भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माण गरिने
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सोमबार सदरमुकाम पुगेको टोली नलगाड नगरपालिका प्रस्थान गरेको हो ।
पठनपाठनका लागि आठबिसकोटमा अस्थायी सिकाइ केन्द्र
जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते गएको भूकम्पको कारण विद्यालय भवनमा क्षति पुगेपछि अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन हुन थालेको छ ।
खेलकुद प्रतियोगितामा छनौट हुने खेलाडीलाई मासिक पाँच हजार
१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता ८१ मंसिरमा कर्णाली प्रदेशले आयोजना गर्दै छ । आयोजक प्रदेशको रूपमा रहेको कर्णाली प्रदेशले पछिल्लो समय आफ्नो खेलकुद गतिविधिलाई १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रित बनाउन थालेको हो । सोमवार बसेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १५ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेशबाट छनौट भएका खेलाडीहरूलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
निमोनियाबाट एकमहिने शिशुको निधन
चिसोबाट यहाँ एकमहिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो ।
‘पुनर्निर्माण अभियान चलाउने तयारीमा छौँ’
बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भई कात्तिक १७ गते ६.८ रेक्टर स्केलको भूकम्प गएपछि बारेकोट गम्भीर सङ्कटमा छ । अस्थायी बसोबास निर्माण, खाद्यान्न, न्यानो कपडा, विद्युत्, पानीको व्यवस्थापन र पुनर्निर्माणको काममा पालिकाले विशेष भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ । भूकम्पले १५७ जनाको मृत्यु र ३४ हजारभन्दा बढी घरमा क्षति पुगेको छ । भूकम्पले बारेकोटमा गम्भीर क्षति पु¥याए पनि विकास निर्माणको नयाँ सम्भावनासमेत लिएर आएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले भन्नुभयो, “पालिकाको सम्पूर्ण शक्ति खोज, उद्धार, राहत वितरणपछि पुनर्निर्माणको चरणमा प्रवेश गरेको छ ।”
राज्यको व्यवस्था फेरिए तर देउलीवासीको खानेपानी पच्चीस वर्षदेखि उस्तै
दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका–२ दार्म गाउँको देउली बजारमा विगत पच्चीस वर्षदेखि खानेपानीको समस्या उस्तै रहेको पाइएको छ । खानेपानीको श्रोत नजिक नहुनु र बनेका योजना पनि गुणस्तरीय काम नभएको कारण खानेपानीको समस्या उक्त बजारका स्थानीयले भोग्दै आउनु भएको हो ।
अस्थायी टहराको काम सुरु नभएपछि त्रिपालमुनि
विनाशकारी भूकम्प गएको करिब दुई हप्ता बिते पनि अस्थायी टहरा नपाएपछि पीडितहरू त्रिपालमुनि बस्नु परेको छ । कात्तिक १७ गते मध्यरात गएको भूकम्पले घर भत्किएर घर वास विहीन भएका सर्व साधारण त्रिपालमुनि बस्नु परेको हो ।
सिमकोट विमानस्थल विस्तार हुने
नेपाल नागरिक उड्डयन प्राधिकरणले सिमकोट विमानस्थललाई यसै आर्थिक वर्षमा विस्तार गर्ने भएको छ । विमानस्थलको लम्बाइ कम रहेका कारण त्यसको लम्बाइ बढाउन लागिएको हो । नागरिक उड्डयन प्राधिकरण सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले यस वर्ष विमानस्थलको लम्बाइ १५० मिटर अगाडि विस्तार गरिने बताउनुभयो । विमानस्थलको पश्चिमतर्फको रानीवन क्षेत्रमा विमानस्थल विस्तार गर्न लागिएको हो । उहाँले यसका लागि जग्गाको नापजाँच गर्ने कार्य पूरा भइसकेको र अब मुआब्जा वितरण कार्य अगाडि बढाइने बताउनुभयो ।
घरमा किताब जोगिएनन् विद्यालयमा साथी भेटिएनन्
दसैँ, तिहार र छठ पर्वको लामो बिदापछि विद्यालय खुलेका छन् । यसैक्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित जनविकास माध्यमिक विद्यालय पनि सोमबार (आज)बाट खुल्यो । साथी भेट्ने, कक्षाकोठामा पढ्ने र विद्यालयको प्राङ्गणमा खेल्ने उत्साह बोकेर विद्यालय आएकी कक्षा ८ की १४ वर्षीय कृष्णा मल्ललाई आजको स्कुले दिन भारी लाग्यो । न उनी कसैसँग खुलेर बोल्न सकिन्, न त कक्षाकोठामा छिर्ने आँटै गरिन् ।
भूकम्प प्रभावित क्षेत्रमा एमालेको ११ सय स्वयंसेवक परिचालित
नेकपा (एमाले) ले भूकम्प प्रभावित क्षेत्रमा एक हजार एकसय जना स्वयंसेवक परिचालित गरेको जनाएको छ । स्वयंसेवकहरूले भूकम्पले भत्काएका घरभित्रका सामानहरू निकाल्ने, भग्नावशेष पन्छाउने र त्यहाँ अस्थायी घरटहरा बनाउन जमिन सम्याउनेजस्ता काम गरिरहेको एमालेले जनाएको छ ।
