• १२ साउन २०८१, शनिबार

भिरबाट लडेर युवतीको मृत्यु

blog

राजन रावत

हुम्ला, मङ्सिर १३ गते । बुधबार दिउँसो भिरबाट लडेर एक जना १७ वर्षीय युवतीको मृत्यु भएको छ ।  वनमा पशु चराउन जानेक्रममा युवती भिरबाट लड्नुभएको र उहाँको मृत्यु भएको हो । 

भिरबाट लडेर मृत्यु हुनेमा सिमकोट गाउँपालिका–८ को खोल्सी गाउँकी सुस्मिता शाहीको मृत्यु भएको आफन्त बिर्सन सिंहले बताउनुभयो । 

आज पशु चराउन दुधु वनमा गएको र पशु भिरमा चर्न गएका बेला फर्काउन जाँदा भिरबाट लडेर घटना स्थलमै उहाँको मृत्यु भएको उहाँले बताउनुभयो । मृतक शाही गत वर्षको एसइईमा उत्तीर्ण भई हाल कर्णाली मावि चौगानफ्यामा कक्षा ११ मा अध्ययनरत रहनुभएको थियो ।