अस्थायी टहरा निर्माण हुने

blog

टोलीले भूकम्प प्रभावित क्षेत्रमा निर्माण गरेका अस्थायी आवास।

बासुदेव शर्मा

जाजरकोट, मंङ्सिर ६ गते। कात्तिक १७ गते मध्यरात आएको भूकम्पले घरबाँस विहीन जनताको अस्थायी आवास बनाउन थालिएको छ।  कांग्रेका नेता प्रदीप पौडेलको नेतृत्वमा एक सय ५० जनाको टोलीले नलगाड नगरपालिका-४ र ५ नम्बर वडामा अस्थायी आवास निर्माण गर्न थालेको हो। 

कांग्रेस पार्टीको निर्णय अनुसार नेता पौडेलको नेतृत्वमा इन्जिनियर दीपक बाबु कँडेल सहितको टोलीले नलगाड नगरपालिका ५ रघुनाथटोलमा ३०, सोही वडाको अइरेनीटोलमा २० गरेको पचास  वटा  अस्थायी टहरा निर्माण गरेको सुशील भट्टले जानकारी दिनुभयो। 

पीडित परिवारलाई जाडो मौसममा न्यानो दिन टहरा निर्माणमा जुटेको छ। नेपाली कांग्रेसका महासमिति सदस्य सुशील भट्टका अनुसार दक्ष जनशक्तिसहित प्रभावित क्षेत्र पुगेको एक सय ५० जनाको टोलीले एक सय अस्थायी आवास निर्माणमा सहयोग गर्ने लक्ष्य लिएको बताउनुभयो। 

नलगाड नगरपालिका-५ रघुनाथ पुगेको टोलीले भूकम्पबाट क्षतिग्रस्त भग्नावशेष पन्छाउने काममा सहयोग गरेको नेपाली कांग्रेसका महासमिति सदस्य मुक्ति आचार्यले जानकारी दिनुभयो।

नेता पौडेलसहित प्रदेश सभा सदस्य दिल्लीराम सुवेदी, महासमिति सदस्य सुशील भट्ट, महासमिति सदस्य मुक्ति आचार्य, महेन्द्र शाह, छवि पन्त, वडा नम्बर ५ का वडा अध्यक्ष ओमराज वली, भागवत रेग्मी, पुष्प बस्नेत, सुवास घिमिरे नेपाल विद्यार्थी सङ्घका दश जना केन्द्रीय सदस्य लगायत स्थानीय नेता कार्यकर्ताले भग्नावशेष पन्छाउने अस्थायी आवास निर्माण गर्न थाल्ने भएको छ। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास धुम्बराहीमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागी २५ जनाको टोली खटाएछि   सोही अनुसार इन्जिनियर सहित डकर्मीको टोली प्रभावित क्षेत्र नेता पौडेलको नेतृत्वमा पुगेको हो। 

जनतालाई चिसो मौसममा न्यानो दिनका लागि नेपालगन्ज, सुर्खेतबाट ३५ जना डकर्मी सिकर्मी ६ जना इन्जिनियर ल्याएको नेता पौडेलले बताउनुभयो।