रुकुमपश्चिम जिप दुर्घटना : दशजना घाइतेको अवस्था गम्भीर
सोमबार बिहान रुकुम पश्चिममा भएको जिप दुर्घटनामा परेर घाइते भएका १९ जनामध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गम्भीर अवस्थाका घाइतेहरुलाई थप उपचारका लागि सुर्खेत र नेपालगञ्ज पठाइएको छ ।
भेरी अस्पतालबाट ५२ जना घाइते डिस्चार्ज
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि घाइते भएका ५२ जना निको भई भेरी अस्पताल नेपालगन्जबाट घर फिर्ता भएका छन् ।
बोक्चेगौडामा महिलाको लास भेटियो
खार्पुनाथ गाउँपालिका–१ स्थित बोक्चेगौडामा एक महिलाको शव फेला परेको छ । सोमबार दिउँसो १२ बजे सो स्थानको कर्णाली नदी किनारमा लास भेटिएको हो ।
फिस्टुलाको उपचार निःशुल्क
कर्णालीमा प्रसव फिस्टुलाको निःशुल्क उपचार हुँदैआएको छ । विदेशी चिकित्सकको लगानीमा एक गैर सरकारी संस्थाले कर्णाली प्रदेशको प्रदेश अस्पतालमा सञ्चालन गरेको अस्पतालमा प्रसव फिस्टुलाको निःशुल्क उपचार सुरु गरिएको हो ।
अमेरिकाबाट अग्निपीडितलाई सहयोग
मुगुको छायाँनाथ रारा नगरपालिका अन्तर्गत–४ भामवाडा निवासी अग्निपीडित कुनतरी रावलको परिवारलाई सहयोग प्राप्त भएको छ ।
रुकुमपश्चिम जिप दुर्घटना : गम्भीर घाइते भएका दुईको मृत्यु
बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिनुभयो ।
रुकुम पश्चिम जिप दुर्घटना : गम्भीर घाइते सात जनालाई थप उपचारका लागि रिफर
सोमबार बिहान रुकुम पश्चिममा जिप दुर्घटना हुँदा गम्भीर घाइते सात जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।
अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी
गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन् । भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुन लागेको हो । रुकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पु¥याए पनि अस्थायी संरचना निर्माण कार्य जारी रहेकाले पढाइ सुरु गर्न लागिएको छ । ती जिल्लाका केही स्थानीय तहका विद्यालयमा मङ्गलबारदेखि नै पठनपाठन सुरु हुने भएको छ भने केही स्थानीय तहका विद्यालयमा टहरा बनाएर पठनपाठन थाल्ने तयारी भइरहेको छ ।
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएका हुन् ।
शिवालय गाउँपालिकाको आफ्नै बस सेवा
शिवालय गाउँपालिकाले आफ्नै पालिका बस सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी बस सेवा सञ्चालनमा ल्याएको हो ।
सिकाइ केन्द्रमार्फत पढाइ
भूकम्पले विद्यालयमा क्षति पु¥याएपछि रुकुमपश्चिममा अस्थायी सिकाइ केन्द्रमार्फत अध्यापन गरिने भएको छ । दसैँ, तिहार र छठपर्वका लागि बिदा गरिएका विद्यालय सोमबारबाट खुल्दै छन् । भूकम्पले क्षति पुगेका विद्यालयमा पठनपाठनमा समस्या भएपछि अस्थायी सिकाइ केन्द्रमार्फत सिकाइ गरिने छ ।
खाद्य सङ्कट निम्तिन सक्ने
भूकम्पले जाजरकोटमा खाद्य सङ्कटको जोखिम ल्याएको छ । घरमा भण्डारण गरिएका अन्न र खाद्यान्न भत्किएकै घरले पुरिएको र बारी तथा खेतमा लगाएको अन्नबाली निकाल्ने बेला नभएपछि भूकम्प क्षेत्रमा खाद्य सङ्कट गहिरिएको हो । खेतबारीको अन्नबालीले समेत सो क्षेत्रमा तीन महिनादेखि धनीमानीको छ महिना थेग्ने अवस्था रहन्छ । समयमै खाद्यान्न जोहो गर्न नसके जिल्लामा खाद्य सङ्कट आउन सक्ने चेतावनी जिल्लाका सरोकार निकायले दिएका छन् ।
भूकम्प पीडितहरूको अस्थायी आवास निर्माण प्रक्रिया सुरु
रुकुम पश्चिममा भूकम्प पीडित घरपरिवारका लागि अस्थायी आवास निर्माणको प्रक्रिया सुरु भएको छ । सरकारले अस्थायी आवास निर्माणका लागि सहयोग गर्ने निर्णय गरेसँगै स्थलगत रूपमा क्षतिको विवरण सङ्कलन सुरु भएको छ भने प्रभावित क्षेत्रमा स्वतःस्फूर्त रूपमा पनि अस्थायी आवास निर्माणको काम सुरु भएको छ ।
खाना पकाउने ग्यासको मूल्य घट्यो
हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ । राष्ट्रिय सडक सञ्जालसँग दक्षिणी हुम्ला जोडिनु र ग्यास व्यापारी बढेका कारण प्रतिस्पर्धात्मक बजार भएकाले मूल्य घटेको हो । मालिका महादेव सप्लायर्सका सञ्चालक खुम रावतले खाना पकाउने ग्यासको मूल्य घटेको बताउनुभयो । उहाँले यसअघि नयाँ एउटा सिलिन्डर ग्राहकले किन्नु पर्दा छ हजार पाँच सय रुपियाँ पर्नेमा अहिले मूल्य घटेर पाँच हजार पाँच सयमा झरेको बताउनुभयो ।