• १२ साउन २०८१, शनिबार

उत्तरी हुम्लाका उच्च क्षेत्रमा हिमपात

blog

हिल्साको उच्च क्षेत्रमा हिमपात हुँदै । तस्बिर : सौजन्न पप्पु यादव, हिल्सा

राजन रावत

हुम्ला, मङ्सिर १२ गते । उत्तरी हुम्लाको उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । सोमबारबाट मौसममा बदली रहेको भएपनि मङ्गलबार बिहानबाट उच्च भेगमा हिमपात भएको हो । 

सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी ( बिओपी ) हिल्साका सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवले अग्ला लेकमा बिहानैबाट हिमपात भई रहेको बताउनुभयो । उहाँले हिल्सा क्षेत्रमा पनि हिमपात भएको भएपनि जम्मा सुरु नभएको र उच्च क्षेत्रमा भने हिउँ जम्न थालेको बताउनुभयो । 

हिमपात भएपछि नारा क्षेत्र सेताम्मे देखिन थालेको छ । हिमपातले चिसो बढेपछि हिल्सामा तापक्रम माइनस पाँच डिग्री सेल्सियमा भरेको छ । त्यसै न्यानु क्षेत्रमा पनि हिमपात भइरहेको छ । घाम नलागेको कारण सिमकोटमा पनि चिसो बढेको छ । सिमकोट कै उच्च क्षेत्रमा समेत हिमपात भइरहेको छ ।