• १५ कात्तिक २०८१, बिहिबार

रुकुमपश्चिम जिप दुर्घटना : दशजना घाइतेको अवस्था गम्भीर

blog

चौरजहारी अस्पतालमा घाइतेहरुको उपचार हुँदै । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर ४ गते । सोमबार बिहान रुकुम पश्चिममा भएको जिप दुर्घटनामा परेर घाइते भएका १९ जनामध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गम्भीर अवस्थाका घाइतेहरुलाई थप उपचारका लागि सुर्खेत र नेपालगञ्ज पठाइएको छ । 

चौरजहारी नगरपालिका–१० को खोलागाउँबाट जिल्ला सदरमुकाम मुसीकोट खलङगातर्फ आउँदै गरेको लु १ ज २२९७ नम्वरको यात्रुवहाक जिप मध्यपहाडी राजमार्गअन्तर्गत चौरजहारी नगरपालिका–८ को गोईरीज्यूलामा दुर्घटना भएको थियो । 

दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका चौरजहारी नगरपालिका –१३ का ४५ बर्षिय मस्त बहादुर ओली र सानीभेरी गाउँपालिका –२ निवासी सपना बुढाका १७ महिनाका छोरा प्रतिक बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका छ जनालाई हेलिकप्टर मार्फत र चारजनालाई एम्बुलेन्स मार्फत थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लगिएको छ । 

गम्भीर अवस्था रहेका चौरजहारी नगरपालिका–१३ निवासी ३७ वर्षीय जिप चालक भिमबहादुर बिक र ४ वर्षीय साहारा परियार, वडा नम्वर ११ निवासी ३० वर्षीय रणबहादुर ओली, वडा नम्वर १४ निवासी २४ वर्षीय प्रेम परियार र २६ वर्षीय कविता परियार र वडा नम्वर १० निवासी २५ वर्षीय प्रविर पुनलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएको छ । उहाँहरुलाई हेलिकप्टर मार्फत थप उपचारको लागि त्यहाँ लगिएको हो । 

त्यसैगरी चौरजहारी नगरपालिका –१३ निवासी ४ वर्षीया डिला बिष्ट, सानीभेरी गाउँपालिका वडा नम्वर २ निवासी २० वर्षीया सीता पुन, २८ वर्षीया सिता बिष्ट र ८ वर्षीया दिपशिखा पुनलाई थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । अन्य नौ जना घाइतेहरुको भने चौरजहारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

क्षमता भन्दा बढी यात्रु बोकेको उक्त जिप अनियन्त्रित हुँदा करिब तीन सय मिटर तल सानोभरी किनारमा खसेको थियो । 

यो पनि पढ्नुहोस