• २३ वैशाख २०८१, आइतबार

मेला हेर्न गएका युवकको कुटपिटबाट मृत्यु

blog

बासुदेव शर्मा
जाजरकोट मङ्सिर ९ गते ।
 जाजरकोटमा एक युवाको मृत्यु भएको छ । कुशे गाउँपालिका–२ का ३१ वर्षीय जनक शाहीको मृत्यु भएको हो ।

छेडागाड नगरपालिका–८ र कुशे गाउँपालिका–२ को सिमाना घौला मेला गएका जनक शाहीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्सिर ८ गते शाहीसँगै मेला गएका १८ वर्षीय टेकबहादुर शाही घाइते हुनुभएको छ । कुशे गाउँपालिका–३ का युवासँग झगडा परेपछि झडप भएको थियो ।

कुटपिटबाट घाइते हुनुभएको शाहीको घरमा ल्याएर उपचार गर्ने क्रममा राति १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय अर्छानीका प्रहरी सहायक निरीक्षक कवि सोनीले बताउनुभयो ।

कुटपिटबाट घाइते हुनुभएको टेकबहादुरको सुर्खेतमा उपचार भइरहेको इन्चार्ज सोनीले बताउनु भयो । कुशे गाउँपालिका–३ का युवासँग भडप भएको थियो ।

जनकलाई कुटपिट गरी हत्या गर्नेको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष रोकाले बताउनु भयो । डिएसपी रोकाका अनुसार प्रहरी निरीक्षक सूचना अधिकारी माधव विश्वकर्माको कमाण्डमा टोलीले घटनाबारे अनुसन्धान तथा घटनामा सङ्लग्रको खोजी भइरहेको बताउनुभयो ।